प्रेमसागर पौडेल : नेपाल-चाइना म्यूचुअल कोपरेशन सोसाइटी ----
जुन देशको केही राजनीतिक दलहरू र नेताहरूको मुख्य आयश्रोत एकचीन विरोधी गतिविधि बनेको छ । त्यसैले बारम्बार एकचीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याइरहन्छ। योभन्दा ठूलो ठट्टा के हुनसक्छ ?
मूतको न्यानोमा रमाउने काम सबै राजनीतिक दलका नेताहरूले बन्द गर र क्षेत्रीय स्थिरतालाई प्राथमिकता देउ ।
अन्यथा, हामी दक्षिण एसियाकै अस्थिरताको केन्द्र बन्न सक्छौं ।
नेपालमा तीन सरकार र चार सेनाः
१. नेपाल सरकार अर्थात देउवा नेतृत्वको गठबन्धन सरकार ।
२. दलाई लामाको समानान्तर सरकार।
३. आइएनजीओको समानान्तर सरकार केन्द्र देखि स्थानीय निकायसम्म ।
१. नेपाली सेना । २. एशिया प्यासिफिक कमाण्डको अमेरिकी सेना ।
३. ईण्डियन सेना । ४. दलाई लामाको सेना ।
अर्को बिडम्बना
विगतमा पढ्न नदिएर आफ्नै दाजुभाइ मार्न उचाले, सत्तामा पुगेपछि तिनै युवालाई देशमा बस्न नसक्ने वातावरण सिर्जना गरे । अहिले तिनै युवाले पठाएको रेमिट्यान्सले मस्ती गर्ने, घर फर्किँदा तिनै युवालाई एकथान मोबाईल पनि ल्याउन नदिने सरकारको नीति युवा विरोधी छ ।
यो सरकार नेपाली काँग्रेस र गठबन्धनको मात्र हो कि बाँकी अरू नेपाली जनताको पनि ? बुझ्न कठिन भयो ।
वास्तवमा यो सरकार प्रो–वेष्टर्न सरकार हो ।