काठमाडौं । विधिको शासन लोकतन्त्रको जग हो । जग नै भत्केपछि लोकतन्त्रमा भाँडभैलो हुनु स्वभाविक हो । लोकतन्त्रको मुख्यस्तम्भ सर्वोच्च अदालतमा डेढ़ वर्षदेखि प्रधान न्यायाधिश छैनन् । भएको प्रधानन्यायाधीशलाई महाभियोग बोकाएरै अवकाशमा जान बाध्य पारियो । अब त्यो महाभियोग के हुन्छ ? संसदमा कसैले मुद्दा उठाएका छैनन् । नयाँ प्रधानन्यायाधीश नियुक्त गर्दा आफ्ना मान्छे पर्दैनन् भनेर सरकारको प्राथमिकतामा परेको छैन । ठूलो आन्दोलन गरेर क्रान्तिकारी पल्टेको नेपाल बार सर्वोच्चमा प्रधानन्यायाधीश किन नियुक्त भएनन् भनेर प्रश्न उठाउँदैन । विश्लेषकहरू यो त ‘बनाना रिपब्लिक’ भयो भन्छन् ।