डा. केशव देवकोटा - -
देशको समसामयिक राजनीतिक अवस्था र पार्टीको भाबि राजनीतिका बारेमा छलफलगर्न नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आगामी १५ गते बोलाइएको छ । सो बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे नेकांभित्रका बिभिन्न समूहहरूको अलग अलग बैठक बस्नथालेको छ । जसको सूत्रपात गत आइतबारबाट डा. शेखर कोइराला समूहले गरेको छ । प्रचारमा आएअनुसार आइतबारको डा. कोइराला समूहको बैठकमा प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली, आगामी माघ १५ गते बस्ने केन्द्रीय समितिको बैठकलगायतका विषयमा छलफल भएको थियो । बैठकमा उपरोक्त विषयमा केन्द्रीत भएर सो समूहका नेताहरूले आ–आफ्नो धारणासमेत राखिसक्नु भएको छ । अब आज माघ १७ गते मंगलबार पुनः बैठक बसेर डा. कोइराला समूहले आफ्नो समूहको रणनीति तयगर्ने कार्यक्रम राखेको बताइएको छ । गत आइतबारको बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रधानमन्त्रि पुष्पकमल दाहाललाई पार्टीले विश्वासको मत दिनु परेकोमा सभापति देउवाको आलोचना गरेको देखिएको थियो । त्यसैगरी पार्टीको संसदीय दलको निर्वाचनमा आफ्नै समूहबाट महामन्त्रि गगन थापाले धोका पाएको÷मत नपाएको विषयमासमेत छलफल भएको थियो । आइतबारे बैठकमा अब पार्टीलाई सही ढंगले अघिबढाउन प्रभावकारी योजनाका साथ अघि बढ्नेबारे पनि कुरा उठेको भनिएको छ ।
डा. कोइराला समूहको आइतबारे बैठकमा कतिपयले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री नदिएर किन गठबन्धन टुटाएको भन्दै सभापति शेरबहादुर देउवालाई प्रश्नगर्ने योजना पनि सुनाएछन् । काठमाडौंको वत्तिसपुतलीमा बसेको सो बैठकमा कतिपय नेताहरूबाट मंसिर चारको निर्वाचनअघि जनतासँग गरेको बाचाअनुसार गठबन्धन टिक्न नसक्नुको कारणबारे पनि चिन्ता र चासो ब्यक्त भएछ । जुन बैठकको अधिकांश समय गत निर्वाचनमा गठबन्धन बनाएपनि सरकार बन्ने बेला गठबन्धन किन टुट्यो, कमजोरी कहाँ भयो ? भन्ने समीक्षागर्नमै ब्यतित भएको रहेछ । त्यहाँ कतिपयले त नेपाली कांग्रेस अब प्रमुख प्रतिपक्षमा बस्ने वा राष्ट्रपति पाउँछकि पाउँदैन भनेर पनि अन्योलता ब्यक्त गरेको पनि देखिएको थियो । बैठकमा पार्टीभित्र पनि बिचारका दोकानहरू धेरै भएको प्रश्न उठेको थियो । उनीहरूले आगामी दिनमा सदन र केन्द्रीय समितिको बैठकमा एकमतका साथ कसरी प्रस्तुत हुने पनि जिज्ञासा राखेका रहेछन् । डा. कोइराला समूहको बैठकमा समेत माओवादी केन्द्रलाई नेपाली कांग्रेसको ढोका बन्दगर्न‘ नहुने सकेसम्म फेरी पनि भित्र्याउनु पर्ने कुरा पनि उठेको रहेछ ।
