Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

१५ जिल्लामा ‘सिकलसेल एनिमिया’

०१ बुधबार , चैत्र २०७९२ बर्ष अगाडि

१५ जिल्ला सिकलसेल एनिमियाबाट प्रभावित भएका छन् । पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्लामा ‘सिकलसेल एनिमिया’ रोगको समस्या बढी छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने यो रोगको निदान कहिले ? प्रभावकारी उपचारको व्यवस्था कहिले मिलाउने ?
यो रोगका सम्बन्धमा हालै भारतबाट समेत डाक्टर बोलाएर धनगढीमा सम्मेलन नै गरियो । रोगको निदान तथा उपचारमा सघाउ पु¥याउन चिकित्सकलाई अभिमुखीकरण कार्यक्रम समेत गरियो । सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले गरेको सम्मेलनमा सिकलसेल एनिमिया रोगको समस्या, रोगको रोकथाम तथा उपचार व्यवस्थापनका बारेमा बृहद बहस भए । तथापि स्थायी उपायको खोज हुनसकेको छैन ।
एक सर्भेक्षणअनुसार बर्दिया जिल्लाका झन्डै २० प्रतिशत थारू समुदाय यो रोगबाट प्रताडित छन् । यद्यपि यो सिकलसेल सरुवा रोग भने होइन । रोगबाहक आमाबुवाको जिनका कारण यो रोग सन्तानमा देखा पर्नेरहेछ । चिकित्सकहरूका अनुसार सिकलसेल बहुअङ्गमा समस्या गर्ने रोग हो । पीडितमा पटक–पटक समस्या बल्झिरहन सक्छ । रातो रक्त कोषिका प्रभावित गर्ने यो रोगले शरीरका धेरै अङ्ग जस्तै आमासय, पित्तथैली, फोक्सो, हड्डीलगायतका भागलाई आक्रमण गर्छ, विरामीलाई दुःख दिन्छ । यस्ता रोगी धेरै वर्ष बाँच्दैनन्, धेरैमा ४० वर्ष बाँच्न सक्ने देखिन्छ ।’ विश्वका अन्य देशमा पनि देखिएको यो रोग मलेरिया प्रभावित क्षेत्रमा बस्ने आदिवासीमा बढी देखिने गरेको डाक्टरहरुको अध्ययनले देखाएको छ ।
२०७१ सालदेखि सरकारले प्रत्येक रोगीको उपचार व्यवस्थापनमा एक लाख बराबरको निःशुल्क सेवा दिने गरेको छ । समयमै रोगीको पहिचान र उपचार हुन सकेमा बिरामीको आयु लम्ब्याउन सकिने र रोग रोकथाममा पनि सहयोग पुग्ने बताइन्छ ।
रगत परीक्षणबाट कैलालीको टीकापुर, लम्कीचुहा, घोडाघोडी र पहलमानपुर क्षेत्रका ग्रामीण बस्तीमा यो रोगबाट प्रभावित थुप्रै भेटिएका थिए । रोगीको शरीरमा अक्सिजनको मात्रा कम हुन गई हातखुट्टाका हड्डी असह्य दुख्ने गर्छ । यस्ता विरामीले पर्याप्त पानी पिउनुपर्ने, धेरै कडा परिश्रम गर्न नहुने र फोलिक एसिड नामक औषधि सेवन गरिरहनुपर्ने बताइएको छ ।