Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चुनाव जित्न नागरिकता विधेयक

२३ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

सुरेशकुमार पान्डे– -
फेरी सरकारले नागरिकता बिधायक २०७९ पारित गराएको छ । वास्तबमा सरकारले बिगत आफ्नो कार्यकालदेखि जनताका बिरोधमा उठेका बिचारलाई लत्याउँदै पहिले एम सीसीलाई पारित गर्यो र अहिले नागरिकता बिधेयक पनि पारति भै सकेकोछ । एउटा नाटकिय ढंगबाट देशको अस्तित्वनै नरहने गरी बिदेशीहरू सँग सरकारले एक पछि आर्को सम्झौता गर्दै आएकोछ तर बिपक्षको भूमिका र कर्तव्य केहो त्यो स्वयम पनि बिपक्षले बिर्सिएकोछ । सरकारले अप्नाएको गलत बिचारको बिरोध नहुनुले पनि यो गठबन्धन सरकारको हिंम्मत बढेको हो । यो तानाशाही सरकारको जनविरोधी राष्ट्रघाती कृयाकलापको देशभक्तहरूले राष्ट्रियस्तरमा डटेर बिरोध गर्न नसक्नेहो भने देशनै नरहने अबस्था आउनेछ ।
जनमका आधारमा नागरिकता पाएकालाई वंशका आधारमा नागरिकता दिएपछी, ज्वाइँ भान्जाभान्जी समेतले नागरीकता पाएपछी देश कहाँ पुग्ला ? े बिहेगरेर ल्याएका बुहारीहरूले पनि बिदेशी नागरिकाबाट राजिनामा दिएपछी मात्र नागरिकता पाउने नियम हुनुपर्छ । बुहारी पोइल गए, तिनको नागरिकता खोस्ने प्रावधान पनि बन्नुपर्छ ।
बिगतमा जन्मका अधारमा धेरैजसो भारतिय नागरिकले नागरिकता पाएका थिए । िछमेकीहरूले नागरिकता पाएपछी नै देशमा संघियताको आवाज उठेको थियो । गजेन्द्र नारायण सिंहले संघियताको आवाज उठाएको छिमेकीको दवाबमा नै हो । यो खुला सत्य थियो ।
अहिले उनैका वंशजहरूलाई सरकारले नागरिकता दिन यो बिधायक ल्याएको थियो जस्लाई सरकारले पारित गराएर भारतलाई खुशी पार्ने प्रयत्न गरेको हो भन्ने कुरा प्रष्टैछ ।
हाम्रो जस्तो थोरै जन संख्या भएको देश जो तिन तिरबाट खुला सिमाना भारत सँग सटेको छ त्यो देशमा छिमेकी मुलुकबाट नेपालमा आएर बच्चा जन्माएका ति बच्चाहरूलाई जनमको आधारमा नागरिकता दिंदा धेरै बिदेशीहरूले नागरिकता पाएका थिए अहिले उनैका आश्रितहरूले नागरिकता पाउनेछन् । त्यसपछि देशमा अंगिकृत नागरिकहरू भारिमात्रामा ठुलाठुला देशका सर्वोच्च पदमा पुगेपछी देश रहला?जबकी हाम्रो सन्तान भारतमा पुस्तौं देखून बसोबास गरेका वा जमिन सँगसंगै गएका नेपालीहरूले अहिलेपनि देशबिहीन भएर बाँच्नु परिरहेको अबस्थाछ ।
बिगतमा आसम मेघालयबाट एक लाख बढी नागरिकहरूले राष्ट्रिय पहिंचान पत्र पाउने आधारभूत दस्तावेज नहुँदा देश निकाला हुने कगारमा थिए । त्यो भन्दा पहिलेपनि सन १९८६मा मेघालय बाट हजारौं हजार नागरिक अपमानजनक भगाएका थिए । जम्मु कास्मिरमा ज्युँदै पोलेको उधाहरण छ, आसामको मेघालय बाट उनिहरूलाई कुटपिट सुत्केरीलाई बलात्कार गरेर खेदिएको अमानविय घटना हाम्रो सामुछ । त्यो मात्रै होइन नेपाली भाषिहरूले आफुले बोल्दै आएको भाषाको लागी पनि लामो बलिदानी पूर्ण शंघर्ष गरेपछि मात्र नेपाली भाषालाई आठौं सुचिमा सामिल गरेकोथियो ।
