Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

देशका लागि गम्भीर भएर सोच्ने बेला आयो : नारायणमान बिजुक्छे

०४ बिहिबार , फाल्गुण २०७९२ बर्ष अगाडि

देशका लागि गम्भीर भएर सोच्ने बेला आयो : नारायणमान बिजुक्छेनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताएका छन् । सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने बेला आएको उनको भनाइ छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालयको २३औँ, ख्वपः कलेजको २१औँ, शारदा क्याम्पसको ३२औँ र ख्वपः कलेज अफ लको स्थापना दिवसका अवसरमा बिहीबार भक्तपुरमा आयोजित दुईदिने शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले नगरपालिकाले ख्वपः कलेज, ख्वपः कलेज अफ ल समेत गरी हाल आठवटा कलेजमा देशभरिका ७२ वटा जिल्लाका करिब सात हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताए ।

नगरपालिकाले यहाँका विद्यार्थीलाई हरेक वर्ष ३ करोड बराबरको छात्रवृत्ति, ५ लाखसम्मको शैक्षिक ऋणको व्यवस्था, नेपाल भाषा, इतिहास, भूगोल, संस्कृति र राजनीतिशास्त्र विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रजापतिले बताए ।

यसैबीच ख्वपः कलेज देकोचामा सञ्चालित दुई दिने शैक्षिक प्रदर्शनी आज सम्पन्न भएको छ । प्रदर्शनीमा सय स्टल र ११ कक्षादेखि स्नातकोत्तर तहसम्मका दुई हजार भन्दा बढी विद्यार्थी सहभागी भएका कलेजका प्राचार्य रुपक जोशीले जानकारी दिए ।

रासस | बिहीबार, फागुन ४, २०७९