Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

दुर्घटनाउन्मुख नेपालको पछिल्लो सत्ता राजनीति

०२ सोमबार , माघ २०७९२ बर्ष अगाडि

डा.केशव देवकोटा - -
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत पुस १० गते देशको प्रधानमन्त्रि हुँदैगर्दा अब आफू बाँकी जीवन देशको उन्नति र प्रगतिमा लगाउने भन्नुभएको थियो । तर एक महिना पनि ब्यतित नहुँदै के देखियोभने उहाँ आफ्नो बचनमा टिक्न सक्नुभएन । एमालेको जगमा बनेको बर्तमान सरकारको जगनै हल्लाउने काम स्वयं प्रधानमन्त्रिबाटै शुरुभएकाले अब उहाँको शासन सत्ता कतिदिन ? भन्ने प्रश्नहरुगर्न थालिएका छन् । एमालेलगायतका सात दलको सहयोग र समर्थनमा प्रधानमन्त्रि हुँदा दाहाललाई स्वभावत सुबिधाजनक बहुमत रहेको थियो । त्यसैले उहाँलाई अरु समर्थकहरुको आवश्यकतानै थिएन । दाहाल नेतृत्वको सरकारलाई कसरी टिकाउने र अघि बढाउने भन्ने चिन्ता एमाले र त्यसमा पनि सो पार्टीका अध्यक्ष केपी ओलीलाई थियो । बीचमा बताबाट के खेल भयो प्रधानमन्त्रि दाहाल हतार, हतार नेकांका सभापति देउवाको अस्थायी निवास (डेरा) धुम्बराही पुगेर केही मिनेट कुरागर्नु भएकोमात्र थियो, देउवामात्र नभएर सिंगै कांग्रेस पुस २६ गते संसदमा उहाँलाई भनिंदा निशर्त, भित्रभित्र अनेक शर्तकासाथ बिश्वासको मत दिन तयार भयो ।  त्यतिबेला नेकांका संसदीय दलका नेता तथा प्रधानमन्त्रि देउवाले राष्ट्रिय सहमतिको अवस्था सिर्जनागर्नका लागि प्रधानमन्त्रि पदमा दाहाललाई बिश्वासको मत दिएको बताउँदै प्रतिपक्षी दलमै बस्ने बताउनु भएको थियो । त्यसको भोली पल्टैदेखि प्रधानमन्त्रि दाहालले नेपाली कांग्रेसले बिश्वासको मत दिएकोमा आफू ज्यादै गौरवान्वित भएकोभन्दै अब आफूमाथि नेपाली कांग्रेसलाई पनि ब्यवस्थापन गर्नुपर्ने दायित्व थपिएको बताउन थाल्नुभएको थियो । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्रिमा बिश्वासको मत दिनासाथ सो पार्टी निकटका कानूनबिदहरुले अब नेपाली कांग्रेस प्रतिपक्षमा बस्न मिल्दैन, उ पनि सत्ता पक्षनै होभन्ने प्रतिक्रिया दिएको देखिएको थियो । त्यसपछि नेपाली कांग्रेसले यही माघ पाँचगते हुने सभामुखको निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने कि नउठाउने भन्ने निर्णयगर्ने जिम्मेवारी प्रधानमन्त्रि दाहाललाई दिएको बताउन थाल्यो । नेपाली कांग्रेसका उम्मेदवार उठाउनेकि नउठाउने भन्ने जिम्मेवारी कसरी माओवादी केन्द्रका अध्यक्षलाई दिइयोभन्ने यत्रतत्र प्रश्नहरु पनि हुनथाले । नेपाली कांग्रेसकै कतिपय नेताहरुले यसबारे प्रश्न उठाए । त्यसपछि प्रधानमन्त्रि दाहालले पुस १० गते एमालेको समर्थनमा बर्तमान सरकार गठन गरिंदा सभामुख र राष्ट्रपतिका बारेमा कुनै सहमति नभएको बताउँदै अब त्यसको निश्कर्ष आज माघ तीनगते आयोजना हुने सर्बदलीय बैठकलेगर्ने बताउन थाल्नु भयो । पहिलेदेखि हालसम्मनै नेपाली कांग्रेसको चाहना सभामुखभन्दा पनि राष्ट्रपति पदतर्फ आकर्षित भएको देखिएको छ । सोही आकर्षणलेगर्दा पुस १० गते प्रधानमन्त्रि पद गुम्नपुगेको थियो । पछिल्ला दिनमा उसले प्रमुख प्रतिपक्षी दलकारुपमा रहने कुरा पनि उठाउन छाडेको छ । उता एमालेबाट सभामुख पदमा सुवास नेम्बाङलाईनै अगाडि सारिने कुराहरु पनि उठ्नथालेका छन् । उहाँलाई ०७२ को संविधान घोषणागर्दा धर्म निरपेक्षताको प्रावधान थप्ने प्रमुख पात्रकारुपमा चर्चागर्ने गरिंदैआएको छ ।
