डा.शास्त्रदत्त पन्त - -
१ राष्ट्रियताका सबै पहलु मजबुत नभैकन कुनै मुलुकको पनि उन्नति हुन सक्तैन । राष्ट्रियता मजबुत नभइ प्रजातन्त्र र मानब अधिकार मजबुत हुन सक्दैन । राष्ट्रियता हाम्रो शदिऔंको आधार हो, प्रजातन्त्र हाम्रो सामजिक शैली हो । प्रजातन्त्रको जस्तै राष्ट्रियताको बिकल्प हुदैन । राष्ट्रियता खेत हो, प्रजातन्त्र बाली हो । यतिखेर हामीले खेतलाइ गौण ध्यान दिएका छौं बालीलाइ प्राथमिक । गौण बिषयलाई अगाडि प्रस्तुत गरेर मूल बिषय बिर्षियो भन्ने हाम्रो चिन्ता हो । यही कुरालाई उजागर गर्न राष्ट्रबादी चेतना बढाउने ध्येयले यो पुस्तक लेखिएको हो । यसले मुलुकमा राष्ट्रियता बलियो बनाउने आन्दोलनलाई सघाउने छ ।
२.इण्डिया स्वतन्त्र हुँदा सेता अग्रेजले इण्डियनलाई कालाअग्रेज बनाएर मात्र छाडेका थिए । काला अग्रेजले फुटाऊ र हत्याऊनीति छिमेकीमा लदाए, सदा स्वतन्त्र सार्बभौम नेपाल पनि त्यसनीतिबाट प्रभावित भयो । फलतः नेपाललाई जातवातीमा बिभाजन गराइयो, पहाडी मदेशी र हिमाली भन्ने भावना ल्याइयो, संघात्मकता लदाइयो, धर्मनिरपेक्ष बनाइयायो, आर्य र मंगोलको बिभेद गराइयो । यी कारणले अनेकतामा एकताका रूपमा रहेको नेपाल आज छिन्नभिन्न, कमजोर र बिपन्न हुँदै गएको छ । अन्न निर्यात गर्ने नेपाल आज आयात गर्ने भएकोछ, आत्मनिर्भर नेपाल परनिर्भर भएकोछ । असामी लगाउने नेपाल ऋण बोक्ने भएको छ । यी सबैखाले बिकारबाट पार पाउन नेपाली राष्ट्रियता जोगाउनु पहिलो कर्तब्य हुन्छ । नेपालीमात्रको एकता नभैकन राष्ट्रियता जोगिदैन । एकता र अपनत्वपन पहिलो आवस्यकता हो । नेपालको शिक्षाले नेपाललाई सही ज्ञान दिन नसकेकोले पनि यसो भएकोछ । त्यहि अभाव यो पुस्तकले परिपुर्ति गर्ने आशा लिएको छु ।
३.आज नेपालका सबै दल भारतमुखी, नास्तिक र गोरा महान भन्ने भावनाले प्रेरित छन् । तिनले धर्म र मजहब छुट्टयाउन सक्तैनन्, समाजबाद र भौतिक उपभोक्ताबादको अन्तर बोध जान्देनन् । हरेक देशलाई त्यस देशको अनुहार अनुसारको शासन व्यवस्था त्यसै देशका जनताले बनाउनु पर्ने बोध गर्देनन् । लिड्केमेसोमा बिदेशबाट आयात गर्दछन् । त्यसकारण पनि नेपाली राष्ट्रबादको स्पष्ट एजेण्डा बन्नु पर्दछ, त्यसमा बार्ताहुनु पर्छ, नेपाली राष्ट्रबादको एउटै परिभाषा बन्नु पर्दछ; त्यसको परिणामले मात्र राष्ट्रियस्वार्थ र स्वभिमान कायम हुन्छ भन्ने हेतुले यो पुस्तक लेखिएको हो । यसै आधारमा आम जनताको शान्तिपूर्ण जीवन यापन गर्ने चाहना पुरा हुन्छ भन्ने लेखकले ठानेको छ ।
