Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

यो व्यवस्थामा माटोको सुगन्ध छैन

१० सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

प्रेम सागर पौडेल - - 
गाउँघरको धुलो र माटोमा हुर्किएको मेरा लागि नेपाली भएर जन्मन पाएकोमा गर्वले छाती फराकिलो हुन्छ । चाहे देशको चाबी पराईको ईशारामा चल्नेको हातमा पुगेको अवस्था होस् वा अराजकताको खेती गर्न पल्केकाको रजगज होस् । यस्तो विषम परिस्थितिका माझ पनि अन्तसम्म नेपाली शीर उचालेर बाँच्न पाउने दृढ विश्वास अझै जीवित छ ।
अहिलेको राज्यब्यवस्थामा भ्रष्टाचारको सवालमा पक्ष र विपक्ष देखिँदैन र देखिएको छैन, बाँडफाँडमा नै व्यस्त छन् सबै । अवसर तथा लाभलाई बिक्री गर्ने काम जिम्मेवार पक्षबाट भइरहेको छ । राज्यका हरेक अंगलाई दोहन गर्ने, राज्यका स्रोत साधन र जनताको भावनालाई दोहन गरेर व्यक्तिगत, पारिवारिक समृद्धिमा मात्र केन्द्रित भइरहेको छर्लङ्ग छ । तर पनि,  नेताहरू उत्कृष्ट स्वच्छ भएको स्वाङ्ग पारिरहेका छन् । हेक्का रहोस्, स्वाङ्को भ्रम सधैँ सफल हुनसक्दैन । 
नेताहरू मिलेर नेताहरूकै लागि नेताहरूले सँगसँगै भ्रष्टाचार गर्ने व्यवस्थालाई नै संघीय लोकतान्त्रिक ब्यवस्था नामाकरण गरिएको रहेछ जस्तो भान हुन्छ । यो ब्यवस्थामा न नेपाली माटोको सुगन्ध छ, न त नेपाली जनताको भावनाको प्रतिनिधित्व नै ।
अझै नचेते कहिले चेत्ने ?