Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बंगलादेशले पाउने भयो नयाँ सार्क महासचिव, अफगानिस्तानले गुमायो मौका

२४ बुधबार , फाल्गुण २०७९२ बर्ष अगाडि

 दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को महासचिवमा बंगलादेशका मोहम्मद गोलम सरवार आउने भएका छन् । 
सार्कको महासचिव बन्ने मौका यो पटक अफगानिस्तानलाई थियो । तालिबान शक्तिमा आएका कारण अफगानिस्तानले यो मौका गुमायो ।  दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन अर्थात् सार्क भनेर चिनिएको यो क्षेत्रीय संस्थामा नयाँ सदस्य राष्ट्र बनेर भित्रिएको अफगानिस्तानले आफ्नो पालोमा महासचिव छान्न पाएन । 

सार्कका सदस्य देशहरूले अफगानिस्तानको तालिबानी सरकारलाई मान्यता दिएका छैनन् ।  यद्यपि, सार्क सदस्य देश पाकिस्तानले भने अफगानिस्तानबाटै महासचिव हुनुपर्ने अडान राखेको थियो ।

सार्क सदस्य देशको अंग्रेजी वर्णानुक्रम अनुसार सम्बन्धित देशबाट महासचिव चयन गर्ने प्रावधान रहेको छ । ए बाट अफगानिस्तानले महासचिव छान्न नपाएसँगै स्वतः बि अर्थात् बंगलादेशमा पालो गयो । त्यसैले, अफगानिस्तानको मौका खोसिएपछि बंगलादेशले पाएको हो ।
महासचिव बनेका सरवार यसअघि बंगलादेशका तर्फबाट मलेसियाका लागि उच्चायुक्त थिए । उनले यसअघि सार्क सचिवालयमा पनि काम गरिसकेका छन् । उनी अघि श्रीलंकाका इशाला रुवान विराकोन सार्कका महासचिव थिए । 

नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । तर भारत पाकिस्तान बीचको मनमुटावका कारण यसको नियमित अधिवेशन हुन सकेको छैन ।