Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अब पश्चाताप गर्ने हो नेपालीले

२६ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

शाश्वत शर्मा - -
चुनावअघि भरत दाहालले भनेका थिए– अमेरिका नेपालमा कुनै नयाँ दल खोलाउँदैछ । नभन्दै रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोले । नभन्दै यो दलले पुराना र स्थापित दल र नेताको पसिना कढाइदिए । त्यसो त यो दलको सिद्धान्त, नीति, लक्ष्य केही स्पष्ट छैन । अझ गाउँपालिकासम्म कुनै संगठनको स्वरूप पनि छैन । तर पनि के के न गरेका छौं भन्नेहरूलाई यो पार्टीले देखाइदियो ।  रवि लामिछानेले ०४६ सालपछि र ०६३ सालदेखि देश हाँक्दै आएका कांग्रेस, एमाले र माओवादीप्रति नेपाली जनताको बितृष्ण प्रकट भयो भनेर बुझ्नुपर्छ । अहिलेसम्म देश हाँकेका दलहरूको भ्रष्टाचार, राष्ट्रघात र देश अनि जनताप्रतिको उदासिनता नै यो पार्टीले पाएको जनमत हो । पालिका चुनावमा राजधानीको मेयरमा बालेन्द्र साहले जितेपछि जनता विद्रोही मूडमा देखिएका थिए । यसैको परिणाम हो, संगठनको कुनै आधार नै नभएका रवि लामिछानेको पार्टीलाई कहाँबाट कहाँ कहाँ पु¥याइदियो ।
हुन त कांग्रेसका नेता शशांक कोइराला भन्छन्– रवि लामिछाने पञ्चायतका नानीमैयाँ दाहाल जस्तै हुन् । यस्तै विचार एमाले अध्यक्ष केपी ओलीको छ । रवि भनेका नेपालका युक्रेनी राष्ट्रपति जेलिन्स्की जसरी एक्कासी माथि पु¥याइयो । जेलेन्स्कीले पनि चुनाव अघि दल खोलेका थिए, रविले पनि । रविले भारतीय विस्तारवाद र हस्तक्षेपको कडा विरोध गरे पनि त्यो देखावटीमात्र हो । भरत गिरी नामका इसाई जगतका चर्चित लेखक एवम् कृश्चियन महासंघकार जागृति चर्चका वरिष्ठ पास्टरले रवि छामिछाने इसाईका प्रतिनिधि पात्रका रूपमा संसद छिरेका हुन् भनेर बम फोडेका छन् । उनका अनुसार नेपालमा ३० लाख क्रिश्चियन छन् । जनआन्दोलनको अवधिमा ३ लाख थिए, अहिले ३० लाख भइसके । यस्तै हो भने छिटै नेपालबाट बुद्धिष्ट र हिन्दुको संख्या अल्पमतमा पर्नेछ । जनयुद्धको अर्को लक्ष्य नेपाललाई इसाईकरण गर्नु नै थियो त ? त्यसो त कांग्रेसभित्र गगन थापाहरू बलिया इसाईका खम्बा हुन् । एमालेका आइएनजीओहरू खानी नै हुन् । कतिपयले जनयुद्धलाई लिएर अघि अघि बन्दुक, पछि पछि बाइबल भनेर व्यङ्ग गर्ने गरे । अर्थात् दुर्दिनहरू सुरू भइसके । राजतन्त्रलाई बिस्थापन गरेर गणतन्त्र ल्यायौं भन्नेहरू हिन्दुधर्म मासेर इसाईकरण बढेकोमा ध्यान दिउन् । सबैले देखेका छन्, गाउँदेखि सहरसम्म चर्चहरू बढेका छन् । तिनका पर्वहरूमा नेताजीहरू सगर्व प्रस्तुत हुन्छन् । राष्ट्रनिर्माताको जयन्तीमा बिदा हुँदैन, क्रिसमसका दिन बिदा दिइनुले पनि राजनीति बुझ्न सकिन्छ । क्रिसमसलाई राष्ट्रिय पर्वजस्ता मान्नु आपत्तिजनक छ । पाठ्यपुस्तकमा र व्यवहारमा पश्चिमा संस्कार जसरी लादिदैछ । लोभलालचदेखि अनेक तरिकाले धर्मान्तरण जो तीब्र रूपमा गरिदैछ, यो नेपाल र छिमेकीका लागि समेत खतराको घण्टी बजेको हो । अझै नसुन्नु दुर्भाग्य हो । यही खतराको घण्टी बजाउँदै रवि लामिछाने संसद छिरेको तर्क सर्वत्र सुनिन्छ ।