४. बिदेशीको स्वार्थकोलागि नेकाँले आफ्नै मुलुकबिरूद्ध दुइपटक सशस्त्र युद्ध ग¥यो; एकदलीय शासनमा विश्वास गर्ने एमालेले निर्दल नामको एकदलीय व्यवस्था बिरूद्ध बाल युवायुवतीलाई गिडेर आतंककारी दानवी काम ग¥यो । बहुदलीय व्यवस्था आइ सकेपछि वाक प्रकाशनको स्वतन्त्रता छँदाछँदै माओबादी नामको अर्काे साम्यबादी दलले बिदेशीभूमि र सहयोगबाट दशबर्ष आतंक मच्चाई रह्यो । त्यसले २२ हजार जति सर्ब साधारण मानिस मारिए, २५ लाख घरपरिबार बिस्थापित भए र कुल उत्पादनशिल जनशक्तिको दुइतिहार्य बिदेश पलायन भयो । नेपाल पूर्णतया तहसनहस भयो । तीशबर्ष लामो यी दलको अस्थिर कुशासनी क्रियाकलापले नेपालका सबै नेपाली राष्ट्रबादी छन् भन्न पाइएन । शासनमा रहेका पक्ष र प्रतिपक्षको एउटै आवाज रह्यो ; साम्यबादी र पुजीबादीको एउटै आवाज रह्यो । किनकि यी दुबै एउटै केन्द्रबाट परिचालित थिए, छन् । नयाँ परिबर्तन पुरानो पापलाई मुक्त गर्न आएको नभएर अपराध थप्न आएको देखियो ।
५.राष्ट्रबादीहरूले अब पनि चुपलागेर बस्ने हो भने थप दुस्परिणम भोग्नु पर्नेछ । मुलुक बिपन्नतम भएर असफल राष्ट्र बन्नेछ, विश्वमा कमाएको नेपालको गौरब र साख नासिनेछ, नेपालीजति छीछीका पात्र बन्नेछन्, शासन शैली निरंकुश भएर जानेछ । बाह्य शक्ति हाबी भएर उनीहरूको निर्देशनमा राज्य चल्नेछ । यस्तो अबस्थामा प्रजातन्त्र र मानव अधिकारको समाप्ति हुन्छ, राष्ट्रियता र स्वाभिमान पनि गुम्दछ । अब एउटा मात्र बिकल्प छ सबै मिलेर भ्रष्ट र अपराधीबाट शासन हुनबाट जोगाउने ; अपराधीसित लड्ने शक्तिको निर्माण गर्ने, एउटा राष्ट्रबादी धारमा सबै नेपाली समाहित हुने । राष्ट्रबादीहरूले आफुलाई निर्दोष साबित गरेर मात्र पुग्दैन, अपराधीबाट हुने शासनलाई पनि अन्तय गर्न‘ पर्दछ ।
६. नेपालको राष्ट्रियता सम्बर्धन गर्न विश्वमै सजिलो देश हो । किनकि यस देशलाई प्रकृतिले सबैभन्दा उत्कृष्ट रूपमा कुँदिदिएको छ । नेपाल प्रकृतिक श्रोत साधनले परिपूण मुलुक हो । यति धेरै श्रोत भएको मुलुक प्राय संसारमा कहिं पनि छैन । यस्का प्राकृतिक श्रोतले यस्लाई आत्म निर्भर, आत्म गौरब र आत्माभिमान गर्ने आँट दिन्छ । यस्का संचालकमा राष्ट्रियताको भावना मात्र भए सबै आधारभूत कुरा याही उत्पादन गर्न सकिन्छ । कसैसंग कहिल्यै हात फैलाउनु पर्दैन, झुक्नु पर्दैन, भाषाधर्म सभ्यता संस्कृति शिक्षा स्वास्थ्य तथा प्रबिधिहरू समेत कसैबाट सापटि लिनु पर्दैन । यसदेशले पुन बसुधैबम कुटुम्बकम बनाउन पनि खुबी राख्दछ ।