हाम्रो देश सानु दुई ठुलाठुला देशको चपेटमा परेकोछ यस्तो अबस्थामा नागरिकता जस्तो अति सम्वेदनसिल डोकोमेन्टलाई अलि सक्त हुनुपर्ने हो तर सरकारले पटक पटक अत्यन्तै सम्वेदनसिल नागरिकता जस्तो बिषयलाई झनपछि झन लचिलो बनाउँदै नेपाली नागरिकताको ब्यापार गरिरहेकोछ । यसबाट देश फिजि जस्तै मिनि इण्डिया त लगभग बनिसकेको छ अब बिस्तारै फिजी बनाउन सरकार आफै प्रयासरत देखिन्छ । एकातिर छिमेकीले सुगौली सन्धिबाट जमिनसँग भारतमा बसोबास गरेका नेपाल मूलका भारतिय नागरिकलाई प्रवासी नागरिक जस्तै ब्यबहार गर्दै आएको प्रष्टैछ । अर्कोतिर भारत र नेपाल बिच भएको शान्ति तथा मैत्रि सन्धिको तहत नेपाल र भारतका नागरिकलाई समान रूपले आवत जावत गर्ने छुट दिएर देशलाई अल्पमतमा पर्नेगरी छुट दिएकोछ । सिमानामा कुनै तारबार वा पर्खाल केहीछैन खुल्मखुला आवत जावत हुन्छ यो अबस्थामा नेपाललाई ठुलो नोक्सानको सामनागर्नु परेकोछ । सन १९५० को सन्धिको धारा सातले गर्दा हाम्रो देश फिजि तुल्य भएकोछ । सन्धिको धारा सातलाई त भारतले उपयोग गरेर देशलाई बिस्तारै फिजि बनाउँदै लगेकोछ तर त्यही सन्धिको धारा आठले “यो भन्दा पहिलेका तमाम सन्धि सम्झौता र  कवुलियतनामालाई खारेजी गरेकोलाई भने रद्धिको टोकरीमा फालेकोछ त्यो बुंदा भारतले कहिल्यै लागुगरेन ।
१८१५÷१६मा भएको सुगौली सन्धिलाई यो सन्धिले खारेज गर्दा पनि ब्यबहारमा भने कहिल्र्यै खारेज गरिएन् ।
बरू सिमानामा अतिक्रमण रोकिएको छैन, लिपुलेख लिम्पियाधुरा र कालापानीको जमिन अहिलेपनी फिर्ता आएको छैन । खोलाले भारतमा पुराएको दोधारा चाँदनीका जपी त्यो चुच्चे नक्सा नेपालको संसदको पुरै मतले पारित भयको थियो तर पनि त्यो लागुहुन नसक्नु भनेको पुरै देशको अपमान हो भनेर कहिले र कोले हो बुझ्ने ? हामीले छिमेकीलाई के भन्ने ? जबकी हाम्रै देशका नेताहरू छिमेकीका अगाडी नतमस्तक हुन्छन, कठपतली नाच नाचेका छन् । उनिहरूले देशका जनताहरूको अमूल्य मतलिएर बिदेशीको दलालि गरेकाछन् यही हाम्रो देशको जटिल अबस्थाहो । आठौटा देश मिसिएर बनेको सार्कले पनि भारतिय पक्षपोषण गरेको हुन्छ यदि त्यसो हुंदैनथ्यो भने अहिले श्रीलंकाको अबस्था यस्तो दयनीय हुने थिएन । हामीले सार्क देशमा मात्र होइन विश्वमा आफ्नो देशको लागी सुरक्षाको आवाज उठाउन सक्नुपर्छ । अन्यथा हाम्रो देश संसारको दोस्रो श्रीलंका हुनेछ । अहिले श्रीलंकाको अबस्था कसैबाट लुकेको छैन त्यसबारे यहाँ उल्लेख गर्नुपर्ला र ? देशलाई देशका दुश्मनले भन्दापनी हाम्रो देशभित्र लुकेर बसेका नव लैण्डुपहरू द्वारा बढी खतरा भएको छ । केही दिन पहिले प्रचण्ड र आरजू देउवा दिल्लीबाट फर्किए लगातै नागरिकता बिधेयक पारित भयो । जबकी प्रचण्डले सन १९५० को सन्धि अवलोकन गराउन आफुले सुरूंग खन्न परेपनि पछि नहट्ने भनेर मिडियाहरूमा भन्दै हिंडे तर उन्को सक्लि अनुहार छर्लङ्गै भएकोछ । अहिले हामी राजनीतिक पार्टीहरू घरघरै खोलेर आपसमा लुछालुछ गर्न त सक्छौंस्तक्षेपको मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न सक्तैनौ भने हामीले गरेको राजनीति किन र कस्का लागी हो ? हाम्रा पूर्वजहरूले आ–आफ्नो बलिदान दिएर देशको रक्षा यसैका लागी गरेका थिए ? होइन भने अब हामी सचेत संगठित भएर राष्ट्रियताको झण्डा उठाएर अगाडी बढौं ।
के नेपाली नागरिकता यति सस्तोछ जुन सरकार आउँछ डिलर खोलेर बस्दछ । तमाम राजनीतिक दलहरू, बुद्धिजिवीहरूले यो देशका देशभक्त पत्रकारहरूले यस बारे निदार खुम्चाएर सोंचौ र यो नागरिकता बिधायक तत्काल खारेज गर्न आवाज उठाउँ । हामिले दुनियाँभरीका लागी लडेर बहादुरी प्राप्त ग¥यौंं, नालापानीमा भोकै प्यासैपनि लडेर देशकोलागी सहदात प्राप्त ग¥यौं के अहिले यो बिदेशीको शड्यन्त्रको मुकाविला गर्न राष्ट्रिय एकतावद्ध हुन सक्दैनौँ ? एक बनेर अघि बढौं ।