Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चीनविज्ञको धारणा यस्तो छ

११ सोमबार , पौष २०७९२ बर्ष अगाडि

प्रेम सागर पौडेल - नेपाल–चीन पारस्परिक सहयोग समाज - - - -
प्रचण्ड प्रधानमन्त्री बने । पहिलो बधाई भारतीय राजदूतले दिएका छन् । एकलौटी सत्ता कब्जा गर्ने योजना बुनेर अघि बढेको अमेरिका भेउ नपाउने गरि पछारियो । एक हदसम्म भारतीय योजना सफल भएको छ । हेर्नुछ, दाहाल नेतृत्वको सरकारले कसरी ब्यवस्थापन गर्छ ?
यद्यपि नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रको शीतयुद्धको चपेटामा परिसकेको छ । नेपाल दिनप्रतिदिन पश्चिमाको खुनी पञ्जाको पासोमा फस्दै चीन विरोधी अखडा बन्दैछ । खासगरी, अमेरिका, यूरोपियन यूनियन र ईण्डिया पक्ष बलियो देखिएको छ । यीमध्ये पनि यूरो–अमेरिकनहरू सबैभन्दा बलिया छन् । उनीहरूले नेपालको राजनीति, न्यायपालिका, कानून ब्यवसायी, मानवअधिकारवादी, मिडिया, सुरक्षा र जासुसी संयन्त्रमा राम्रो प्रभाव जमाउन सफल छन् । अमेरिकीहरूको लागि शेरबहादुर देउवा, उनकी श्रीमती, विश्वप्रकाश आदि समूह सक्रिय थिए । अब प्रचण्ड गुट भारो–अमेरिकाका लागि सक्रिय हुनेछ । जो जसको पक्षमा भए पनि सबैको एकमात्र उद्देश्य नेपाललाई ईशाइकरण गर्ने र पश्चिमाको आधारभूमि बनाएर चीन टुक्य्राउने नै हो । यसतर्फ दिनप्रतिदिन उनीहरूले सफलतासाथ आफ्ना कदम अगाडि बढाएका छन् ।
नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्षको निष्कर्ष छ– नेपालको सत्ता देशद्रोही र चीन विरोधी शक्तिको नियन्त्रणमा गयो ।
चीनले उचित ध्यान दिएन भने हामी निरन्तर अस्थिरतामा जाकिनेछौं ।
अन्तमा,
नेपालको राजनीतिले युक्रेनको बाटो समात्दैछ । हामी अन्धकार र अशान्त मोडमा प्रवेश गर्दैछौं, बाध्य भएर । अन्तहिन अस्थिर अशान्त र दुखद अवस्था झेल्नुपर्ने देखियो । यो सबैको जिम्मेवारी असफल नेतृत्वका कारणले हो ।
यसकारण मेरो आग्रह छ– हामी प्रो–नेपाली भएर सोचौं ।
हाम्रा नेताले प्रो–नेपाली भएर देश र जनताको हितमा निर्णय गरून् ।
देशलाई उपियाँले जसरी चुसेर खोक्रो बनाएर विदेशीलाई परेड खेल्ने वातावरण बनाउन बन्द गरून् । नेतृत्वको, शासन प्रशासनको निगरानी प्रो नेपाली भएर रहन चाहने आमनागरिकले नै गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ ।