Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

न्यूजिल्याण्डकी प्रधानमन्त्रीको राजीनामा

०९ सोमबार , माघ २०७९२ बर्ष अगाडि

न्युजिल्याण्डकी लोकप्रिय प्रधानमन्त्री हुन्– जसिन्डा आर्डर्न । एकाएक उनले स्वैच्छिक राजीनामाको घोषणा गरेपछि विश्वचर्चित बनिन् ।
जम्मा ४२ वर्षकी जसिन्डाले अबको राष्ट्रिय चुनौति सामना गर्न मैले नसक्ने भएँ । म भन्दा सक्षम धेरै छन्, उनीहरूले अघि सरेर देश र जनताका अपेक्षा पूरा गर्नुपर्छ भनेर राजीनामा गरेको बताएकी छिन् ।
उनले आफूलाई तनाव हुँदै गएको छ । जिम्मेवारीको भारका कारण आगामी फेब्रुअरी ७ मा आफूले राजीनामा गर्ने तिथिसमेत तोकिदिइन् ।
अर्को चुनाव जित्नसक्ने मौका भए पनि आफूले उमेदवार नबन्ने बताएकी छिन् । आगामी निर्वाचन ७ महिनापछि हुनेवाला छ । तर एकाएक उनले फेब्रुअरी ७ आफ्नो प्रधानमन्त्रीको कार्यकालको अन्तिम दिन हुने घोषणा गरिन् ।् ।
उनले पत्रकारलाई भनेकी छिन्– ‘पदमा रहेर विगत ६ वर्षदेखि सबै ठूला चुनौति झेलिरहँदा मैले मेरो लागि पनि समय छुट्याएँ । म पनि मानिस हुँ । राजनीतिकर्मी पनि मानिस हुन् । ...त्यसैले मैले घोषणा गर्छु, प्रधानमन्त्रीका लागि म पुनः चुनावमा आउदिनँ । मेरो कार्यकाल फेब्रअरी ७ सम्म मात्र हो ।’ स्मरणरहोस्, न्यूजिल्याण्डमा आगामी आमनिर्वाचन अक्टोबर १४ मा हुँदैछ । अबको प्रधानमन्त्री सोही चुनावबाट तय हुनेछ । त्यतिञ्जेल न्यूजिल्याण्ड कार्यवाहकका रूपमा चल्नेछ ।
नेपालमा ७० नाघेका अथवा पुग्न लागेका बृद्धहरू प्रधानमन्त्री चलाइरहेका छन् । १५ वर्षदेखि तिनले जसरी राष्ट्र चलाए, कुनै उपलब्धि हासिल हुनसकेन । उमेरले बुढो भए पनि विचार, नीति, सिद्धान्त र निष्ठाले युवा हुनसक्छन् । तर नेपाली नेतृत्वले त्यस्तो युवापन देखाउनै सकेन । यति हुँदा पनि सत्ता भनेपछि मरिहत्ते गर्ने प्रचलन हटेन । यहाँसम्म कि यसपटक जुन युवा नेतृत्व जितेका छन्, सत्तामा पुगेका छन्, तिनले समेत युवापन, युवा जोश र जनअपेक्षा पूरा गर्न नसक्ने देखिदैछन् ।