सभामुख प्रतिपक्षी दलको नेतालाई बनाउनु पर्छभन्दै पूर्बसभामुख रामचन्द्र पौडेललाईनै अगाडि सारियोभने पनि आश्चर्य मान्ने ठाउँ छैन । किनकी उहाँले नेपाली कांग्रेसले प्रधानमन्त्रि पद माओवादी केन्द्रका अध्यक्ष दाहाललाई नदिएर आफ्नो पार्टीले ठूलो गल्ती गरेकोभन्दै आफ्नो पक्षधरता यसअघिनै स्पष्ट गरिसक्नु भएको छ । यद्यपि उहाँको चाहनाभने राष्ट्रपतितिरै बढिमात्रामा रहेको पनि कतिपय भनाई र चलखेलले देखाएका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्रि दाहाललाई बिश्वासको मत दिएलगत्तै पौडेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर आफ्नो भित्री चाहना बताइसक्नु भएको छ । नेपाली कांग्रेस भित्रैबाट पौडेलललाई कुनैपनि पदमा अगाडि बढाउने संभावना नरहेका कारण उहाँका लागि पनि बाम पार्टीहरुको बैशाखीको सख्त आवश्यकता छ । नेपाली कांग्रेसका महामन्त्रि गगन थापाले तीनवटा पार्टीका तीनजना शीर्ष नेताहरुले संसदलाई आफ्नो खेल मैदान बनाएकोभन्दै असन्तुष्ठि जनाउनु भएको छ । कतिपयले यसअघि प्रधानमन्त्रिको दाबेदार भैसक्नु भएका थापा तत्कालका लागि सोहीस्तरको पद सभामुख बन्दा पनि खासै फरक नपर्ने सुझाव पनि दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि दाहालले नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवार उठाउनेकि नउठाउनेभन्ने निर्णय दिएपछि नेकांमा सो निर्णय कार्यान्वयनका लागि निश्चयनै चलचेल शुरु होला । यसै मेसोमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकांका सभापति देउवासँग उहाँकै निवासमा पुगेर छलफल गरिसक्नु भएको छ ।
खासमा बाहिरबाट हेर्दा नेपालको सत्ताको खेलमा नेपालकै पार्टी र तिन्का नेताहरु मुख्य खेलाडीकारुपमा देखिए पनि भित्रभित्र चीन, भारत र अमेरिकाको रोचक खेल रहेको पनि राजनीतिक बिश्लेषकहरुले अनुभव गर्नथालेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि दाहालले पहिलेदेखि हालसम्मनै पार्टीभित्र होस वा सत्ता राजनीतिमा जहिले पनि  तीनचम्के खेलखेल्दै आउनु भएको धेरैले अनुभव गरेका छन् । जहाँ पनि तीनवटा समूह खडा गरेर दुईटालाई जुधाउने र आफू निर्णयक हुने उहाँको खेल हुनेगर्दछ । पार्टीमा पनि जानाजान तीनवटा समूह बनाएर उहाँले राजनीतिलाई सन्तुलनगर्दै र त्यसको धुरीमा आफूलाई राख्न सफलहुँदै आउनु भएको छ । सो खेलमा सामेल नहुनेहरु रिङ आउट हुनेगरेका छन् । मंसिर चारको निर्वाचनपछि बनेको संसद र सरकारमा पनि उहाँले आफूलाई बीचमा राखेर नेपाली कांग्रेस र एमालेका दुईवटा बिपरित धुरी खडा गरिसक्नु भएको छ । यसअघि तत्कालीन नेकपाका तीनजना नेताहरुको तानातान गराउँदा सो पार्टीनै फुटेको थियो । त्यसपछि ०७८ असारमा एमालेलाई प्रतिगामी र नेपाली कांग्रेसलाई अग्रगामी बनाएर खेलेको खेलमा संसदबाट एमसीसी पारित भएको नाटकीय घोषणा गराउन सकिएको थियो । एमालेले धोखा दिएको भन्दै नेपाली कांग्रेससँग मिल्ने र नेकांले धोखा दिएकोभन्दै एमालेसँग मिलेर फाइदा लिने काम ०६३ को राजनीतिक परिवर्तनपछि देखिनै बारम्बार हुँदैआएको छ । तीन चम्के यस्तो अचुक खेल छ, जुन अरुले ढंग पु¥याएर खेल्न सकिरहेका छैनन् । जति चतु¥याई देखाएर खेल खेल्न खोजे पनि दाहालको प्रधानमन्त्रित्व यसअघिका कार्यकाल करिव एकबर्षभन्दा अगाडि जानसकेका थिएनन् । यसपटक एमालेसँग मिलेर अढाई बर्षका लागि तय गरिएको कार्यकाल पनि पछिल्लो खेललेगर्दा त्यही अधिकतम एकबर्षभन्दा अगाडि जालाजस्तो देखिएको छैन ।
नेपालको संसदीय राजनीतिमा कोही कसैको मित्र पनि छैन, शत्रुपनि छैन । नेपालको राजनीति खासगरी ०६३ को परिवर्तनपछि नेकां, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुका बीचमा ‘म्युजिकर चेयर’का रुपमा चल्दै आएको छ । यसअघि नेपाली कांग्रेस र एमालेले मिलेर पनि सरकार नबनाएका होइनन् । मंसिर चारको निर्वाचनले पनि नेकां र एमाले मिलेर आगामी पाँच बर्षसम्म टिक्ने सरकार बनाउ भनेकै थियो । तीन चम्के खेलमा नेपाली कांग्रेसको दुबिधाले गर्दा हालको अवस्था आएको हो । नेकां र एमाले दुबैलाई उचाल्दै पछार्दैगर्ने शक्ति माओवादी केन्द्र भएका कारण अबका दिनमा नेकां र एमालेले मिलेर माओवादी केन्द्रसँग बदला लिने संभावना पनि टड्कारोरुपमा देखिनथालेको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालको सल्लाहमा नेपाली कांग्रेसले संसदमा बिश्वासको मत दिएपनि एमाले र नेकां मिलेर सरकार बनाउने संभावना टरेको छैन । यसरी प्रधानमन्त्रि दाहालले नेपाली कांग्रेसलाई सत्ता गठबन्धनमा हुलेर नेपाली राजनीतिको शान्त बन्दैगएको तलाउमा फेरी तरंग निकाल्ने काम गर्नुभएको छ । कतिपय राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिले यो तरंगलाई छालकारुपमा अगाडि बढाउने प्रयास गरिरहेका छन् । जसले नेपाली राजनीतिमा सुनामीकै रुप धारणगर्न पनि सक्तछ । ०६३ पछि सत्ता र शक्तिमा आएका केही समूहहरुले नेपालको राजनीतिलाई निरन्तर धमिल्याएर विदेशीहरुलाई खेल्न जहज बनाउने प्रयासगर्दा देशको अवस्थासमेत अत्यन्त नाजुक भएको छ । अब यसलाई सन्तुलनगर्नका लागि ब्यवस्थामै सुधार होइन परिवर्तन नगरिनहुने अवस्था सिर्जना भएको छ । आफू चढेको डुंगामा चढनासाथ प्वालपार्न थालिहाल्ने प्रबृत्तिले गर्दा बर्तमान सरकारलाई फेरी चौबाटोमा पु¥याएको धेरैले अनुभवगर्न थालेका छन् छ । यसरी छोटो अवधीमै दुर्घटनाउन्मुख हुँदैगएको नेपालको सत्ता राजनीतिलाई राम राम मात्र भन्न सकिन्छ । कसेले पनि काँद थाप्नसक्ने कुरा होइन । नङ्गा नाँचे हजार दाउ हुन्छ भन्छन्, अब को कसरी नाँच्दा रहेछन् सबैले रोचकताका साथ हेरौं ।