Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कम्युनिष्टको बीउ पनि जोगिन गाह्रो छ

०६ सोमबार , चैत्र २०७९२ बर्ष अगाडि

सुरेशकुमार पान्डे - -
राजनीति गतिबिधीलाई अध्ययन गर्दा यही एउटा अभियान चलेको देखिन्छ । नारा एकताको अभिनय फुटको ।यस्तो देशका सबै राजनीति पार्टीमा देखिन्छ तर कम्युनिष्ट आन्दोलनको दोसला ओडेकाहरूमा अली बढी देखिन्छ । सबै नेताहरूलाई ,कार्यक्रतालाई थाहा छ, राजनीतिको कखरा पढेकालाई थाहा छ । देशको भूगौलिक अबस्था, सामाजिक परिवेश, बिदेशी हश्तक्षेप, प्रतिगामी खेल र साम्राज्यावादको षड्यन्त्रमूलक अभ्यास आदी बिभिद बिषयहरूमाथी नेता बुद्धिजिवीहरूले निरन्तर कलम पनि चलाएका हुन्छन् । दिनहुँ भाषण गरेका हुन्छन्, विकासका नारा लगाएका हुन्छन् ।
तर व्यबहारमा भने जुँवाको लडाई ज्युँका त्युँ छ । दार्सनिक बिचार धाराको रौउँका बोक्रा केलाउँछन्, एउटाले आर्कोलाई मैलो देख्छ तर आफ्नो पिठ्युँ गनाएको हेक्का राख्दैनन् । देशमा सयौं पार्टी र हजारौं उन्का झोलेहरू जसले आफ्नो विवेकलाई शुन्य बनाएका छन् ।
मनले नमाने पनि जस्का सिता खाई उसैका गीता गाई गर्छन् । अनि भन्छन् हामी राष्ट्रवादी हौं, क्रान्तिकारी हौं । क्रान्तिको ‘क’ र राष्ट्रियताको ‘र’ समेतमा एउटा इँटा नथप्नेहरू घोषित क्रान्तिकारी र राष्ट्रबादी बनेका छन् ।
धेरैजसो ठूला पार्टीका नेताहरूलाई बिदेशी गुप्तचर व्युरोले कठपुतली बनाएको छ । त्यही पार्टीका झोलेहरूले उनैको निर्देशनमा जनतालाई गुमराह गर्दैछन् । स–साना दलहरू आफ्नो अस्तित्वको लडाईमा व्यस्तछन् ।
छुट्टा छुट्टै लडेकाछन् अनि मरेका छन् । एउटै घरभित्रका दुइभाई वेग्लाबेग्लै पार्टीका झोले मारामार हुन्छ तर मुद्धा राष्ट्रियताको छ र एकताका छन् तर लडाई जुँवाको मात्र छ । यस्तो छ देशको अवस्था अनि यो देश रहन्छ त ?
आफ्ना नागरिकहरूले अर्काको देशभित्र सास्ती खाएको अवस्था छ ।खान र लगाउनमा तुच्छ कार्य निम्न ज्यालामा गर्न बाध्य भएका छन् । उनै गरिब श्रमजिवी माथि दिनौं अन्याय अत्याचार हुन्छ । दिनौंदिन हत्या र हिंसा हुंदै आएको छ । प्रवासी नेपालीहरूको दयनीय अवस्था भएको विश्वले देखेको छ तर देशको सरकार वेखबर हुन्छ । देशको सम्विधानमा धर्मनिरपक्ष र समता मूलक भन्ने उल्लेख छ । तर देशभित्र धर्मको जाल बनाईएको छ । दलितहरूमाथि भएको अपमान सहन नसकेर उनिहरूले आफ्नो पुर्खौली धर्म बदल्दै गएकाछन् ।
अनि भन्छन् कुल कुलानी जिन्दावाद!विक्रिती भरिएको कु संस्कार पालेको हाम्रो समाजमा क्षणिक स्वार्थका लागि पिटापिट र काटा–काट हुन्छ भने त्यो देशको भविष्य कस्तो होला ?
