भाष्करराज कर्णिकार–
उद्यमशीलताको मुलश्रोत उद्योग ब्यबसायको शृजना हो ÷ र यही बाट प्रारम्भ हुने उद्यमको मूलआधार लगानीको सुनिस्चितता हो ÷ यहि जोडिन्छ , उद्योगी ब्यबसाही र बैकको औद्योगिक ब्यापारिक साझेदारी ÷ अनि यहि साझेदारीले एउटा उद्यम र एउटा ब्यबसायले सफल गन्तब्य भेट्छ ÷ तर नेपालको उद्योग ब्यबसाय र बैकको लगानी एउटा साझेदारी भन्दा पनि ‘जमिन्दारी प्रथा’ को निरन्तरता जस्तो बन्दै जानु नेपाली अर्थतन्त्रको लागि सुखद पक्ष हिजो पनि थिएन, आज पनि होइन र भोलिको लागि त यो ‘दुखद’ अन्तको संकेत हो ÷
बिभिन्न कालखण्डमा बैंकले जब आर्थिक बाताबरण अप्ठ्यारोमा पर्दा औद्योगिक ब्यब्साहिक सम्बन्धलाइ न ब्यबसाहिक दृष्टिकोण दिनसकेको छ , न साझेदार बन्न सकेको छ ÷ यो कटु सत्य तितो त छ तर यथार्थ हो ÷ हिजो भुकम्पको मार नेपाली उद्योगी ब्यबसाहीले कसरि झेले ? समझदा पनि कहाली लाग्दो छ÷मावोबादी द्वन्दकाल, भूकम्प, नाकाबन्दी , कोरोना–काल अनि यो आर्थिक मन्दी, यस्तो तरल अवस्थाहरूमा साझेदार भनिने बैंकले देखाएको व्यवहारले उद्योगी ब्यबसाहीहरू आक्रान्त बनेका छन् ÷ र दुखि अनि क्रोधित पनि छन् ÷ कालान्तरमा यसले बैंक र उद्योगी बिचको सम्बन्ध इमान्दार र ब्यब्साहिक रहिरहन सक्दैन÷ एउटा ब्यबसाहिक साझेदारले सहज अवस्थामा लाभ लिने जोखिम बढेपछि अप्ठ्यारो पार्ने र अर्को पक्षको अस्तित्व नै सिध्याउने यो बाताबरण प्रति सजक बन्नै पर्छ ÷ अन्यथा उद्योग ब्यबसाय नै नरहे बैंक र बैकिङ्ग कारोबार एकलै कसरी रहला र ? अनि बैकलाइ अनुगमनको नाममा नियन्त्रण गर्ने राष्ट्र बैंकमा जनताले धावा बोल्ने दिन न आउला भन्न सकिन्न ÷ सबैलाई चेतना भया ।
नोट ः उद्योगी व्यापारीक संस्थाले बैंक तथा बित्तीय था बिरूद्ध माइतीघरमा प्रदर्शन गर्नुपर्ने दिनको सिर्जना कसले ग¥यो ? माइतीघरले पनि कसकसका बोझलाई धानोस्, बेहोरोस् ? स्मरणीय के पनि छ भने अधिकांश बैंक बित्तीय संस्थामा स्वामित्व ठूला उद्योगी ब्यबसायी घरानाकै छन् । तर उद्यमी आन्दोलित हुनुपर्ने अवस्था आयो । यति हुँदा पनि नेपाल राष्ट्र बैंकले सही नीति लागू गराएन ।
जो सही उद्यमी छन्, उनीहरूको माँग छ, बैंकले मुनाफा कमाउने, बैंकको मुनाफा नघटोस् । उद्यमीलाई चाहिएका बेलामा ऋण मिलोस्, ऋण लिएका उद्यमीले तिर्नुपर्ने ब्याज क्यापिटल कष्ट भन्दा कम होस् । यो माग छलफलबाट गर्न सकिन्छ ।