Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

गाउँ गाउँबाट आए मिटरव्याज पीडित, सरकार कहाँ छ ?

३० मंगलबार , फाल्गुण २०७९२ बर्ष अगाडि

काठमाडौं । पछिल्लो समय लघुवित्त नाममा गरिव ठग्ने संस्थाका कारण पीडित भएकाहरु रुँदै कराउँदै शहर छिरेका छन् । बर्षौदेखि मिटर ब्याजका कारण घरबार विहिन हुन पुगिसकेका र लघुवित्त संस्थाबाट पीडित भएकाहरु बैरो सरकारलाई आफ्नो पीडा सुनाउन प्रयत्न गरिरहेका छन् । 
हरेक दिन जसो माइती घर मण्डलामा धर्ना दिएर त्यही बाटो भएर हिड्ने शासकहरुलाई आफ्नो पीडा सुनाएको धेरै भइसक्यो तर बैरो सरकारले सुन्न सकेको छैन । गरिव किसानहरुबाट संकलन गरेको अवौं रुपैयाँ तिनै ठग लघुवित्त संस्थाका नाईके मनलाग्दीसँग खर्च गरिरहेका छन् । जनताबाट उठाएको रकम दुरुपयोग गर्ने र तिनै जनतालाई चर्को व्याज लिएर घरबार विहिन बनाउने लघुबित्त तथा मिटरव्याजी ठगहरुलाई वर्तमान आठ दलीय गठवन्धन सरकारले न्याय दिन सक्ला कि नसक्ला त्यो भने हेर्न वाँकी नै छ ।