Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मुलुक हार्ने चुनाव !

०५ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

shaswot sharma--

मंसिर ४ गते आमचुनाव बेहोरियो । जनतामा उत्साह देखिएन, तर चुनाव भयो । अर्वौं खर्च गरेर सम्पन्न यो चुनावको उपलव्धि के हो ? यो चुनाव भनेको एकथरिको सुखद भविष्यको सुनिश्चितता बाहेक आमजनताले पाउने उही कष्ट, उही पीडा, उही करबृद्धि न हो । चुनाव हुनु भनेको स्वइच्छा, स्वच्छ हुनसकेन । मनी, माइण्ड र मसलले बढी काम गरेको देखियो । जनता तर्साएर र स्वविवेकले मतदान गर्न नपाउने पनि चुनाव हुन्छ र ? जेमन्त गर्नकै लागि विद्युतीय मतदान कसैले मानेनन् । यसको अर्थ, चुनावमा धाँधली । नतिजा उही जनताले घृणा गरेका, सडेगलेकालाई सिंहदरवार, शितलनिवास पु¥याउनु हो ।
जनतामा अझै केही हुन्छ कि ? नेता सुध्रिन्छन् र राजनीतिलाई व्यवसाय बनाउँदैनन् कि ? भन्ने आशा देखिन्छ । निश्चित छ, जुन प्रकारका चुनाव प्रचार र चुनावी वातावरण देखियो, मतगणनापछि तिनैले सरकार बनाउने छन् र जनताले पाउने निराशा नै हुनेछ । अर्थात् यो संविधान नै मुलुकअनुकूल छैन । यो संविधानबाट जुन प्रकारका नेतृत्व आउनेछ, ती पनि, जनविरोधी, राष्ट्रविरोधी नै हुनेछन् ।
विकल्प थिएन, तैपनि जनताले मतदान गरे । चुनाव हुनै नदिन आन्दोलन गर्नुपर्ने, नभए फलरहित ुचनावलाई बहिष्कार गर्नुपर्ने । नेपाली जनता यति सरल छन् कि अझै केही होला कि भनेर चुनावमा सहभागीता जनाए । यिनले राम्रालाई जिताए हुन्थ्यो, राम्रालाई भ्रष्टहरूले जसरी पनि हराउने चुनाव न हो यो । कहिले दासत्व नदेखेका र नभोगेका नेपालीमा मुलुक र आफ्नै अस्तित्वप्रति पनि चेत नखुलेको देखियो । भ्रष्ट नेताले जनतालाई पनि भ्रष्ट बनाइसके । जनतामा चेत छ, बुझेका छन्, सही र गलत पनि छुट्याउन सक्छन् । तर गलतलाई नै पटक पटक मौका दिएको देख्दा लाग्छ, जनता आफ्नै घुँडामा बन्चरो हानिरहेका छन् ।
मत परिणाम आइसकेपछि देखिनेछ, यी नेताहरूको आचरण र गतिविधिबारे यिनै मतदाताले आलोचना गर्नेछन् । पछुताउने छन् । चुनाव सफल बनाइसकेपछि विस्मात गरेर के हुन्छ र ? हातको गुमाएपछि भुइँमा खसेको टिप्न खोजेर सकिने छैन किनकि रिकलको व्यवस्था गरिएको छैन । एकपल्ट जितेको नेता ५ वर्षसम्म यिनै जनतालाई शोषण गर्न अग्रसर हुनेछन् । अब देख्न पाइनेछ, सत्ताको लुछाचुँडी, एकदोस्रामाथि गालीगलौज । सिद्धान्त, नीति विहीन गठबन्धनबाट हुने भ्रष्टाचार नै हो । जनता प्रचण्ड, देउवा, ओली, माधवमै रूमल्लिएको देखियो यसपाली पनि ।
०४६ सालपछि भ्रष्टाचार बढ्यो । ०६३ सालपछि पनि भ्रष्टाचार बढ्यो । देश कमजोर भयो, जनताले दुःख पाए । यी नेताहरूबाट केही हुँदैन भन्ने चेत जनतामा आउनुपर्छ, तवमात्र वर्तमान र भावी नेतृत्व सुध्रिनेछ । हो, जित्लान्, केही आशलाग्दा नेताहरू जन्मिएलान् तर तिनले निर्णायकत्व लिन सक्नेछैनन्, गर्न केही सक्ने छैनन् । मनको बह मनमा राख्ने होइन, विद्रोह गर्नसक्नुपर्छ । एक बुद्धिजीवीले लेखेका छन्– मंसिर ४ पछि फेरि पनि कोही हार्छ भने देश र जनताले हार्नेछन्, बाँकी सबैले जित्नेछन् । यो सत्य नेपाली जनताले बुझ्ने कहिले ?
मौन अवधिमा पैसा बाँड्दै गर्दा उमेदवार नै पक्राउ परे, भारतबाट बाकसका बाकस फर्जी मतपत्र र स्वस्तिक छाप भेटियो । तैपनि चुनाव स्वच्छ र निष्पक्ष मात्र होइन, धाँधलीरहित हुन्छ भन्ने प्रचार भइरहेकै छ । यस्तै प्रकरणबाट आएकालाई जनताले आफ्नो प्रतिनिधि मानिदिनुपर्ने । यिनैबाट देशको समृद्धि र शान्ति हुने विश्वास लिनुपर्ने । अचम्म छ । प्रष्ट भए हुन्छ, यस्तो चुनावी नाटकबाट मुलुक अझ रसातलतिर भासिनेछ । अराजकता अझ बढ्नेछ, जनतलो दुःख पाउनेछन् । भीरमा पुगिसकेको मुलुक बचाउने कोही नभएपछि कृष्णभीरको पहिरो झैं खस्छ खस्छ । केही आपत प¥यो कि अफगानिस्तानका शासक भागेझैं भाग्ने छन् यो नेतृत्व । बाँकी हरनेछन् जनता जसले महगो मूल्य चुकाएर यही थाँतथलोमा मर्नुबाँच्नु पर्नेछ ।
चुनाव बहिष्कार गरेको छ विप्लव माओवादीले । केही ठाउँमा प्रेसर कुकर बम राखेर बहिष्कार हुने थियो र ? हो, जनताको ध्यान आफूतिर तानेर चर्चा बटुल्न सफल भयो । तर विप्लवको बहिष्कारले माखो पनि तर्सिएन । त्यो हर्कत फगत नाट थियो, नाटक सावित भयो । बम पड्काएर चुनाव रोकिन्न भन्ने बुझेनन् । गलत बाटोबाट हिडेपछि लक्ष्य पुगिन्न । गलत बाटो रोक्ने कसले ? एउटा पनि पार्टी वा नेता सही बाटोमा आएको देखिन्न । अनि कसरी लक्ष्यमा पुगिन्छ । सुशासन र जनताप्रति जावफदेही शासनव्यवस्थामा पुगिन्छ । बुझेका छन् नेता र जनता दुबैले तर जनता सहनशील भइदिंदा नेताले हेप्नुसम्म हेपे, हेपिरहेका छन् ।
कोही त निस्कनुपर्छ गलतलाई गलत भन्न । भ्रष्टलाई कारवाही गर्न । ०४६ सालपछिका भ्रष्टहरूको सम्पत्ति लेखाजोखा गर्न । जो राजनीतिमात्र गर्छ ती अर्व पछि छन् । जो तलवजीवी छन्, ती पनि अर्वपति छन् । जो दलाली गरेर हिड्छन्, ती पनि अर्वपछि छन् । जो स्वाभिमान र आत्मनिरर्भर भएर बाँच्न चाहन्छन्, ती गरीवभन्दा गरीब हुँदैछन् । हातमुख जोर्न परिवारजनलाई छाडेर विदेशीन बाध्य छन् । विदेशीन बाध्य पार्ने तत्व यिनै हुन् । यिनलाई पाता फर्काउने कहिले कसले ? यही प्रश्नमा चुनाव हुनुपथ्र्यो, नेतृत्व चयन हुनुपथ्र्यो र स्वच्छता ल्याउनुपथ्र्यो । तर..