प्रा. गंगा थापा– -
हुनत राजनीति अत्यन्त निर्दयी (अचगभ)ि खेल हो, चेस जस्तै । तर देशमा फेरि एकपटक लोकतन्त्रको सर्वमान्य मूल्य मान्यता विपरीत संसदीय अभ्यास शुरू भएका छन् र यसको नेतृत्व अहोरात्र लोकतन्त्रको दुहाई दिने नेपाली कांग्रेसले नै गरेको छ ।
साथै, नेपालको राजनीति विसंगति, विकृति, छलकपट, बेइमानी, र त्यस्तै बदलाको भावना र ब्यक्तिगत स्वार्थ प्रेरित ढंंगबाट गुज्रिरहेकोले तत्काल सकारात्मक परिणाम प्राप्त होला भनी विश्वास गर्न सकिने आधार त थिएन, तर हिजो प्रचण्डले संसदमा पाएको विश्वासको मत, विशेष गरेर काँग्रेसको निःशर्त समर्थनलाई हेर्दा, खड्ग प्रसाद ओली प्रचण्ड पछि प्रधानमन्त्री हुने तर हाललाई आफ्नो अनुकूलको राष्ट्रपति र सभामुख बनाएर प्रचण्डलाई राणाशासन कालखण्डमा राणाहरूले ऋबउतष्खभ ःयलबचअजथ को अभ्यास गरे जस्तो आफ्नो खटन पटनमा राख्छु, बन्दी प्रधानमन्त्री (ऋबउतष्खभ एचष्mभ ःष्लष्कतभच) बनाउछु, उनलाई आफ्नो दवावमा राखिरहन्छु र आफ्नो पालो आएपछि पहिले आफू प्रधानमन्त्री हुंदाका बखत जस्तै निरङ्कुश र निर्लज्ज ढंगले राजकाज गर्ने जुन अभिलाषा थियो उनको, त्यो पुरा हुने संकेत देखिएन । कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएकोले ओलीले सोच्दै होलान् –उडायो सपना सबै हुरीले !
हिजोको घटनाले एमाले सरकारबाट बाहिरियो वा उसले सरकारबाट समर्थन फिर्ता गर्यो भने पनि सरकार नढल्ने उजागर गरेको छ । प्रचण्डले एमालेका केही वा सबै मन्त्रीलाई सरकारबाट घोक्रेठ्याक लगाए पनि खड्ग प्रसाद निरीह रहनु पर्ने अवस्था आउनेछ । नजिकै चुनाव भएकोले सभामुख एमालेको पोल्टामा जाने र खड्ग प्रसादको निकटको ब्यक्तिनै सभामुख बन्ने अनुमान गर्न सकिन्छ, तर राष्ट्रपति आफ्नो निकटको निर्वाचित गर्न खड्ग प्रसादलाई प्रचण्ड सामु लम्पसार पर्नु बाहेक अर्को भरपर्दो विकल्प देखिदैन, काँग्रेसले प्रचण्ड सरकारलाई समर्थन गर्नाले ।
मलाई लाग्दैन, काँग्रेसले विना रणनीतिक योजना प्रचण्ड लाई समर्थन गरेको छ । यस घटनाले राष्ट्रपति पनि एमालेको निर्वाचित नहुने र खड्ग प्रसाद पनि प्रचण्ड पछि प्रधानमन्त्री बन्न नसक्ने समेत संकेत गरेको छ ।
नेपाली राजनीतिको अर्को पाटो – जनताले ठूलो आश भरोसा गरेका, नयां उदाएका वा पुनर्जीवन पाएका दलहरू जसलाई जनताले सत्ताको लोभ नगर्लान् र जनताका आवाजलाई सदनमा घनीभूत गराउलान् भनो निर्वाचित गराएका थिए, तर उनीहरू पनि सत्ताकेन्द्रित राजनीतिमा प्रवेश गरिसकेपछि उनीहरूको राजनीतिक लक्ष्य भ्रष्टाचारमुक्त समाज, स्वस्थ्य र स्वच्छ प्रशासन र कानुनी राज्यका एजेण्डा मुलतबी रहने र उनीहरूको पनि लक्ष्य परिणामविहीन हुने देखिएको छ ।
सबैले बुझेको कुरा, नेपालका तीन ठूला दलहरू जस्तो, काँग्रेस, एमाले र माओवादी पार्टीहरूमा अधिकांश अपराधी, घूसखोरहरू, भ्रष्टाचारी र हरामीहरू भरिभराउ भएको अवस्थामा र उनीहरूको स्वार्थमा आंच आउने वित्तिकै उनीहरू तुरून्तै एकजुट हुने अभ्यास भएकोले लामिछाने, राउत, लिंगदेन आदि सरकारमा रहेर केही सकारात्मक परिणाम ल्याउलान् भनेर आशा गर्ने अवस्था छैन ।
शास्त्रीय ढङ्गबाट ब्याख्या गर्दा, नेपालमा ब्यापक जनसहभागिताको माध्यमबाट लोकतान्त्रिक ढंंगबाट निर्वाचन भैरहेको भए पनि नेपालको लोकतन्त्रलाई इष्नियउयष्कितष्अ एगिचबष्किm अर्थात राजकाजमा सीमित ब्यक्तिको एकाधिकार भनेर परिभाषित गर्नु उपयुक्त होला । आम नेपालीको दुर्भाग्य फेरि एकपटक निहित स्वार्थ भएका फोहरी राजनीतिक नेतृत्वबाट जनमतको दुरूपयोग हुन पुगेको छ । अन्तमा, तीन ठूला दल सत्तापक्ष भएपछि भारेभुरे स्वतन्त्र, राप्रपा, जनमत, एवं उन्मुक्ति आदि पार्टीहरूको सत्तारोहणको कुनै अर्थ छ र! यस स्थितिमा लिंगदेन, लामिछाने र राउतले तुरून्त निर्णय गर्नु उनीहरूको दीर्घकालीन हितमा हुनेछ । बेलैमा सरकारबाट बाहिरिनु राम्रो । दाहाल, ओली, देउबा जस्ता डायनासोर पार्टीमा रहुञ्जेल लोकतन्त्र र गणतन्त्रको नाममा राज्यश्रोत अरू कसैलाई लुट्न दिंदैनन् र सत्तामा हालिमुहाली गरिरहन्छन् भन्ने पछिल्लो घटनाले प्रष्ट पारेको छ ।