राजन कार्की - - -
देशभक्तिको अर्थ पुर्खाको भूमिको रक्षा गर्नु होइन, आफ्ना सन्ततीका लागि भूमिको संरक्षण गर्नु हो ।
साहित्यकार प्रेमचन्दका अनुसार साहित्यकार देशभक्ति र राजनीतिका पछाडि लाग्ने सच्चाइ होइन, राजनीतिका अगाडि अगाडि मशाल बालेर मार्ग देखाउने सच्चाइ हो ।
हामी लोकतान्त्रिक पद्धतिमा छौं, विधि कुल्चेर विभेद र निषेध त्याग्न सकेनौं । बाढीपहिरो त हरेक वर्षको पीडा हो । यो पीडा कम गर्नतिर पनि कुनै ठोस योजना बन्न सकेन । २०७२ को महाभूकम्प, त्यसपछि कोरोना महामारीबाट हरेकले सिक्नुपर्ने थियो– मानवीयता भन्दा ठूलो केही होइन । तर यस्ता बिपतमा समेत शासक प्रशासकमा मानवीय मूल्य र मान्यता जाग्न सकेन । अहंकारी बन्ने रोगबाट नेतृत्व झन झन ग्रसित हुँदै गएको छ । सही सवालमा सामुहिक प्रयत्न, सामुहिक सोच र सामुहिक संचेतना चाहिन्छ भन्ने विवेक मर्दै गयो । विवेक मरेपछि मान्छे बाँच्नु र नबाँच्नुको अर्थ र औचित्य नै कति बाँकी रहन्छ र ?
मान्छेमा पल पल मानवीयता हुनैपर्छ । तवमात्र मान्छे ठूलो बन्छ । पैसा, शक्ति र बल तेजले मान्छे गुण्डा बन्छ, नेपालमा जो नेता छन्, जो शासक छन्, अधिकांश गुण्डा छन्, सुकुल गुण्डा बनेका छन् । सत्ता र शक्तिमा पुगेकाहरू मान्छे कम मूर्दा बढी लाग्छन् । किनकि मान्छे भनेको विवेकशील प्राणी हो । विवेकहीन त पशु हो । लोकपद्धतिमा विवेक हराउनु भनेको हरेक तह र तप्काका अगुवाहरू मर्दै गएका छन् भन्ने नै हो । बुझ्नै पर्ने शाश्वत सवाल हो– कुनै पनि आगोको झिल्कोले डढेलो सल्काउन सक्छ । आगो सल्किन पायो भने आगोको धर्म हो खरानी बनाउनु हो । लोभ, अधर्म र अहंकार भनेको आगो हो, यसले पहिले आफैलाई र शनै शनैः मानवीय सभ्यतालाई नै नष्ट बनाउँछ ।
जनयुद्ध र जनआन्दोलनपछि नेपालमा जे भइरहेछ, नैतिकतामा डढेलो लागेको छ । राजनीतिक र प्रशासनिक धर्म बिनष्ट भइरहेछ ।
वैज्ञानिकहरूले हरेक रोगको ओखती पत्ता लगाएका छन् । बेइमानीको ओखती कुने बैज्ञानिकले निकाल्न सकेका छैनन् । नेपाल बेइमानहरूको अखडा बन्यो ।
जुन मुलुकमा नागरिक समाज, बुद्धिजीवी, संचेतन बर्ग पार्टी पार्टीमा बिभाजित हुन्छन्, त्यो देशमा विवेक यसैगरी मर्छ । विभेद बढ्छ । असमानताको खाडल बढेर जान्छ । विधिको नाममा मत्स्य न्याय बढ्छ । कानुनी राज्यमा यसरी ह्वेल, सार्क माछाजस्ता भ्रष्टहरू बढ्नु भनेको निरङ्कूशता झन बढेर गयो भन्ने प्रमाण हो ।
सकेजति युवा निकासी भइरहेका छन् । उत्पादन शून्य, निकासी शून्य, आयातमुखी परजीवी अर्थतन्त्र अँगालेर देशको शान्ति र समृद्धि कसरी सम्भव हुन्छ र ? अहिले नै
रोग, भोक, शोक मात्र होइन, आन्तरिक अराजकता र वैदेशिक स्वार्थ नेपालको भूराजनीतिमा दख्खल दिन थालिसकेको छ । विदेशको दवाव र प्रभावका सामु साग गलेझैं गल्ने स्वार्थी झुण्ड राजनीति र सत्तामा रजगज गरेर बस सफल भएकाले बिस्तारै राष्ट्रको अस्तित्व विश्वशक्तिको भूमरीमा पर्दै गएको देखिन्छ । यस्तो बिपतमा पर्दै जाँदा पनि बिज्ञ, विशेषज्ञ, बुद्धिजीवी, समाजशास्त्रीहरू चुँइक्क बोल्दैनन् । दूरगामी प्रभाव पार्ने राष्ट्रिय मुद्दाहरूमा बहस, छलफल हुँदैन । यहाँसम्म कि नेपालको परराष्ट्रनीति कस्तो हुनपर्छ भन्ने विषयमा गोष्ठी हुन्छ, विदेशी विज्ञहरूको लर्को लाग्छ, सूचनाको हक छोपेर सुसूचित गर्ने कर्तव्यसमेत राज्यले पूरा गर्दैन । सत्ताधारी र प्रभावशालीहरू, यस्तो आपतकालमा पनि कताबाट कमिशन आउँछ, लाभ हुन्छ भनेर बगुलाभगत चरित्र देखाउँछन् । यस्तो मुलुकको भाग्य र भविष्य कसरी सुनिश्चित, सुरक्षित हुनसक्छ ?