हुन त नेकांका सभापति देउवा पनि अझै माओवादी केन्द्र र त्यसमा पनि सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रि दाहालप्रति निक्कै आशावादी देखिनु हुन्छ । दाहालको आशा गर्दागर्दै पुस १० गते प्रधानमन्त्रिको नियुक्तिदेखि माघ छगते उपसभामुखको निर्वाचनसम्ममा तीन बल्ड्याङ खाँदा पनि नेपाली कांग्रेसले नचेत्नु यहीनै सो पार्टीको मुख्य समस्या हो । सबै राजनीतिक पार्टीका आफ्नै मूल्य, मन्यता र सीमाहरू रहेका हुन्छन् । पार्टीमा काम गर्नेहरूले आफ्नो स्वार्थ पूर्तिका लागि कहिल्यै पनि ति सीमाहरू नाघ्नु हुँदैन । तर सत्ता र शक्तिलाई मात्र धुरी बनाएर हिंड्ने नेपाली कांग्रेसका नेताहरूले आफ्नो राजनीतिको सीमालाई कहिल्यै पनि ख्याल गरेनन् । मुख्य त देउवाले नेकांको नेतृत्व गरेपछि नेपाली कांग्रेसभन्ने पार्टीको नाममात्र बाँकी रह्यो, अरू मूल्य, मान्यता र आदर्श, निष्ठा र नैतिकता भन्ने केही पनि बाँकी रहेनन् । हुँदाहुँदा नेपाली कांग्रेस माओवादीसँग मिलेर शासन सत्तामा सधै टिकिरहने सपना देख्न थाल्यो । त्यसैले उसको सपना ‘दुस्वप्ना’मा परिणत भएको छ ।
कम्युनिष्ट र कांग्रेसको रणनीति अलग्गै छ । कार्यनीतिहरू पनि फरक रहेका छन् । त्यसैले त नेकां र कम्युनिष्टहरू राजनीतिमा नदीका दुई किनाराजस्ता भएका हुन् । नेकांका नेताहरू पछिल्लो समयमा यति दिग्भ्रसमत भएकि बीचमा उर्लिरहेको नदीलाई बिर्सिएर नदीका दुई किनारालाई एक गराउन तिर लागे । त्यसैले उनीहरू हालकोजस्तो न सत्ता पक्ष न प्रतिपक्षको अवस्थामा पुगेका हुन् । नेपाली कांग्रेस ब्युँझनु प¥यो, उ कहाँ छ ? बिचार गर्नुप¥यो । त्यसपछि भेडा भेडासँग र बाख्रा बाख्रासँग भन्ने उखान पनि संझनु प¥यो । ०६३ अघिनै प्रचारमा आएको ढाडमा टेकेर टाउकोमा हान्ने कार्यशैलीलाई पनि स्मरण गर्नुप¥यो । किनकी प्रधानमन्त्रि दाहाल पनि बिचारको राजनीति छाडेर संभावनाको राजनीतिमा अभ्यस्त भैसक्नु भएको छ । उहाँ नेपाली कांग्रेस दुर्घटनामा प¥यो बिचराभन्दै तत्काल मलमपट्टी लगाउन फर्कनु हुने छैन । उहाँले ०५२ बाट जनयुद्ध शुरू गर्नुभयो, त्यसलाई ०६२ को १२ बुँदे दिल्ली संझौतामा टुंग्याई दिनुभयो । त्यतिबेला पनि धेरैले उहाँ फेरी जनयुद्धमा फर्कनु हुन्छकि भन्ने आशा गरेका थिए । तर उहाँ कहिल्यै पनि त्यसतर्फ फर्कनु भएन र फर्कने प्रयास पनि गर्नुभएन । पुराना माओवादी नेता तथा कार्यकर्तालाई उहाँले चटक्कै बिर्सिदिनु भयो । त्यसपछि उहाँको आकर्षण एमाले तिर मोडियो । कम्युनिष्ट पनि हुने, संसदीय सुख सुबिधा पनि लिने । एमालेसँग पार्टी एकता गरेपछि उहाँको ध्यान सो पार्टीको नेतृत्वनै कब्जागर्ने तिर गयो । तत्काल सो संभव नभएपछि उहाँ एकताको महाधिवेशनसम्म पनि पर्खनु भएन । ०७७ फागुन २३ को सर्बोच्च अदालतको एउटा फैसलालाई बहाना बनाएर एमालेबाट फुटिहाल्नु भयो । आफूमात्र फुट्नु भएन अथक प्रयास गरेर एमालेलाई पनि फटाइदिनु भयो । त्यसपछि लगत्तै कांग्रेसतिर पुग्नुभयो । १५ बर्षसम्म एक भएर सत्ता र शक्तिमा बसिरहने सार्बजनिक भाषण पनि गर्नुभयो । तर प्रधानमन्त्रि नपाउनसाथ नेकांलाई घण्टाभरमा छाडेर फेरी एमालेमै पुग्नुभयो । यतिबेला उहाँलाई एमालेको साथ सहयोगनै कम्फर्टेवल भएको छ । किनकी सके पाँचै बर्ष नभएर अढाई बर्ष उहाँ प्रधानमन्त्रि हुनुहुने पक्का छ । जसका लागि उहाँले एमालेलाई प्रतिनिधिसभाको सभामुखमा सघाइसक्नु भएको छ । अब राष्ट्रपतिमा पनि एमालेलाई सघाउन उहाँ बाध्य हुनुहुन्छ । दायाँवायाँ हुने सम्भाबना देखिन्न । त्यसैगरी प्रदेश लगायतका अन्य संयन्त्रहरूमा पनि सन्तुलन हुँदैगएको छ । उहाँ त्यसलाई तत्कालै भत्कन दिने पक्षमा हुनुहुन्न ।