७. राष्ट्रियता केबल एउटा कुरामा निर्भर हुदैन । यस्लाई बलियो बनाउन धेरै क्षेत्रमा सुधार चाहिन्छ । दिगो नीति र कार्यक्रमको निर्माण गर्न‘ पर्दछ । संबिधान ऐन कानून नियम बिनियमहरूले आदर्श चरित्रवान, निस्पक्ष, योग्यतम, ज्ञाताबाट सत्ता संचालन हुने पूर्वाधार निर्माण गर्न‘ पर्दछ । असक्षम लोभिपापी प्रवेश नै नहुने वातावरण बनाइनु पर्दछ । धर्मसंस्कार, नीति ज्ञान आचरण र राजनीति तथा प्रशासनका बिच समन्वय कायम हुने हुनुपर्दछ ।
८.आजकल बिदेशीबाट परिचालित समेत नेपालका दलले आफुलाई राष्ट्रबादी भन्न थाले पछि यसको परिभाषा प्रष्ट पार्न‘ आबस्यक भएको छ । राष्ट्रबाद भनेको भू क्षत्रको कुरा मात्र होइन । यो सार्बभौम राज्यका सबै पक्षमा समान रूपले रहेको हुन्छ । त्यसलाई अझ छल्र्याङ्ग्यउन यसका बिभिन्न पहलुलाई पनि केलाउनु पर्ने हुन्छ । त्यसमा ःनेपाली राजनीति परिचालकले बिदेशी दल, संस्था, ब्यक्ति वा राज्यबाट कुनै आर्थिक सहयोग नलिने, बाह्य देशका निर्देशनमा काम नगर्नेे, तर बिदेशीहरूसित समदूरीका आधारमा मैत्री, सदभाब र भ्रातृत्व कायम राख्ने, हुनु पर्दछ । अन्यथा राजनीतिबाट नै सामाजिक अस्तब्यस्तता बढ्ने, आर्थिक स्थिति कमजोड हुदैजाने, देश द्वन्द्वको चपेटामा पर्ने, बिकास संरचना ध्वस्त हुदैजाने, समाजमा भय र त्रास बढ्दैजाने र जन मनोबल गिर्दैजान्छ । अनि उत्पादकत्व घट्दैजान्छ । बिदेशीको प्रभभावमुक्त भएपछि मात्र सबैले सबैको बिचारको कदर गर्ने, एकले अर्काेलाइ शंका र अबिश्वासको भाबनाले नहेर्ने तथा सबैले अ–आफ्ना स्वार्थ र अहंलाई परित्याग गरेर राष्ट्रिय मूलनीतिमा प्रतिबद्ध भएर कर्मयोग गरेमात्र राष्ट्रियता जोगिन्छ ।
आयातित उग्र भौतिक उपभोक्ताबादी आर्थिक पद्धतिले राष्ट्रिय अर्थनीति राष्ट्रको खाँचो अनुकुल हुन दिएको छैन । हाम्रो खाँचो राष्ट्रिय मूल नीतिले निर्धारण गरेको मिश्रित अथवा वैदिक साम्यबादी अर्थतन्त्र हो । उदाहरणर्थ, यस अनुसार राष्ट्रिय श्रोतबाट उत्पादन हुने जल बिद्युत उर्जालाई लागतमोलमा झार्न‘ पर्दछ । बिजुली विश्वमै सस्तो पार्नुपर्छ । पेट्रोलियम बस्तुको आयत घटाउनुपर्छ । उपभोग्य, निर्यातयोग्य बस्तु तथा यातायात क्षेत्रलाई सस्तो र सुलभ बनाउनुपर्छ । हिमालयन राष्ट्रिय निकुञ्जको व्यवस्थाबाट पर्यटन र जडिबुटीको अव्दितीय बिकास गरी लाखौलाई थप रोजगार दिन सकिन्छ , एकै दशकमा जनताको जीवन स्तर उकास्न सकिन्छ । उर्जा, जल तथा अन्य सेवाको सुबिधा दिई उत्पादन सस्तो उत्पादन गरेर विश्वमा प्रतिस्पर्धी हुने बनाउनुपर्छ । अन्तशुल्क वा भ्याटलाई भन्दा आयकरलाई राजस्वको लक्षबनाउनुपर्छ, उद्योगलाई टेवा दिन पारदर्शी बनाउनुपर्छ ।