नागरिकता विधेयक जसरी पास गरियो, एमसीसी र एसपीपीमा जसरी नेपाललाइ स्वीकार्य भयो, त्यो देख्नेहरू भन्छन्– नेपाल द्वन्द्वमा फसिसक्यो । नीतिनिर्माता, शाशक, प्रतिनिधिहरूमा जवाफदेहीता नदेखिनु डरलाग्दो खतरा हो । जसले शासन व्यवस्था हातमा लिएका छन्, लोकतन्त्र लोकतन्त्र भनेर थाक्दैनन्, उनीहरू नैतिकहीन बनिरहेका छन् । नमरी संसार देखिन्न भन्ने उक्ति छ, शायद उनीहरू संसार हेर्ने दौडको प्रतिस्पर्धामा छन् । आमनागरिक र राष्ट्रको चित्कार सुन्ने कसले ? अस्तव्यस्त मुलुक व्यवस्थित गर्ने चिन्ता गर्ने को ? नेपालको वर्तमान कालखण्डको यक्ष प्रश्न हो यो ।
देश भनेको जनता हुन् । जनताबिनाको देश हुन्न । आज जनतामा हुटहुटी छ । देश छटपटीमा छ । देश गैरजिम्मेवारहरूको हातमा छाड्न सकिन्न । पुर्षाको नासो, पुर्षाको गौरवलाई बचाउने बेला यही हो । महाराज राजनीति गर्नुपर्दैन ? समाजसेवा गरौं, मानवीयता देखाउने र महान बन्ने अवसर पनि हो यो राष्ट्रियताको विपत्ति । महाराज स्वर्ग छ भने कर्ममा छ । स्वर्ग छ भने देशबासीको आँसुले भिजेको मुहारमा खुशी दिनसक्नुमा छ । महाराज, यो मौकामा हीरा किन नफोर्ने ? यति बेला पूर्व राजा कवितामा पोखिएका छन् । देशको दुरावस्था सहन गर्न नसकेर पूर्व राजाले ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशित गराएका छन् । सम्वाद सचिवालयका सचिव फणिराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी. शाहको उक्त कवितासङ्ग्रह कृति प्रकाशनमा आएको हो । सङ्कलित कविताहरू चित्ताकर्षक, मन छुने खालका छन् । कविता पढेपछि लाग्छ, पूर्वराजाको भक्कानिएको मुटुबाट कविता निस्केका हुन् । कतिपय कविताहरू यति संवेदनपूर्ण छन् कि पूर्वराजाले आँसुले लेखेका छन् ।
पूर्व राजा जी. शाहका कवितामा जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावनासहित राष्ट्रिय संवेदना कुट कुट भरिएका छन् । कविता मर्मस्पर्सी छन्, कविता माटोवादी छन् ।
जनताको नासो जनतालाई बुझाउने पूर्वराजाभित्र अन्तर्दृष्टि छ, अर्जुनदृष्टि छ । विवेक छ । मानवीयता पनि छ । जन्मदाता र जन्मभूमिप्रति अपार आस्था छ ।
आमनागरिक र राष्ट्रले पूर्वराष्ट्राध्यक्षसँग गरेको अपेक्षा र प्रतिक्षा, साहस, अक्किल र आँट अझै देखिएको छैन । कवितासङ्ग्रहमार्फत पूर्वराजा ज्ञानेन्द्र शाहले सन्देश दिएका छन्– ‘आत्म अलंकारकै लागि राजनीति गर्नु व्यर्थ छ । मेरो अन्तहृदय जनताका पीडा बेदनाले घरिघरि आक्रान्त भइराख्छ ।’
