डा.सुरेन्द्र केसी इतिहासविद मात्र होइनन्, खरा वक्ता पनि हुनुहुन्छ । राजनीतिक घटनाक्रमलाई रौंचिरा केलाएर युट्युवमार्फत सुसूचित गर्ने इतिहासविदका नजरमा पुर्षा र हामी के हौं, उहाँ भन्नुहुन्छ–
वीर पुर्खा थिए र हामी कहिल्यै पराधीन भएनौं । हामी माँग्ने देश होइनौं, माँगेर जीवनयापन गर्नुपर्ने कुनै कारण छैन । त्यो कोरियासँग नेपाललाई दाँजौं । हामी छालाका जुत्ता लगाउँदा उनीहरू परालको जुत्ता लगाउँथे । हाम्रा दिदी बहिनीले यौनबजार सुनेकै थिएनन् । उनीहरूको आर्थिक स्रोत यौन बजार थियो । आज नेपाली दिदी बहिनी कंगोमा नाच्छन्, कोरियामा ५० हजार युवा काम गर्न गएका छन् । आजका नेताहरू पुर्खालाई गाली गरेर लोकतन्त्र लोकतन्त्र भनिरहेका छन् । छोरीबुहारी, छोराहरूले जीवयापनको वातावरण नपाउने, नेताका छोरी बुहारी मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति हुने लोकतन्त्र हुन्छ ? लज्जाको विषय हो यो । लोकतन्त्र भनेको यस्तै हुन्छ ?
इतिहासका पात्र थुप्रै छन्, तिनीहरूको योगदानको पुनव्र्याख्या हुनुपर्छ, उनीहरूले हिडेको पदमार्गमा हिड्नुपर्छ । इतिहासलाई वर्तमान पिँढीले जान्नैपर्छ ।
पुर्खाको आदर्श, त्याग, बलिदान आजको बिकृतिका लागि थिएन । यस्तो कुरूप परिवेशका लागि थिएन । उनीहरूले सैनिक मोर्चामा लड्नु मर्नुपर्ने थिएन । – इतिहासविद डा.सुरेन्द्र केसी