Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

लूटतन्त्र बन्यो समाजवाद र सर्वहारावाद

१३ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

राजन कार्की - - - 
अफ्रिका र दक्षिणपूर्वी एसियामा पाइने ¥योकोफोरस जातका भ्यागुता १० मिटर परसम्म उफ्रनसक्ने रहेछन् । दक्षिण एसियाको मुलुक नेपालका राजनीतिज्ञहरु भ्रष्टाचार र नैतिकहीन मामिलामा विश्व रेकर्ड नै तोडेर उफ्रनसक्ने भ्यागुते भोजन भट्ट बन्न पुगेका छन् ।
लाटोकोसेरोले के खाएर बाँच्छ होला अनुमान गरौं । चरा, मुसा खाएर बाँच्ने लाटोकोसेरोमा दाँच हुँदैन । त्यसैले उसले जे खान्छ, सिंगै सुलुत्त सुलुत्त निल्छ । त्यसरी निलेको लाटोकोसेरोले जे खान्छ, १२ घण्टापछि नङ्ग्रा, प्वाँख, भुत्लाजस्ता चिजहरु मुखैबाट ओकल्छ । राजनीतिको अर्थ उत्तम समाज सेवा हो तर नेपाली राजनीतिमा लागेकाहरु जो ३० वर्षअघि आएको बहुदल र १३ वर्ष अघि स्थापित लोकतन्त्रलाई यसरी व्यापार बनाएर जे पायो सुलुत्त सुलुत्त निले कि तिनीहरु आज अरवी शेखजसरी सम्पन्नताको जीवन बिताउन थालेका छन् । यसमा पनि खासगरी आफूलाई कम्युनिष्ट बताउनेहरु, राजा फालेर नवबास्सा बन्नपुगेका छन् । राजा त कति कति ?
यसकारण जो सच्चा कम्युनिष्ट हुन्, तिनीहरु कोठाचोटामा साँघुरिएर, चाउरिएर भन्छन्– १५ वर्षमा पटक पटक सत्तामा पुगेका कम्युनिष्टहरू सर्वहाराको प्रतिनिधित्व गर्दैनन् । तिनीहरु सर्वआहारावादी हुन् । अर्थात् जे पायो खायो, विदेशी हाजमोलाको बलमा पचायो ।
प्रजातन्त्रका प्रवर्तक अब्राहम लिंकनले भनेका थिए– कुशल शासक भविष्यको चिन्ता गर्छन्, राजनीतिज्ञ आगामी चुनावको मात्र चिन्ता गर्छन् । संसदलाई होइन, अदालतको परमादेशलाई प्राथमिकता दिने ५ ठूला दलहरू मंसिर ४ को निर्वाचनलाई जसरी पनि जित्ने जुन प्रकारको महत्व दिइरहेका छन्, तिनले असल शासक होइन, आगामी चुनावलाई मात्र महत्व दिएको प्रष्ट हुन्छ ।
अझ चुनाव जित्नका लागि विदेशी एजेण्डालाई महत्व दिए । कामचलाउ सरकारले नागरिकतालाई खुकुलो पार्ने विधेयक पास गरे । जलविद्युत आयोजना विदेशीलाई दिने निर्णय गरे । घटनाक्रमले गठबन्धन सरकार देशको सुरक्षा र अस्तित्वलाई च्याँखे थापेर चुनावलाई मात्र महत्व दिइरहेको छ ।
नेपाली गरीव छन्, बुझेका छन् तर बाध्यतावश तिनैलाई चुन्छन् जो जनवादीका नाममा जनघाती छन् । प्रजातन्त्रलाई व्यक्ति र पार्टीको स्वार्थमा उपयोग गरिरहेका छन् । पैसा खर्च गरेपछि, शक्तिको दुरुपयोग गरेर र तर्साएर चुनाव जित्नका लागि पैसा चाहिन्छ र कांग्रेस–कम्युनिष्टहरूले अग्रगमनको भ्रम छरेर राष्ट्रलाई बन्दी बनाएका छन् । अपवित्र गठबन्धन, पैसाको र विदेशी ताकतको बलमा ।
भाषणबाजी कलामा पारङ्गत यिनीहरू देशभक्तिका भाषण गरेर थाक्दैनन् । ब्यवहारमा राष्ट्रघात र स्वार्थमा लिप्त छन् । यिनीहरु न सीमाबा।ृ बोल्छन्, न डुबानमा, न अतिक्रमण अथवा हस्तक्षेपका बारेमा । यिनीहरु देशभक्तिका नाममा नक्कली मयुर हुन्, जो चुनाव नजिकिदै गर्दा नक्कली नाच देखाइरहेका छन् ।
जो समाजवाद र सर्वहाराको नारा लगाउँछन् र सर्वआहारा खान्छन्, निषेधित फल खाने सिद्धान्तहीन नेतृत्व कसरी देशको शक्ति हुनसक्छ ?
