Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

क्याम्पसमा ताला लगाउनु समस्याको समाधान हो ?

०४ शनिबार , चैत्र २०७९२ बर्ष अगाडि

विगतका बर्षहरुदेखि नै हरेक क्याम्पसहरुमा सानो समस्यालाई लिएर ताला लगाउने गरेको पाईन्छ ।

प्राय जसो क्याम्पसमा विद्यार्थी राजनीतिकै कारण पनि ताला लगाउने गरिन्छ । के क्याम्पसमा ताला लगाउनु नै समस्याको समाधान हो ? त्यस्ले विद्यर्थी शिक्षामा कस्तो प्रभाव पार्छ ? विद्यार्थीको हक हितको नाममा विद्यार्थीकै समस्यालाई लिएर विद्यार्थी नेताहरुले हरेक क्यामपसहरुमा ताला लगाउने गरेका छन् । 

पछिल्लो समय त झन् तालाबन्दि मात्र नभएर झडप, जुलुस जस्ता घटना निम्त्याउने क्रियाकलाप हुने गरेको छ । राजनीतिक दलका हस्तक्षेपका कारण दिनानुदिन शिक्षामा असर पर्दै गईरहेको छ । क्याम्पसमा तालाबन्दी वा कुनै अन्य क्रियाकलाप हुँदा पदाधिकारीे चुप लागेर बस्नु राम्रो हो ?

क्याम्पसलाई तालाबन्दी मुक्त कहिले गर्ने ? शिक्षामा राजनीति कहिलेसम्म ?