गंगा भुजेलबाट प्राप्त यो लेख–
शास्त्रमा लेखिएको छ राधा र कृष्णको प्रेम निकै निश्चल, निर्मल र प्रेमिल रहेको छ । राधा बिना कृष्ण पूरा नहुने र कृष्ण बिना राधा पूरा नहुने भनिएको छ । प्रेम सत्य थियो यो प्रेम जति प्रेमिल थियो त्यति नै जटिल थियो । त्यसैले उनिहरू छुट्टिन बाध्य भए । त्यसपछि कृष्ण ले बिबाह गरे तर राधा सङ्ग नभई रूक्मिणी सङ्ग बिबाह गरे । कृष्ण का रूक्मिणी सङ्ग अरू सात जना श्रीमती थिए तर आठैजना श्रीमती मा राधा पर्न सकिनन् । त्यसैले महाभारत र भागवत पुराणमा पनि कृष्ण को चर्चै चर्चा हुँदा राधा को नाम सम्म उल्लेख गरिएको छैन । यो बिषयमा चर्चा हुँदैगर्दा कतिपयले रूक्मिणी नै राधा हुन् पनि भन्ने गर्छन् । जुन कुरा कुनैपनी कथामा उल्लेख गरिएको छैन ।
राधा र कृष्ण बृन्दाबनमा सङ्गसङ्गै थिए । उनिहरू बिच गहिरो प्रेम भएकै कारण रमाइलोसङ्ग समय बितिरहेको थियो । उनिहरू साथीसङ्ग मिलेर बनबिहार जाने गर्थे । एकदिन को कुरा हो राधा कुनै काम ब्यस्तताको कारण ले आउन सकेकी थिइनन् । सधैं झैं कृष्ण आफ्ना साथीहरू गोपि गोपिनिहरूको साथमा रमाइलो गर्दै बनबिहारमा निस्किएका थिए । कृष्णले सबैलाई मोहित पार्थे त्यसैले गोपिनिहरू उनको साथमा रमाउन चाहन्थे । राधा सङ्गै हुँदा अरू गोपिनिहरूले कृष्ण को नजिक हुने प्रयास पनि गर्न पाउँदैनथे तर त्यस दिन राधा कृष्ण को साथमा नभएको अवसर पारेर बिरजा नाम गरेको एक गोपिनी कृष्ण सङ्ग नजिकिने प्रयास गरिरहेकी थिइन । त्यही बेलामा राधा त्यहाँ टुप्लुक्क आइपुगिन् । कृष्ण को साथमा बिरजा लाई देखेर राधालाई असह्य भयो । उनले रिसले आँखा चिम्लेर बिरजा र कृष्ण दुबैलाई गाली गर्न थालिन । यसरी राधा रिसाएर ठुलो ठुलो आँखा पारेर चिच्याउन थालेपछि सबै गोपि गोपिनिहरू त्यहाँ आइपुगे । बिरजा भन्दै थिन्, ए राधा ! मैले त्यस्तो केही गरेको छैन कृष्ण मनमोहक भएको कारण म मोहित भएकी हुँ ।
कृष्ण ले पनि सम्झाउँदै थिए, ए राधे! तिमी किन रिसाएकी? के तिमीलाई ममाथी बिश्वास छैन? राधा जङ्गिदै कराउँदै थिइन् । हो मलाई तिम्रो कुनै बिश्वास छैन । जो केटि भेटे पनि त्यसैसङ्ग लहसिएको छ । लाज घिन सरम इख केही छैन । तिमी जस्तो नकचरो मान्छे मैले जिन्दगीमा कहिँ देखेको थिइन । यति भनेको सुनेपछि कृष्ण को बाल्यकाल को साथी सुदामालाई असह्य भयो । उनले बिचमा रोक्दै भनिन् ए राधा! त्यसरी कृष्ण लाई दोस नदेउ है तर सुदामा बोल्दाबोल्दै राधाले बिचमै काटेर भनिन् तिमी चुप लाग सुदामा यो कृष्ण र मेरो बिचको कुरा हो तिमी बिचमा आउन जरूरी छैन । सुदामा पनि के कम कृष्ण मेरो साथी हुन् भन्दै उनी जङ्गिन थालिन् । म तिमीजस्तो डाडे, अहङ्गकारी होईन मलाई त कृष्ण लाई सबैले प्रेम गरेको एकदमै राम्रो लाग्छ । यो सुनेर रिसाउँदै राधाले भनिन्, मलाई डाडे, अहङ्गकारी भन्ने तिमी कस्तो दरिद्र सोंच भएको मान्छे । तिमी जस्तो सोंच त्यस्तै दरिद्र भएर बाँच्नु परोस् । यसरी राधा ले सुदामालाई दरिद्र हुनु भनी दिएको श्रापको कारण सुदामा अत्यन्तै रिसाइन् । उनले रिस थाम्नै नसकेर ठुलो ठुलो