राजनीतिक कार्यक्रताहरूलाई उनिहरूले राजनीति कसका लागी गरेका हुन्छन् ? त्यो पनि थाहाछैन । उनिहरू धेरैजसो अनभिज्ञ छन् र अन्धभक्त पनि छन् । अहिलेको राष्ट्रियताको आवश्यक के हो ? सबैजसो नेता कार्यकर्ताको ध्यान त्यो दिशातर्फ जानैसक्दैन । मात्र क्षाणिक स्वार्थको लागी देशलाई अचानो बनाउनेहरूलाई साथ दिन्छन् । कसैले बिरोधका लागी बिरोध गर्छन् र उनिहरू भित्र भएका राम्रा बिचार देख्दैनन् ।।
यस्तो हुनुको पछाडी केन्द्रमा बसेका समन्तवादी नोकरशाह नेताहरू र उनिहरूको जि हजूरमा व्यस्त भएका स्थानिय उनिहरूका चम्चा । जसले आफ्नो स्वार्थमा नेताहरूलाई गुमराह गर्न झुटा रिपोर्टहरू उनिहरू समक्ष पुराउँछन् । जबसम्म शामन्तवादी सैलीको अन्त्य हुँदैन सहि व्यक्तीले राजनीतिक कमान छोप्न सक्दैन् । मानिस अहिलेको यो महंगाइमा पनि देश र जनताको लागी भन्दै नेताको झोले भएर हिंड्छन् । तबसम्म यो देश उंभोलाग्न सक्दैन । आखिर केका लागि गर्छन् यो नाटक ? न त तत्काल क्रान्ति सम्भव छ,न उनिहरूले पार्टीको बिकास गर्न सकिरहेका छन् । बरू आफुले काम नगर्दा त्यसको मार सर्वसाधारण जनतामा परिरहेको हुन्छ । स्थानिय स्तरमा उनिहरूको कुनै खास योगदान छैन, आआफ्नो पेसा गरेर पनि पार्टी चलाउन सकिन्छ ।  उनिहरूले गर्दा स्थानिय तहमा संगठनको बिकास भन्दा फुटप्ररस्तता बढी छ ।
हुनुपर्ने स्थानिय स्तरमा हामि सबैको देशभक्त र गणतान्त्रिक शक्तिहरूको एकतामा आधारित सहकार्य हो । अहिले कम्युनिष्ट भन्नेहरूले राजनीतिक ओटमा प्लाटिङ्ग गर्ने कसोगरी धन कमाउँने आफ्नो स्वार्थमा तगारा बनेकाहरूलाई कसरी पाखा लगाउँने, सरकारी र गैर सरकारी सार्वजनिक क्षेत्रमा कसरी आफ्नो पहुँच बनाउने भन्ने मात्र छ । यस्ता कार्यकर्ता र नेताहरू मैनपारका दलाल, भूमाफियाका दलाल र सरकारी क्षेत्रका बिभिन्न स्तरमा दिनौं चक्कर काट्छन, आ आफ्नो दवाब बनाउंन ताकी समयमा उनिहरूको काम कुनैपनि नरोकियोस् र उनिहरूले भनेपछि अरूको काम बनोस ताकी सजिलैगरी कमिसन खान पाउन् ।
उनिहरूले बिदेशमा पनि देशको अबस्थाको बारेमा ठिक सँग त्यहाँका श्रमजिवी बर्गहरूलाई नबताएर पानी धमुलेर माछा मार्ने जाल बुनेका हुन्छन् । साँच्चै भन्ने हो भने बिदेशमा बसेका गरिब मजदुरहरूको आर्थिक दोहन गरेर आफ्नो स्वार्थ पुरागर्ने झोलेहरूलाई पाल्ने योजनाबद्ध रूप बाट उनिहरू हिंडेका हुन्छन् । साथै ठूला राजनीतिक पार्टीहरूको बिदेशी सँग गर्ने दलालिले देशको सार्भभौमिकता अखण्डतालाई धुजाधुजा पारेको छ ।
यस्ता झोलेहरूलाई पार्टीको काममा होइन देशको विकासमा खटाउनुपर्छ । शारीरिक परिश्रम गर्न अनिवार्य गराउनुपर्छ । यिनको हिजोको जायजाथ र पेसेवर बनेपछिको जायजाथलाई छानविन गर्नुपर्छ । यि सबै अल्छिहरू जनतालाई लुटेर खान पल्केका हुन् ।
देशलाई यिनै झोलेहरूबाट बढी खतरा छ । किनकि काम नगरी ऐयासी गर्न पल्किएका कामचोरहरूको मनपरी हुन सकिन भनी उनिहरूले पार्टी सेटिङ गरेर जनतालाईमा भ्रममा राखेका छन् । देशमा न कम्युनिष्ट छन्, न समाजवादी ? दलाली नै गरिरहने हो भने कम्युनिष्टको बिउपनि जोगिन गारो छ । सबैले एकताको कुरा गर्छन्, पदको बाँडफाँडको, महत्वकांक्षा पुरा गर्न । भनेजस्तो भएन भने जति केन्द्रमा बसेका हुन्छन् उति टुक्रामा बिभाजित हुन्छन् । हुँदै जान्छन् ।