मुटु दुख्ने, मन रूने, उपचार गर्न नसक्ने बैद्य भनेको नाम मात्रको हो । लोकतन्त्रको आवरणमा भ्रष्ट नेतातन्त्रले लोकको शिरमाथि पहाड बनेर थिचिरहेको बेलामा राष्ट्रले नामको होइन, कामको बैद्य खोजिरहेको छ । सबैलाई थाहा छ– पार्टी व्यापार बन्यो, नेता व्यवसायी । समाजप्रतिको दायित्ववोध कसैले गरेनन् । राजनीति र कूटनीति बरालियो । राष्ट्राधिकार र जनाधिकारको हरेक दिन द्रौपदीको जस्तो चीर हरण भइरहेको छ । जनताले परिवर्तनमा साथ दिए, नेताको भर र भरोसा गरे । तर जनताको विश्वास, जनादेशमाथि घात भइरह्यो । नेतृत्व सधैं तुहियो, नेतृत्व सधैं पुङ्माङ् बनेर चुहिरह्यो । यसपछि नेपाल निर्माताका सन्तानको आवश्यकता अनुभूति गरिएको हो । ‘जनताले खोजे भने म यहीँ छु भन्ने पूर्वराजा ज्ञानेन्द्र’ भावुक बनेर कवितामा भुल्नु भनेको आधुनिक सिङ्गापुर निर्माण गर्ने ली क्वान युको गुण नभएकै हो । भए कवितामा होइन, कार्यरूपमा देखिनुपर्छ । मानव सभ्यताको थालनीदेखि नै स्वतन्त्र र सार्वभौम कायम रहेको नेपाल आज ऐतिहासिक रूपमा पतनोन्मुख अवस्थामा पुगेको छ । आन्तरिक र बाह्य दुबै क्षेत्रमा दयनीय भएको छ । स्वाभिमानी निर्णय क्षमता गुमाउँदै गएको छ । नेतृत्व जसरी पनि श्रीलंकामा जस्तो राजपाक्षेजस्तो चुनाव जित्ने चिन्तन र सत्तामा पुग्ने रोगले ग्रस्त छ ।
राजा हुँदा देशको भार लाग्छ भन्ने जी शाह कवितामा रून्छन्, देशलाई कविता होइन, ‘भर’ चाहिएको छ । ‘जिम्मेवारी बोध गरेर बहन गर्ने जिम्मेवार चाहिएको छ ।’
किनकि राष्ट्रका सामु यक्ष सवाल छ– विश्व समुदायसँगको विश्वासको सञ्चिति समाप्त पार्ने राजपाक्षे संस्कृतिबाट मुक्ति दिलाउने कसले ?
हिरामोती, सुनचाँदी कसैले खाएन, सम्पत्ति लिएर कोही मरेन । सिकन्दर महानले प्राण त्याग्नुअघि डाक्टरहरूलाई धन्यवाद दिए, सबैले सुन्नेगरी भने– मेरो शव लैजाँदा मेरा दुबै खाली हात कफिनबाट बाहिर निकालिदिनु । जति हीरामोती, जवाहरात छन्, ती मेरो शव लाने बाटोभरि छरिदिनु । सिकन्दर महान मरेपछि उनका दुबै खाली हात कफिन बाहिर निकालेर मणिमाणिक्यमाथिबाट ४ हात जमिनमा लगियो र पुरियो ।
जन्मनेहरू मर्छन्, सबै मर्छन् । सत्य यही हो । फरक यत्ति छ, कोही मरेर पनि बाँच्छन् । नेपालका नेताहरू बाँचेर मरिरहेका छन् । बाँचेर मर्ने कि मरेर पनि बाँच्ने, नेपाल निर्माताका सन्तान अग्निपरीक्षामा छन् । कवि जी शाह, कविता त खूब लेखियो, अब देशका लागि केही गरौं । आफ्नै ढुङ्गा, माटो, हिमाल, पहाड, तराई, पानी, पहरा जताततै देखिने काम गरौं । एकपल्ट जागरूक नागरिक भएर त उभिऔं । घाट पुगेको राष्ट्र बचाउन राष्ट्रवाद जगाउने एउटा यज्ञको थालनी त गरौं ।
राजा महेन्द्रकै कारण भारतले नेपाललाई पराधिन बनाउन सकेन् । स्वतन्त्र भए लगत्तै भारतले छिमेकी मुलुकहरूलाई आफूमा विलय गराउन प्रयत्न ग¥यो । पाकिस्तान टुक्य्र
ायो, सिक्किम विलय गरायो । भुटानलाई बशमा राख्यो, तर नेपाललाई सकेन । ती राजाका सन्तान कविता लेख्दैछन् ।