नेपालका सन्दर्भमा आधुनिक डाइनासोर हो गठबन्धन सरकार । जसले प्रधानन्यायाधीशलाई समेत तारेखमा झुण्ड्याएर विधिको खिल्ली उडाइरहेको छ ।
ंसंविधान निर्माणका बेलामा जनतासँग सुझाव लिइयो, एउटा सुझाव पनि संविधानमा समावेश गरिएन । १२६ जाति छन् देशमा । १२–१५ जातिले शासन गर्ने संविधान जारी गरेका छन्, कहाँ छ पहिचान ? कुनै पार्टीमा समावेशीता देखिन्न । कुनै कुनै जाति जंगलमा गिठ्ठा भ्याकुर खाएर बाँचिरहेका छन्, अधिकांश जाति गरीवीको रोगले जन्मन्छ र किराफट्याङ्ग्रा मरेझैं मरिरहेका छन् । तिनका लागि सरकार र समानता यी पार्टीले कहाँ दिएका छन् ? तिनको मानवाधिकार, राष्ट्राधिकार, सार्वभौमिक अधिकार, बाँच्ने आधारभूत अधिकारको चिन्ता संविधानले संसदबाट ग¥यो कि सरकारले सिंहदरवारबाट ? गाउँपालिकासम्म पुगेको सिंहदरवार पनि अनियमितता र भ्रष्टाचारकै पोखरीमा आहाल बस्न पूग्यो । अनि ७ सय ६१ थरिका सरकारमा गजधम्म बसेका समाजवादी, सर्वहाराका नेताहरुका लागि यो सब अवसर सर्वआहाराको अवसर बनेको छ, भोजन भट्टहरुका लागि ।
श्रमजीवी, सर्वहारा अर्थात जोसँग पाखुरीबाहेक अरु केही छैन । पाखुरी बजार्न सकेको दिन खायो, नसकेको दिन भोकै सुत्यो । न घर छ, न बास ? जीवनकै स्थायित्व छैन, अरु के हुन्छ तिनको ? किसान, सुकुम्वासी समस्या छ, गरीब, मजदुर समस्या छ, समस्यै समस्या छ र यिनै समस्यालाई म गर्छ‘ समाधान भनेर समाजवादी, कम्युनिष्ट नामधारीहरु नेता बनेका छन् । आफ्ना चाकरीवाज दुई चारजनाले अवसर पाए होलान्, अरु सर्वहाराले जनयुद्धबाट पनि केही पाएनन्, जनआन्दोलनाट पनि रित्तै रह्यो । १५ वर्षको लोकतान्त्रिक शासन पनि कौवालाई बेल पाकेसरह हुनगयो ।
जो समाजवाद र सर्वहाराका नाइके थिए, तिनीहरु पालैपालो सत्तामा गए । मुहार चम्किलो बनाए । तिनैले कांग्रेसको बुई चढेर सत्ता चलाइरहेका छन् । भागशान्ति गरेर आफ्ना र परिवार, आफन्तका लागि सात पुस्तालाई पुग्ने सम्पत्ति जोडजाम गरिरहेका छन् ।
विश्वजगत नेपाललाई स्वर्ग ठान्छ, अर्को स्वीट्जरलेण्ड मान्छ । शान्त हुन र शान्तिका लागि प्रेरणा लिन विश्वमानवहरु नेपाल आउने गर्छन् । यस्तो पवित्र भूमिका नेताहरू नेपालमा स्थिरताका नाममा अराजकताको बीउ छरिरहेका छन् ।
