शाश्वत शर्मा - -
सामाजिक सञ्जालमा नामूद ज्योतिषी तथा स्वनामधन्य विश्लेषकहरूले चाँडोभन्दा चाँडो राजसंस्था पुनस्र्थापना हुने दावी गर्छन् । बिग्रेको अवस्था सुध्रने लक्ष्यण देखियो भनेर आनन्द हुन्छ । तर टीभीका समाचार सन्यो, त्यसमा लिइएका अन्तर्वार्ताहरूबाट मन झसङ्ग हुन्छ । टीभीका समाचारमा राजसंस्था पुनस्र्थापित हुने छनकसमेत पाइदैन । एकजना राजसंस्थावादी भन्छन्– यसै संविधानअन्तर्गत राष्ट्राध्यक्षका लागि आफ्ना सहयोगी मार्फत प्रस्तावपेश गरेका राजाले पाँचवर्षका लािग उक्त पद समेत पाएनन् । स्वयम् प्रम प्रचण्ड त्यस्ता गतिविधि, कुराहरूलाई भूतप्रेतको संज्ञा दिन्छन् । के भन्ने ? कसरी पुनस्र्थापित हुने को राजसंस्था ?
दुर्गा प्रसाईले पनि बेकारमा राजालाई बिटुल्याए । तिनको कथित आन्दोलन सिर्फ भाषणबाजीमा सिमिट रह्यो । बैंकको ऋणमा केन्द्रित हुनपुग्यो । पछिल्लो समय त उनले राजा भन्ने शब्दसमेत उच्चारण गर्न छाडेका छन् । हिजो एकथरि मण्डलेले राजालाई उपयोग गरे, आज दुर्गा प्रसाईले । इनरूवातिर राजालाई नागरिक अभिनन्दन गर्ने रे। राम्रो कुरा हो तर राजसंस्था चाहिं पुनस्र्थापित हुने कसरी सम्भव होला ? ००७ सालपछि राणाहरू बिस्थापित भए, त्यतिबेला सी ग्रेडका राणाहरू राणा शासन फेरि पुनस्र्थापित हुन्छ भन्थेरे । त्यस्तो आजसम्म भएन । बहुदल आएपछि पञ्चहरू कोठा कोठामा लुके, कोठाबाटै भन्थे– पञ्चायन पुनस्र्थापित हुन्छ । आजसम्म भएन । ०६५ सालमा गणतन्त्र कार्यान्वयन भयो, हदैसम्मको लुट, बर्बादी बेहोरियो । यो बर्बादी राजसंस्था पुनस्र्थापित भएपछि रोकिन्छ, सुधार आउँछ भन्ने लागेको थियो, यो आशा पनि त्यसैगरी सेलाएर जाने त होइन ?
हो, एकाध दिनको ससानो ¥याली, भाषण गरेर राजसंस्था फर्कनेवाला छैन । विदेशीको सहयोगमा स्थापित व्यवस्था विदेशीले नचाहदासम्म परिवर्तन हुनसक्दैन । त्यस्तो छेकछन्द देखिदैन । कहाँ हराए वीर गोर्खाली नामक समूहका लाउकेहरू ? कता छन् शिवसेना लगायतका अन्य भुरेटाकुरेसमूहहरू ? ज्योतिषी ओजराज लोहनीदेखि पी खरेल, भरत जंगम, अनि बालकृष्ण न्यौपाने र केशर बहादुर बिष्टले भविष्यवाणी गर्दैमा राजसंस्था फर्कदैन । राजसंस्था फर्काउने अनि त्यसपछिका कार्ययोजनाहरू नै फेला परेको देखिदैन । राजाका हिजोभन्दा आज कडा भन्दा कडा सन्देशहरू आएका छन्, तर लोकतन्त्र नामको लूटतन्त्रबाट पिल्सिएका जनता सहिरहेकै छन् । धेरै त व्यवस्था यही ठिक हो, नेता सुध्रिन जरूरी छ भन्नेमा लागेका छन् । नेताहरू भने सेटिङ, गठबन्धन र लुटतन्त्रमा नै अभ्यस्त हुँदै गएका छन् ।
साँचो कुरा गर्ने हो भने जन जनमा असन्तुष्टि छ । तर त्यो असन्तुष्टिलाई ज्वारभाटा बनाउने नेतृत्व छैन । जनआन्दोलनद्वारा राजसंस्था पुनस्र्थापित गर्ने हो भने जनआन्दोलनको नेतृत्व लिने कसले ? कि त राप्रपाले दुई तिहाई बहुमत ल्याउनु प¥यो, कि जनविद्रोह हुनुप¥यो । देश डुब्यो, राष्ट्रघात, जनघात भयो भनेर चिच्याउँदैमा परिवर्तन आउन सक्दैन । जो राजसंस्था चाहियो भन्छन्, ती निराश जनता पनि थाकिसके । दुर्गा प्रसाई अथवा पाँच दर्जन हिन्दुवादी, राजावादी संगठनहरू मौसमी रूपमा झुल्किन्छन् र गायव हुन्छन् । राजसंस्थाको अभियान जिस्केको जस्तो लाग्छ । परिणाम दिन नसक्ने, परिणामका लागि निरन्तर आन्दोलन गर्न नसक्नेहरू राजसंस्थाको छापलाई झन झन कमजोर बनाउँदै त छैनन् । नेपाल भित्र र बाहिरका शुभचिन्तकलाई समेत समेटेर सिंहदरवारमा बसेका लुटेराहरूलाई ठेगान लगाउन सक्ने नेतृत्वको खाँचो छ । राजा र राजनीतिक पार्टीवीच सहकार्यको प्रस्ताव तुहिएपछि यिनले कतिसम्म हेपेका छन् भन्ने अझै प्रष्ट भएन र ? ढुलमुले चालाले केही फरक पर्नेवाला छैन, यी गैंडाका छालाजस्ता भइसकेका नेतृत्वलाई । सकिन्छ नेतृत्व लिन अग्रसर हुनुपर्छ, सकिन्न, चूपचाप बसे हुन्छ । निराश एवम् हतास जनतालाई सन्देशले तताउँछ र पीडामात्र दिन्छ । सन्देशको कार्यान्वयन गर्ने कसले, कसरी ? प्रत्येक नेपालीको काँधमा ७० हजारको ऋणभार बोकाउने र त्यो ऋण, बजेटले परिवर्तनपछिका १५ वर्षमा के परिणाम दियो भन्ने देखाउन नसक्नेहरूलाई काँडे कोर्रा हान्नसक्ने वीरको आवश्यकता छ यो देशमा ।
नेपाली राष्ट्रवादी छन्, वीर छन्, बहादुर पनि छन् । तर पार्टीहरूले विभाजन र राज गरको नीति लिएकाले एकतावद्ध छैनन् । एकातिर मुलुकको मायाँ, अर्कोतिर बलेको आगो ताप्ने बढ्दो प्रवृत्तिले पार्टीनेताहरूलाई जेमन्त गर्न लाइसेन्स पाएजस्तो भएको छ । संसद, सरकार, राष्ट्रपतिको निर्वाचन सकियो भनेर यिनीहरू अब लुटतन्त्रको काममा लागेका छन् । यिनले बिर्सेका छन्, राणा शासन, पञ्चायत, बहुदल कसरी धरासायी भयो । यस्तै हो भने छिटै यो तन्त्र पनि ढल्नसक्छ ।