काठमाडौं, जति जोगी आएनि कानै चिरेको भन्ने उखान नेपालको उद्योग क्षेत्रमा देख्न सकिन्छ ।
तर व्यवसायीहरुले पनि आफूलाई फाईदा हुदा ठीक अनि आफू अनुकुल नभए बिरोध गर्ने परिपाटी बिगत देखि कै हो । आखिर यस्तो बिकृति कहिले सम्म ?
बैंकको चर्को ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै सय बढी व्यवसायी सङ्गठन मिलेर आन्दोलन सुरु गरेका हुन् ।
मोरङ उद्योग सङ्गठनका अध्यक्ष नवीन रिजालले माइतीघर मण्डलामा सडकमै उत्रिएर ब्याजदर घटाउन माग गर्दै आन्दोलन सुरु गरेको जानकारी दिए ।
यसअघि यही फागुन ५ गते पनि उद्योगी व्यवसायीले माइतीघरमा सडक प्रदर्शन गरेका थिए ।
व्यवसायीको आन्दोलन सरकारले कहिले सुन्ने ?