इतिहास, भूगोल र संस्कृतिसंग मिल्ने बिज्ञानमा आधारित पूर्बीय सभ्यताको धरातलबाट समाजिक बिकास गर्ने ; बर्ग समन्वयका आधारमा सामाजिक सुरक्षा गर्ने तथा शान्ति क्षेत्रका आधारमा राष्ट्रिय सुरक्षाको बिकास गरिनुपर्छ । ब्यबस्थित बस्ती मोडेलमा आधारित शतप्रतिशत नागरिकलाई समान स्तरको शिक्षा प्रदान गरी शत प्रतिशत नागरिकलाई पूर्ण रोजगार दिने रोजगार मुलक एकै पद्धतिमा आधारित शिक्षा पद्धति बनाइनुपर्छ । त्यस्तै संस्कृति, जाति, भाषा, खानपान, रहनसहन, कृषिपद्धति र संस्कारको मौलिकता जोगाइ त्यसको दीगो बिकास गरी पर्यटन समेको बिकास गर्ने दिगो नीति चाहिन्छ ।
९.राष्ट्रियताको बाधक तत्व व्यक्तिको अराष्ट्रिय चरित्र हो । तिनमा रहेको साघुरो सोचको प्रबृत्ति हो, निहित स्वार्थ हो, पक्षपात हो, व्यक्तिबाद हो अनि इर्षा, द्रोह र मोह भावना हो । उँचो चरित्र भएको दलको नेतामा पनि बिदेशीको प्रभावमा जाने स्वभाव छ भने उसमा राष्ट्रभक्ति भाव छ भन्न सकिदैन । बिदेशीमा अध्ययन गरेको व्यक्तिले पनि अगतिला कुराको अनुकरण बाधक हुन्छ । लगाई खबाइदेखि राजनीति प्रशासनमा समेत प्रभाव रहन्छ । यही कारण पञ्चायती कालमा बिदेशबाट डिग्रि हासिल गरेकालाई लोक सेवाको परीक्षमा ५ प्रतिशत अंक घटाउने पद्धति राखिएको थियो । माउत्सेतुङले यस्तो शिक्षित आयात गर्ने पद्धति नै बन्द गरेका थिए र पो आज चीन आफ्नो खुट्टामा खडा छ ।
आयातित राजनीतिमा बिदेशी प्रभाव चर्काे हुन्छ । त्यसमाथि सांसदलाई नै बिदेशीबाट तालीम दिइन्छ भने त्यो राजनीतिमा राष्टभक्तशक्ति हुनै सक्दिैन । प्रशासन पनि घातक हुन्छ । कतिपयले तालीमबाट फर्केपछि दलाली राजनीति गर्न थाल्दछन् ।
दलीय व्यवस्थाको सबैभन्दा ठुलो दोष दलका ने.ताको मौलिक सृजनशिल सोच नहुनु हो । यौटा भौगोलिक वातावरणमा रचना भएको पद्धति अर्कै वातावरणमा सफल हुनै सक्तैन । बेलायतमा कृषि पढेका वा फिनलैण्डमा वन पढेको बिज्ञले नेपालमा सफलता हासिल गर्न सक्तैन । बेलायती दल भारतमा ल्याएर फेरि भारतबाट नेपाल ल्याइएको राजनीति, प्रशासन र अर्थनीतिले नेपालको कल्याण गर्न सक्तैन । भूमद्धेरेखामा उच्च उत्पादकत्व भएको कृषिवस्तुले नेपालमा पनि उच्चतम उत्पादकत्व दिन्छ भन्ने कुरा गलत हो, अराष्ट्रिय पन हो । उच्चतम त्यही भूमिको उपज हुन्छ ।