२००७ सालमा हामीले दिल्ली गुहा¥यौं, दिल्लीले भारी बोकाएर पठाइदियो । कोशी गण्डकीमात्र गएन, मन्त्रिपरिषदमा भारतका प्रतिनिधि बस्ने व्यवस्थासमेत मान्यौं । नेपालमा भारतीय सैनिक पोस्ट नै स्थापित गरियो । ०१७ सालमा राजाले कु त गरे तर दिल्लीका नचाहिदा, हस्तक्षेपका भारीहरु दिल्ली नै फर्काउने काम भएकै हो । विकास र राष्ट्रियताको जग कुनै बेला बलियो थियो भने त्यो ०१७ देखि ०२८ साल सम्मको महेन्द्र काल नै हो । राम्रोलाई राम्रो भन्न र अनुकरण गर्न सक्दैनन् यी लोकतान्त्रिक नारा लगाउनेहरू ।
०४६ सालमा १० बुँदे भारतीय प्रस्ताव आएकै हो । राजा वीरेन्द्रले त्यसलाई अस्वीकार गरेर जनताका सामु झुक्छु भनेका हुन् । बहुदल त आयो, बहुलायो । १२ वर्षे कूशासन त्यही बहुदलीय कालखण्ड हो । त्यही कालखण्डमा महाकाली, टनकपुर सन्धि भए भारतको हितमा । त्यही समयमा विदेशीलाई नागरिकता सजिलै दिने बिधेयक आयो, राजाले फर्काइदिए । त्यसको प्रतिफल हो दरवार हत्याकाण्ड । आतंक ।
ज्ञानेन्द्र शाहलाई राजा बनाइयो । उनका सामु फेरि नागरिकता वितरण सरलीकरण गर्ने संशोधन आयो, उनले नामञ्जुर गरिदिए । त्यसैको प्रतिफल राजतन्त्र समाप्त पारियो, हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष बनाइयो । संघीयताको भारी जनताको काँधमा भिराइयो । कर बढाइयो ।
अहिले सजिलै नागरिकता बितरण गर्ने र विदेशीका सन्तानलाई बंशजका आधारमा नागरिकता दिएर नेपालको संवैधानिक अंगहरुको प्रमुख बन्नसक्ने व्यवस्था गर्न लागिएको छ । संसद, सरकारले राष्ट्रपतिविरुद्ध अभियान छेडेका छन् । राष्ट्रपतिले नीतिगत प्रश्न उठाएर पुनर्विचार गर्न आग्रह गर्दा तुजुक देखाएर जस्ताको तस्तै पठाउने तैयारी छ । यो सरकार देशभक्तरे ? यो सरकार संवैधानिक रे ? यो सरकार अग्रगमनकारी रे ? समस्या गरीबको मुक्तिमै छ । मुक्तिका लागि कुरा बढी भए, काम शून्य । सर्वहारा चुनावी हतियारमात्र भए । आमनागरिक चुनावमा विश्वास गरेर मतदान गर्छन्, चुनावपछि सर्वहारा हतियार अहामजनताको टाउकोमै बज्रिन्छ । घाइते जनता नै हुन्छन् । जनतालाई पार्टी पार्टीमा विभाजन गर्ने, युवालाई निकासी गर्ने र तिनले पठाएको रेमिटान्समा हालीमुहाली चलाउने नीति ठूला नेताहरूले लिएका छन् । जुन देशघातक छ । देशभक्तहरु जो नेपालीत्वका कुरा गर्छन्, जो सीमा सुरक्षित हुनुपर्छ भन्छन्, जो सबै जातजातिको पहिचानको रक्षा र समानताको वकालत गर्छन्, जो विदेशी हस्तक्षेप रोक्न चट्टान भएर उभिन सक्छन्, तिनीहरु सबै एक हुनुपर्छ । त्यस्ता देशभक्तहरु नेकपाभित्र पनि छन्, नेपाली कांग्रेस, राप्रपा, मधेशवादीभित्र पनि छन् । अन्यत्र छरिएका र स्वतन्त्र पनि छन् । ती सबै एकत्रित, एकजुट हुनुपर्ने बेला यही हो । अन्यथा यो भूगोलमा विदेशी ताकतको भूराजनीति अझ बढ्नेछ । तिनको जुधाइमा पर्ने र मर्ने, मूल्य चुकाउने आमनागरिकले नै हो । माटोले नै हो । माटोवादले नै हो ।