खासमा नेपाली जनता गल्तीमाथि गल्ती दोहो¥याइरहेका छन् । स्थापित पार्टीहरू आफ्नो भ्रष्ट चरित्र सुधार्ने कुनै लक्ष्यण देखाइरहेका छैनन् । गत दशैंमा पूर्वराजाले दिएको शुभकामना सन्देशमा अव राजनीतिको कोर्स परिवर्तन हुने कुरा बताउनु भएको थियो । नेपालीले त्यो सन्देश सुनेर उडाइदिए । राजाले चुनावका माध्यमबाट बिकृतिमा करेक्शन होस् भन्ने उद्देश्य थियो । उद्देश्य बुझेनन्, घण्टीको आवाज सुने । कहिले आउने हो हामी नेपालीलाई चेत ? भ्रष्टाचार र राष्ट्रघातको पक्षमा बोल्यो भन्दैमा इसाईकरण नबुझ्दा यसको परिणाम भयावह हुनसक्छ । भोलि रवि लामिछानेले बोलेको भन्दा पृथक काम गर्छन्, यो निश्चित छ किनकि अहिले नै उनीमाथि अनेक प्रश्नहरू उठेका छन् र प्रश्न अनुत्तरित छन् । एउटा राप्रपा छ, त्यसको गुदी र हुती समानुपातिक चयनमै देखिइसक्यो, युवा नेतृत्वले गर्छचाहिं के ? हेर्दै जानुपर्छ आगे आगे होता है क्या ? यद्यपि राप्रपाले राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा छाडेको छैन, अब परीक्षा सुरूभएको छ ।
राजतन्त्र, हिन्दुराष्ट्र, संघीयताको खारेजी हुनुपर्छ भनेर राप्रपाले बोल्यो तर राप्रपाभन्दा ठूलो पार्टी रवि लामिछानेको भयो । भ्रष्टाचारमा गनाएको, राष्ट्रघातमा माहिर कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी जनताले नै बनाए । अनेक भ्रष्टाचार काण्डमा मुछिएको एमाले दोस्रो ठूलो पार्टी बनेको छ । ५ हजारको हत्याको जिम्मेवारी लिन्छु भन्ने प्रचण्ड गोर्खाबाट प्रचण्ड बहुमतले जिते, नेकपा माओवादी तेस्रो ठूलो पार्टी बनेको छ । यद्यपि राप्रपाले जे जति जितेको छ, त्यो अर्थपूर्ण जित हो । केही नयाँ युवाहरूआउनु जनताको चेतको परिणाम हो । यद्यपि जनताप्रति जिम्मेवार र जवाफदेही नेता खोज्नुपर्ने थियो, त्यसमा जनताले सांकेतिकमात्र सन्देश दिए । राजतन्त्र, हिन्दुराष्ट्र, संघीयताको खारेजी जनताले चाहेको देखिन्छ ।
तर, जनताले परिवर्तन गरिहाल्न चाहेनन् । मत बढी, विजयी हुनेहरू गणतन्त्रवादी, धर्मान्तरणवादी, राष्ट्रघाती, संघीयतावादीमा दरिएकाहरूले नै पाएका छन् । कस्तो बिडम्बना । शायद, जनताको सहने र उही खोपिएका बदमासी गर्नेहरूलाई नै जिताउने क्रियाकलाप गलत प्रवृत्ति हो । विद्रोह गरेजस्तो गर्ने, विद्रोही मत दिन नसक्ने जनताको मनस्थिति देखियो । यस्तै दोधारे जनसोच बुझेर होला मुलुक बचाउन अघि नसरेका । नेपाली यस्तै हुन् भन्ने बुझेका छन् पूर्वराजाले । चुनाव परिणाम आइसक्यो, मिलजुलीका नाममा सेटिङ र भाग शान्ति जय नेपालको शासन टुलुटुलु हेर्नु र पछुताउनु बाहेक जनता के गर्न सक्छन् र ?