इण्डियाको राजनीति, प्रशासन इशाई संस्कारबाट निर्मित हो । नेपालमा भारतबाट हैन इण्डियाबाट आयातित हो । यी दुबै देशमा जोजस्ले वैदिक धर्म अधिराज्य हटाए, संघात्मक बनाए, जातीय संघ र आयोग बनाए, धर्मनिरपेक्ष बनाए ती सबैलाई राष्ट्रप्रेमी भन्न सकिदैन । किनकि त्यसबाट धर्म, संस्कार, सभ्यता, आचरण चरित्र, सुशासन, धर्मराज्य सबै एकैसाथ नासिन्छ । ती सबै आततायी र भौतिक उपभोक्ताबादीका मतियार हुन्छन् । तिनीहरूले आततायीलाई जेलमुक्त गर्दछन् र तिनैलाई चुनाबमा जिताएर थप संरक्षण गर्दछन् । चुनाव जनमतबाट नभएर धनबल र बाहुबलबाट जितिन्छ । त्यस्ताले धर्मका आदर्शलाई पैतालामुनि च्याप्तै जान्छन् । तिनको राजनीति पश्चिमाकोे ह्विपमा परिचालित छ । यसो भइरहने हो भने पर्सियन, बेबीलोनियन, इजिप्टियन, अफ्रिकी, रेडइण्डियन, एबोरिजनलको सभ्यता सरह धर्मबाट परिचालित वैदिक सभ्यता पनि मासिने छ । सारा विश्व भौतिक उपभोक्ताबादको उग्र सामन्त र शोषणबाट दमित हुनेछ । विश्व दानव,दैत्य, अशुर र राक्षस प्रबृत्तिले मात्र दमित हुनेछ ।
१०. राष्ट्रको हित नगर्ने चरित्र अराष्ट्रिय हो । यो चरित्र पनि अराष्ट्रिय र उग्र–अराष्ट्रिय हुन्छ । राष्ट्रिय निकुञ्ज लगायत वन्यजन्तु मारेर आखेटोपहारको ब्यापार गर्नेहरू अराष्ट्रिय अपराधी हुन् । नदी दोहन गर्ने र वातावरण बिगार्नेहरू, सार्बजनिक वन विनास गर्नेहरू, वनका जडिबुटिका माफियाहरू पनि अराष्ट्रिय अपराधी हुन् । त्यस्तै भूमाफियाहरू; समयमा काम पुरा नगर्ने र निर्धारित गुणस्तरहिन कामगर्ने ठेकेदारहरू अराष्ट्रिय हुन् सबै प्रकारका सेता र काला घुस्याहाहर, अनैतिक काम गर्ने भ्रष्ट्राचारीहरू पनि अराष्ट्रिय तत्व हुन् । सत्तामा बसेर, पद बहाली गरेर पनि देशप्रति चिन्तित नहुने कर्मचारीज्ञ वा राजनीतिक कर्र्मीहरूद्द सबै अराष्ट्रिय चरित्रका हुन् ।
उग्रअराष्ट्रीय चरित्रमा थप आततायी चरित्र हुन्छ । .आई एस र आइएस आईस, अलकाएदा, बोकोहराम आदि सबै आतंककारी संगठन हुन् । विदेशीको निर्देशनमा राजनीतिमा भाग लिनेहरूघ सबै राष्ट्रद्रोही हुन् । बिदेशीको निर्देशनमा आफ्नै देश नेपाल बिरूद्ध हतियार उठाएर हजारौं नेपालीको हत्यागर्नेहरू पनि बम्बै हत्याकाण्ड वा ट्विनटावरका आक्रमणकारी सरहका, मानवत्व बिरोधी अराष्ट्रिय हुन् भने दलीय राजनीतिका बहानामा नेपालबिरूद्ध हतियार उठाउने दलहरू उग्र अराष्ट्रिय हुन् । नास्तिकता, बलात्कार, अपहरण, फिरौती, लागुपदार्थको ब्यापार जस्ता कार्य पनि उग्र अराष्ट्रिय कृत्य हुन् ।
११.संबिधातः बिरोध गर्ने हक छँदाछदै भूमिगत भएर बिसौंहजारको हत्यागर्ने ज्यानमारालाई आम माफी दिने उग्र अराष्ट्रिय काम हो ।