स्वरले चिच्याउँदै हे घमण्डी राधा तँ अति नै बिष्णुमती र अत्याचारिनी रैछेस् । कृष्ण ले मन परायो भनेर तेरो घमण्ड यतिधेरै बढेको छ । तेरो र कृष्णको बिच धेरै बर्षसम्म बिछोड होस् । एक अर्काको बिरहमा तड्पी रहन परोस् । यसरी सुदामाले दिएकी श्रापको कारणले कृष्ण ११ बर्षको हुँदा नै बृन्दावन छोडेर मथुरा जानुपर्ने अवस्था आएको थियो । त्यसपछि राधा र कृष्णको बिछोड भएर बिबाह हुन सकेको थिएन । तर कृष्ण मथुरा जाने खबर सुनेपछि राधा अति नै दुखी थिइन् । कृष्णले त्यसरी छोडेर जाने सोंचले मात्रै पनि उनलाई चिन्ताले सताउन थाल्यो । उनी रिसले तिर्मिराउँथिन् । त्यस्तैमा कृष्ण लाई भेटेर उनले भनिन्, हे कृष्ण! तिमीले तिमीसङ्ग मलाई किन लग्दैनौ ? मलाई बिहे गरेर किन तिम्ले आफ्नी अर्धाङ्गिनी बनाउँदैनौ? राधाको यो कुरा सुनेर कृष्णले केहिपनी जवाफ दिएनन् । उनि त सरासर हिँड्न पो लागे । यो ताल देखेर राधा को रिस ले सिमा नाघ्यो । किन हो कृष्ण, के म तिम्रो लायक छैन? मलाई एक्लै तड्पाएर जान तिम्लाई खुशी लाग्छ हो? यसरी चिच्याएको सुनेर कृष्ण हिँड्दाहिँड्दै टक्क रोकिए र पछाडी फर्किएर हेरे । । कृष्ण को त्योबेलाको रूप देखेर राधा तिनछक परिन् । उनको घुँडै कम्जोर भएजस्तो भयो, उनको रिस त कता गयो कता । यसरी अति नै अचम्मित भएकी राधाको अगाडि कृष्ण उभिएको भए पनि उनको अनुहारमा काटिकुटी राधा को रूप जस्तै देखिएको थियो । यो देखेर राधा ले बल्ल बुझिन् कृष्ण भनेकै राधा हो, राधा भनेकै कृष्ण हो । त्यसैले यी दुई बिच कुनै फरक छैन । त्यसैले त राधा र कृष्ण दुबै ले बिबाह नगरे पनि, एक्लाएक्लै रहे पनि दुबैको सङ्गै पुजा गर्ने प्रचलन रहेको छ ।
कृष्ण ले राधा लाई छोडेर मथुरा गएपछि राधा हरेक दिन बनमा बसेर बिरह गित गाउँथिन् । एकदिन गोपिनिहरूले देखे राधाको खुट्टामा एउटा चहर्याईरहेको एउटा घाउ छ । गोपिनिहरूले त्यो घाउ कसरी लाग्यो भनेर सोधे तर राधा ले सामान्य घाउ हो भनेर टार्न खोजिन् । भोलिपल्ट, पर्सिपल्ट सधैं रगत बगिरहने निकै नहुने घाउ देखेपछि गोपिनिहरूले फेरि सोधे, बारबार सोधेपछी राधा ले भनिन्, “एकदिन कृष्ण को बाँसुरी खोसेर जङ्गल मा भाग्दै गर्दा यो चोट लागेको हो ।“ कृष्ण मथुरा गएको बर्षदिन पुगिसकेको थियो । गोपिनिहरूले पत्याएनन् एउटा जाबो जङ्गलमा लडेर लाएको चोट पनि बर्षदिनसम्म निको नहुने हुन्छ र? गोपिनिहरूले सङ्का गरेपछि धेरै पछि राधा ले भनिन्, यो घाउ निको नहुनुको कारण के हो भने म हरेक बिहान उठेर यो घाउमा बसेको खाटा उक्काउँछु । गोपिनिहरू अचम्मित भए राधाले लामो सास तानेर भनिन्, हररात मेरो सपनीमा कृष्ण आउँछन् र मेरो घाउमा मल्हम लगाएर जान्छन् । त्यसैले म हरेक बिहान खाटा बसेको पुरानो घाउलाई कोट्याएर आलो बनाउँछु ताकी मेरो हरेक सपनीमा कृष्ण आउन् र मेरो घाउमा मल्हम पट्टि गरिदिउन् । मर्नेबेलामा कृष्ण ले राधालाई सोधे, तिम्रो अन्तिम इच्छा के छ? राधा ले भनिन् तिम्रो बाँसुरिको धुन सुन्ने मन छ । यसरी राधा ले आफ्नो आन्तिम इच्छा बताएपछि कृष्ण ले बाँसुरी बजाएर सुनाएका थिए ।