Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

समानुपातिक प्रणालीले दलहरूलाई लज्जित बनायो

०४ सोमबार , पौष २०७९२ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ - 
श्रीमान र श्रीमत, छोरीबुहारी, सम्धि सम्धिनी अथवा गर्लफ्रेण्ड समेत सांसद बन्नुपर्ने । उद्योगी, व्यापारीले उद्योग व्यवसाय होइन, सांसद नै बन्नुपर्ने । पैसाले किनेर भए पनि विभिन्न मुलुकको कन्सुलर बन्नैपर्ने । केही नभए संवैधानिक अङ्ग, राजदूत भए पनि हुनैपर्ने । नेपालको लोकतान्त्रिक राजनीतिको परिदृश्य यही हो ।
हुँदा हुँदा पिछडिएका, विपन्नबर्ग, सिमान्तकृत समुदाय लक्षित गरेर समानुपातिक प्रणाली लागू गरिएकोमा त्यसमा समेत सम्पन्नबर्गकै हालीमुहाली । नैतिकहीनताको पराकाष्ठा नाघ्यो । यस्तो कार्य उच्च बर्गीय मानिएका प्रधानमन्त्री, गृहमन्त्रीले नै गरेका छन् । प्रधानमन्त्री पत्नी डा.आरजु देउवा पिछडीएको महिलाका तर्फबाट र पिछडिएको मधेसी कोटामा विमलेन्द्र निधि, पिछडिएको खसआर्यको कोटामा प्रकाशशरण महतमात्र होइन, सिमान्तकृत महिलाको कोटामा गृहमन्त्रीकी पत्नी मन्जु खाण समानुपातिक सांसद बनेका छन् । योभन्दा संविधानको उल्लंघन के हुनसक्छ ?
जो संविधान बचाउन, संविधान कार्यान्वयन गर्न, प्रतिगमनलाई परास्त गर्न भनेर असैद्धान्तिक गठबन्धन गरिरहेका छन्, तिनको असंवैधानिक र असामाजिक क्रियाकलापले संविधान दिनदिनै समाप्त हुँदै गएको अनुभूति हुनथालेको छ ।
भ्रष्टाचारी माष्टर माइण्ड कसको होला ?
ललिता निवास, इम्बोस्ड नम्बरमात्र होइन, जहाज देखि सेक्युरिटी प्रेस, कोरोनाका किट किन्नेसम्मका भ्रष्टाचार मिलाउने र भ्रष्टाचार छताछुल्ल भएपछि त्यसलाई गुपचुप पारेर छोपछोप पार्नसक्ने माष्टर माइण्ड कसको होला ?
यति भयानक खुराफाती दिमाग देश विकास, सुशासन र विधिको शासनका लागि प्रयोग भइदिएको भए अग्रगमनको अचम्मलाग्दो प्रगति हुनेथियो । तर अदानन खसोगीको जस्तो अपराधमात्र सलबलाउने दिमागलाई मान्नैपर्छ ।
नेपाली सन्दर्भमा अहिलेको सारै मास्टर माइन्डले मिलाएको नीतिगत भ्रस्ट्राचार  ललिता निवाश प्रकरण, इम्बोस्ड नम्बर प्लेट  आदि गज्जब लाग्छन !
नेताहरूका अचम्मलाग्दा उदाहरण
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल माओवादीको ढोकाढोका चहारेर आग्रह गरिरहेका छन्– मलाई प्रधानमन्त्री बन्न सहयोग गरिदिनोस् । तिै रामचन्द्र आफ्नै पार्टीका सभापतिलाई भन्छन्– राष्ट्रपति भए पनि बनाइदिनोस् । आफै त महादेव उत्तानो, कसले देला बर भनेझैं रामचन्द्र पौडेलले प्रधानमन्त्री अथवा राष्ट्रपति पदमा मलाई सहयोग गर्नोस् भनेर माधव नेपाललाई समेत गुहारेका छन् ।
गोरखाको चुनावक्षेत्र छाडेका डा.बाबुराम भट्टराईलाई प्रचण्डले राष्ट्रपति बनाउने बचन दिइसकेका रहेछन् । उता उपराष्ट्रपति नन्दबहादुर पुनदेखि पूर्वसभामुख अग्नि सापकोटा पनि राष्ट्रपति बन्न दौडादौड गरिरहेका छन् । स्वयम् प्रचण्ड के हुन्छन् ? भाषणमा भनिरहेका छन्– अबको प्रधानमन्त्री मै हुँ । माओवादी अहिले पनि राजनीतिको केन्द्रमै छ । हो, ०६३ सालको परिवर्तनपछि केन्द्रमा भएको माओवादी पूर्णबहुमतबाट ३२ सिटमा झरेको छ । यही हालत हुने भने सम्भवतः सत्ता झगडाका कारण २ वर्षपछि नै हुनसक्ने मध्यावधिमा माओवादी यसको आधामा घट्नसक्छ ।
यता नेकपा स का अध्यक्ष माधव नेपाल आलोपालो एकवर्ष भए पनि प्रधानमन्त्री दिनुपर्छ भनेर प्रचण्डसँग कानेखुशी गरिरहेकै देखिन्छन् । राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा स को फुर्ति अझै घटेको छैन । प्रधानमन्त्री बन्न गगन थापा मच्चिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई अदालत पु¥याइएको छ ।