Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाललाई भूराजनीतिको मैदान नबनाऔं ः भण्डारी

३१ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

काठमाडौँ । केशर बहादुर भण्डारी सुरक्षामामिलाका ज्ञाता मानिन्छन् । उनी सरकारले बाटो बिराएको, नेतृत्व दिग्भ्रमित भएको लागेमा बेला बेलामा झकझक्याउने काम गर्नुहुन्छ । एउटा सचेत र अनुभवीको भूमिका बखुबी निभाउने भण्डारीले फेरि एकपल्ट सबैले सुन्नेगरी भनेका छन्– नेपाललाई भूराजनीतिको मैदान नबनाऔं ।
 समाचारअनुसार अवकाशप्राप्त सहायक रथी डा. केशरबहादुर भण्डारीले राष्ट्रिय सुरक्षा नीति र चुनौतीसम्बन्धी पुस्तक तयार पारेका छन् । भण्डारीले आफ्नो ‘ल्बतष्यलब िक्भअगचष्तथ बलम तजभ कतबतभ ब् ायअगक यल ल्भउब’ि नामक पुस्तकमा राष्ट्रिय सुरक्षा नीति र यसका चुनौतीको बिषयबस्तुलाई केन्द्रमा राखेर लेखेका छन् । यो पुस्तक सत्तामा रहेका, जान चाहने र नागरिक समाजका लागि साह्रै उपयोगी भनेर चर्चा भइरहेछ ।
अनलाइन देश सञ्चारसँग कुरा गर्दै लेखक डा.भण्डारीले गरेको भिडियो अन्तर्वार्ताका केही अंशहरू यस्ता रहेका छन्, जुन विचारोत्तेजक पनि छन् ।
राष्ट्रिय सुरक्षा बलियो बनाउन खुला सीमाहरू बन्द गर्नुपर्छ ? भन्ने प्रश्नमा जवाफ छ– नेपाल र भारतबीचको हालको सीमानालाई खुला भनिए पनि त्यो अनियन्त्रित सीमाना हो । अनियन्त्रित सीमाको कारण असुरक्षा बढेको छ । सीमा, राष्ट्रिय सुरक्षाको नीति एउटा सानो अंश मात्रै हो ।
राष्ट्रिय सुरक्षा नीति भनेको बृहत् सुरक्षा नीति हो । राष्ट्रिय सुरक्षासँग अर्थ, कूटनीति, राजनीति, जनसंख्या, हक, हित,अस्तित्व, स्वार्थ, चासो सबै कुराहरू जोडिएको हुन्छ । राष्ट्रिय राजनीतिक सुरक्षा सबैभन्दा महत्वपूर्ण छ ।
राष्ट्रिय सुरक्षा नीति बनाउँदा नेपाल शक्ति राष्ट्रहरूको छायाँमा परेको हो ? भन्ने सम्बन्धमा भण्डारी भन्छन्– शक्ति राष्ट्रले आफ्नो प्रभाव देखाउन खोज्नु प्राकृतिक नियम नै हो। सम्पन्न राष्ट्रले कमजोरलाई प्रभावमा पार्न खोज्नु पनि सामान्य नै हो । बलिया देशहरूले विश्वलाई नै प्रभावमा पार्न खोज्छन्। यस्तोमा सानो राष्ट्र कसरी जोगिने? त्यो सानो राष्ट्रको चुनौती हो। राज्य व्यवस्था सञ्चालनको क्षमता भनेको पनि यसलाई मिलाउन जान्नु हो ।
यस्तोमा जोगिँदाखेरि कुनै छिमेकीको पनि पक्ष–विपक्षमा उभिन मिल्दैन। नेपालले चीन र भारत दुवै राष्ट्रसँग सन्तुलित सम्बन्ध बनाउन सक्नुपर्छ । यसको सन्तुलन राज्य सञ्चालकले मिलाउनु पर्छ ।
दुई छिमेकी देश चीन र भारत तथा अन्य शक्ति राष्ट्रसँग नेपालले प्रष्टसँग आफ्नो मुलुकको एजेन्डा राख्नै सक्दैन, यसमा हाम्रै कमजोरी हो कि ? भन्दा भण्डारीको विश्लेषण छ– नेपालले भारत, चीन, अमेरिकालगायत राष्ट्रसँग प्रष्टसँग आफ्ना मुलुकका बिषयबस्तु भन्न नसक्नु हाम्रै कमजोरी हो ।
नेपाललाई अनुकूल हुने गरी, राष्ट्रिय चासोका विषयअनुसार नेपालले कुरै गर्न सक्दैन। सरकार सञ्चालन गरिरहेको राजनीतिक दलले सत्ता टिकाउन जे पनि सम्झौता र सहमति गर्दै आएका छन्। यसले ठूलो राष्ट्रिय घात भइरहेको छ । राष्ट्रको नेतृत्वकर्ताले विज्ञ राखेर छलफल गर्ने संस्कारको विकास हुन सकेन। नेताहरूले मनपरि सम्झौता र सहमति गरेका छन् । राष्ट्रिय सुरक्षा नीतिको सबैभन्दा ठूलो सुरक्षा भनेको राजनीतिक सुरक्षा हो । राजनीतिक संस्कार सुध्रनु जरूरी छ । राजनीतिक सुरक्षा भनेको संविधान हो। संविधानपछि हामीकहाँ स्थापित मूल्य मान्यताहरू हुन् । यिनको पालना र कार्यन्वयनमा दलहरू चुक्नु हुँदैन। यसलाई जगेर्ना गर्नुको साथै हुबहु पालना गर्नु राजनीतिक सुरक्षा हो ।
संविधानपछि मुलुकको दोस्रो महत्वपूर्ण राष्ट्रिय दस्तावेज भनेको राष्ट्रिय नीति हो। यसको निर्माण र कार्यन्वयनमा दलहरू चुकेका छन् । राजनीतिमा एक जना व्यक्तिको स्वार्थको लागि राष्ट्रिय सुरक्षा नै गायब गर्ने काम भइरहेको छ । चीन भारत र अमेरिकालाई हामीले नेपालमा खेल्न दिनु हुँदैन । सेनाका सम्बन्धमा भण्डारीको तर्क छ– सुरक्षाको विषय उठ्नेबित्तिकै सेनाको मात्रै जिम्मेवारी जसरी हेरिन्छ तर नेपाली सेनाको भूमिका १५ देखि २० प्रतिशतसम्म मात्रै हुन्छ ।
राष्ट्रिय सुरक्षा नीतिका अन्य चिजहरू ८० प्रतिशत त अन्य चिजहरू पर्छन् । राष्ट्रिय सुरक्षा नीतिले नसमेट्ने कुनै विषय छैन। थाहा नभएर हुन सक्छ, सेना र पुलिसलाई मात्रै राष्ट्रय सुरक्षाको जिम्मेवारी भएकोजस्तो गरिन्छ । नेपालमा सेना परिचालन गर्न भारतले रोकेको दाबी भारतले नै गरेको थियो । नेपालमा सेना परिचालन गरेर नेपालीलाई मार्ने भन्ने इच्छा राजाको पनि थिएन, जनताको पनि थिएन । राजाले पनि परिचालन गर्न खोजेका थिएनन् भने सेना पनि परिचालित हुन खोजेका थिएन । सेनाले चाहेको भए राजा पनि जाँदैनथे ।