Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाल बिउमा आत्मनिर्भर कहिले ?

२८ आइतबार , फाल्गुण २०७९२ बर्ष अगाडि

 
 काठमाडौँ । नेपाल एक कृषि प्रधान देश हो ।

नेपालमा हाल ८३ वटा बालीको ७०९ प्रजातिको उन्नत बिउ उत्पादन हुने गरेको बिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । सबैभन्दा बढी धानको ७५ वटा जातको बिउ उत्पादन हुने गरेको छ ।

तर, उन्नत बिउ भएता पनि नयाँ जातको धानको बिउका कारण बाला नलागेका घटना बेला बेलामा सार्वजनिक हुने गर्छ । जसका कारण लगानी अनुसारको आय नहुँदा  किसान मर्कामा पर्ने गरेका छन् । नेपालमा उन्नत बिउ विजन उत्पादन गर्न नसक्दा वार्षिक अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ ।

भन्सार विभागका अनुसार सबैभन्दा बढी मकैको बिउ आयात भएको छ । यसमा पनि बारा लगायतका जिल्लामा मकैको बोट हल्किने तर घोगा लागे पनि गेडा नलाग्ने गरेका समस्या किसानले बताएका थिए । साथै अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, कोरिया, चीन, दक्षिण कोरिया, युएई र भारतबाट विभिन्न खाद्यान्न र तरकारीको बिउ आयात भएको देखिन्छ ।

यो अवस्थामा नेपाललाई कसरी कृषि प्रधान देश भन्ने ?