नेपाली कांग्रेसका दिग्गज नेता प्रदीप गिरि भर्खर दिवंगत भए, उनलाई हार्दिक श्रद्धाञ्जली । उनले केही समय अघि संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमै ‘सके भारतले नेपाललाई सिक्किम बनाउँछ ।’ भनेर यथार्थ बोलेका थिए । यही संसदले नागरिकता विधेयक पारित गरेर नागरिकता बितरण गर्ने योजना बनाउनु प्रदीप गिरिको अभिव्यक्तिको निकट छ । खतरा बढ्यो ।
यसकारण यो समय, नेपाली हँु भन्नेहरुका लागि सतर्कताको समय हो । हरेक नेपाली हुँ भन्नेले विदेशी चलखेलमार्फत बजेका थरिथरिका मृत्युघण्टा सुन्नुपर्छ, सजक हुनुपर्छ । आउने निर्वाचनमा कम्तिमा घातक प्रमाणित भएका नेताहरुलाई किनारा लगाउन सक्नुपर्छ ।


गोर्खापछि अग्निपथ र नर्स भर्ती खुल्यो
काठमाडौं । लोकतन्त्र सञ्चालकहरुले नेपाललाई भर्ती केन्द्र बनाइदिए । गोर्खा भर्तीकेन्द्र छँदैथियो, रोजगारीका लागि युवायुवती हरेक दिन विदेशीने क्रम जारी छ । प्लस टु पास हुनासाथ टोफेल गरेर पढ्न जानेको लर्को पनि छँदैछ ।
अब भारतले अग्निपथ र बेलायतले डाक्टरनर्सलाई आकर्षक तलव सुविधा दिने नाममा भर्तीकेन्द्र खोलेको छ । युवायुवतीलाई स्वदेशमै रोक्ने कसले, कुन नेताले, कुन पार्टीले ? सबै चुप छन्, तिनले पठाएको रेमिटान्सबाट देश चलाएर, संघीयता नामको सेता हात्ती पालेर लोकतन्त्र सफल भएको गुड्डी हाँकिरहेका छन् । चेतना बोल्दैन ।
गत सोमवार श्रीम सचिव र बेलायती राजदूतले नर्सका लागि घोषित यो भर्ती केन्द्रको सहमति गरेका छन् । अघोषित रुपमा डाक्टरहरुले धमाधम निवेदन दिइरहेका छन् र छिटै तिनले अनुमति पाउने भएको एक डाक्टरले बताएका छन् ।
नेपालमा स्वास्थ्य सेवाको स्थिति बलियो छैन । धनाध्येका लागि सबै ठिक छ, स्वदेश विदेश छँदैछ । आम गरीब नागरिकका लागि स्वास्थ्यसेवा सर्वसुलभ कसरी बनाउने भन्ने चासो सरकारले लिएको देखिदैन । जसरी पनि कच्चा अथवा योग्य श्रमशक्ति निकासी गर्नतिरमात्र सोच्दा राष्ट्र बनाउने कसले ? भर्ती केन्द्र बनाएर जता जता श्रम र योग्य जनशक्ति चाहिन्छ, तिनीहरु कहाँबाट जुटाउने ?
देशलाई युवाविहीन बनाउनु भनेको खोक्रो पार्नु हो, विश्लेषकहरु भन्छन्– राष्ट्रमाथि अयोग्यको शासन चल्यो ।