सरकारमा रास्वपा र राप्रपा लगायतका दलहरूको राम्रो ब्यवस्थापन भएको छ । एमाले ७९, माओवादी केन्द्र ३३, रास्वपा २० र राप्रपा १४ गरी १४६ लाई कसैले पनि डगमगाउन सक्नेवाला छैन । जसपा १२ र जनमत ६ बेला बेलामा बटारिए पनि सत्ता गठबन्धनमै छन् । नागरिक उन्मुक्ति पार्टीका चार र केही स्वतन्त्र सांसदहरू बर्तमान गठबन्धनको साथ सहयोगमै रहेका छन् । परेको खण्डमा एकीकृत समाजवादी पनि नेपाली कांग्रेससँगको दाम्लो चुँडाएर प्रधानमन्त्रि दाहालकै पक्षमा जाने अवस्था छ । हाल उसले दाहालकै लागि नेपाली कांग्रेसमा रोक्ने÷छेक्ने काम गरिरहेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष तथा बहालवाला प्रधानमन्त्रि दाहाल फेरी नेपाली कांग्रेसमा आएर राम्रो नीति निर्देशन गरिदिनु होला भनेर सोच्नु महागलत हुन्छ । महाभूल हुनेछ ।
अब नेपाली कांग्रेसका सामु प्रधानमन्त्रि दाहाललाई दिएको बिश्वासको मत बिलम्ब नगरीकन फिर्ता लिएर प्रमुख प्रतिपक्षमा रहनुको अर्को बिकल्प छैन । उसले प्रमुख प्रतिपक्षमा रहेर पनि रचनात्मक भूमिका खेल्नुको साटो सत्ताकै वरी परी घुम्ने नीति लियोभने त्यो नेपाली कांग्रेसका लागि अर्को बिडम्बनाको बिषय हुने छ । नेकांले संसदीय बहुदलीय ब्यवस्थाको स्थायित्वका लागि केही पनि गरेन, त्यसलाई भँजाएर आफ्नो स्वार्थमात्र पूराग¥योभन्ने कुराहरू पनि उठेका छन् । नेकां बहुदलवादी पार्टी होभने बहुलवादको रक्षामा फलामे बार भएर उभिनु पर्छ । प्रधानमन्त्रि पाउनासाथ आफ्नो राजनीतिको दाम्लो चुडाएर कुलेलम ठोक्ने प्रबृत्ति त्याग्नु पर्दछ । नेकांको डा. कोइराला पक्षले सकेको खण्डमा पार्टी पुनरगठन गरेर नेतृत्वको परिवर्तन गराउन सक्नुपर्दछ । होइन भनेपनि आफ्नो पार्टीको अधिकतम सीमालाई बुझेर कामगर्ने वातावरण बनाउने तिर लाग्नु पर्दछ ।
नेकांको बिचार÷सिद्धान्त के हो ? त्यसको पार्टीमा फेरी पुनःस्थापना गर्नुुपर्दछ । प्रजातन्त्रको बिडा उठाएको आफ्नो पार्टीको मूल्य, मान्यता र आदर्शको सधै ख्याल गर्नुपर्दछ । आफ्नो पार्टीका असन्तुष्ठ र किनारामा परेका नेता तथा कार्यकर्ताहरूलाई समेटेर मूलधारमा ल्याउने प्रयत्नगर्न सक्नुपर्दछ । प्रजातान्त्रिक बिचारधारा पक्षकाहरूलाई मिलाएर लोकतान्त्रिक गठबन्धन बनाउनेतिर लाग्नुपर्दछ । अन्यथा कम्युनिष्टहरूको साथ सहयोग लिएर शासन सत्ता पुग्ने र टिकिरहने सोच हो भने नेपाली कांग्रेस आउने दिनमा इतिहासमामात्र सीमित रहन पनि सक्छ । यो कांग्रेसजनहरूले समयमानै बुझ्दा हुन्छ । कांग्रेसका थिङ्क टेङ्कहरूको बुद्धि बङ्गारो अहिले नपलाए कहिले पनि पलाउने छैन ।