काठमाडौँ – आजको यो एक्कासौँ शताब्दीमा आधुनिकीकरण र फेसन शो आवश्यक छ । संगै विश्वभर नै फेसन शो को खास आकर्षण पनि छ । तर फेसन शो को सहि सदुपयोग र रचनात्मक नहुँदा विकृति बनेको छ ।
फेसन शो डिजाईनर र कपडा व्यवसायी मिलेर आयोजना गर्छन् । आजभोलि फेसन शो कपडाको मात्र नभई मेकअप आर्टिस, डिजाइनर र मोडलको पनि सँगसँगै प्रदर्शन भएको हुन्छ ।
जहाँ रचनात्मक फेसन शो भने एकदम कम देखिन्छ, जुन महत्वपूर्ण र फाइदाजनक शो हो ।
कपडा वा कारखानाले गरेका फेसन शो सजिलै सर्वसाधारणमाझ पुग्ने गर्छ । पछिल्लो १०–१५ वर्षयता हेर्ने हो भने नेपालमा पनि फेसन शोको ट्रेण्ड निकै बढेको छ । शोमा मोडल, डिजाइनर र मेकअप आर्टिस्टले आ–आफ्ना प्रस्तुति र सिर्जनाको प्रदर्शन गर्छन् ।
नेपालमा व्यावसायिक प्रयोजनले भन्दा पनि देखासिकीले अन्धाधुन्ध फेसन शो गर्ने लहड भएकाले अन्तर्राष्ट्रिस्तरको फेसन शो भने आयोजना हुन सकेका छैन ।