काठमाडौँ – भारतबाट पटक पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएता पनि नेपालमा उहि मूल्य कायम छ ।
पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको भारतीय आयल कर्पोरेसन (आईओसी)ले जनाएको छ । निगमका एक अधिकारीले मूल्य घटेर आएपनि स्वचालित मूल्यअनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय हुने बताएका छन् ।
सर्वसाधारण जनताले पेट्रोलियम पदार्थमा भोगिरहेको सास्ती निकै उराठ लाग्दो छ । पेट्रोलियम पदार्थमा पनि कतै राजनीति भएको त हैन ? जनताको चासो को बिषय बनेको छ । यो आयल निगम कि घायल निगम ? युवाको प्रश्न रहेको छ ।
हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।