Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

प्रम प्रचण्ड आफ्नै चक्रव्यूहमा फस्दैछन्

१५ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

प्रेम सागर पौडेल - नेपाल–चीन पारस्परिक सहयोग समाज : ---
प्रधानमन्त्री पुष्पकमल दाहाल आँफैले बुनेको चक्रब्यूहमा आफै फस्दैछन् । 
पुष्पकमल दाहालको ईण्डो–वेष्टर्नको प्यादाकै रूपमा बाँच्ने चाहनाले अबको राष्ट्रिय राजनीतिक अवस्था अस्थिरतातर्फ उन्मुख हुँदैछ ।
यसकारण यो बर्ष नेपाल र नेपालीको लागि स्वाभिमानको लडाइँको बर्ष हुने संकेत देखिदैँछ ।
प्रश्न छ– दाहाल नेतृत्वको सरकारलाई हामीले ईण्डो–वेष्टर्नको गुलामी गर्नका लागि समर्थन गर्नुपर्ने हो ?
यो सरकारले देश र जनताप्रति कुनै दायित्व निर्वाह गर्नुपर्छ कि पर्दैन ?
काङ्ग्रेसलाई राष्ट्रपति बनाउने खेलसँगै दाहाल समाप्तिको मार्गमा लागे ।
एउटा देशद्रोही मुख्य पदमा पुग्दा सिक्किम विलय भएको देखेका हामीले अब अर्को देशद्रोहीलाई सहनु परेको छ । हामी सिक्किम हुने कि स्वतन्त्र रहने ?
देश अन्तर्राष्ट्रिय द्वन्द्वमा जाकेर आफु बाँच्ने सपना देख्ने छुट अब कसैलाई छैन । अबको एक बर्षभित्र उपयुक्त लेखाजोखा हुने नै छ । प्रतिक्षा गरौं ।