Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अन्यायमाथि अत्याचार

०८ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

अधिवक्ता शिव सिग्देल - -
कानुन कमजोर कि कानुनचची ? भ्रष्टाचार, नैतिकहनिता, बलात्कार होस् कि हत्या, ती जघन्य अपराध हुन् । अपराध त अपराध नै हुन्छ, अपराधीलाई दण्ड दिने कानुनले हो । कानुनमाथि राजनीतिक दबाब प¥यो, ढिलासुस्ती भयो भने जाग्ने र जगाउने नागरिक समाजले हो । नागरिक आन्दोलनले हो ।
गंगामाया अधिकारी नेपालको कानुनका लागि, नागरिक समाजका सामु उभिएको यक्ष प्रश्न हो, उत्तर खोई ?
४० वर्ष मुनीका महिलाहरूलाई मातापिता र वडाको सिफारिस नभए विदेश जान रोक लगाउने कुरा के बाहिर आयो, नागरिक समाजले सडक र सत्तालाई घेर्न पुग्यो । निर्मलादेखि भागिरथीसम्मको बलात्कार र हत्यामा कारवाही हुनुपर्छ भनेर नागरिक समाजले गरेको सडक आन्दोलन किन सेलायो ? ती सबै आन्दोलनमा प्रत्येक नेपालीको  नैतिक समर्थन छ, सक्नेले भौतिक साथ पनि दिएका छन् । सरकार मौन छ ।
आजका युवा महिला गोठमा बाँधेका गाई होइनन् । तिनले अब कुनै प्रकारको निरंकूशता सह्य छैन भन्ने आवाज उठाइरहेका छन् । युवा महिलामा देखिएको जागरण जायज छ, यस्तै जागरणले हो असमानतालाई समानतामा रूपान्तरण गर्ने । 
छोरा कृष्णप्रसादलाई मारियो, न्याय पाऊँ भनेर आमाबाबु अनसन बसे, बाबुले अनसनमै ज्यान गुमाए । यी आमा गंगामाया अधिकारी न्याय नपाएरै मर्छुक्यारे भनेर ९ वर्षदेखि अनसनमै छिन् । यो अन्याय होइन ? यो अन्यायमा, नेपालको शासन, सुशासन र न्याय मरेको यो दर्दनाक दृश्यले युवाहरूलाई किन पोलेन ? नागरिक समाज र अधिकारकर्मी, राष्ट्रिय मानवाधिकार आयोगले समेत वक्तव्य फालेर ९ वर्षदेखि सुतेर बस्न मिल्छ ? यस विषयमा सिंहदरवार घेर्नलाई कसले रोक्यो ? कतै नागरिक समाज भन्ने जिनिस पनि पार्टीकरण भएको त होइन ? होइन भने न्यायकरणमा देखिएन त ?
सत्ताका लागि विशाल विशाल जनसभा भइरहेका छन् । जनतालाई पार्टीको समर्थनमा उतार्ने अभ्यास जोडतोडले भएका देखिन्छन् । न्याय, नीति, लोकजीवनमा ल्याउने परिवर्तनको कुनै योजना देखिन्न, खोई खाका भनेर कुनै नागरिक सोध्दैनन् । प्रश्न छ, समानता र न्याय खोज्ने युवा महिला पुरूष दुबैले विधिको शासन पनि खोज्नुप¥यो ।