Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

मदन रेग्मीको निष्कर्ष ः डा.लोहनी अवसरवादी

२३ सोमबार , श्रावण २०७९४ बर्ष अगाडि

पूर्व जलश्रोत सचिव द्वारिकानाथ ढुङ्गेलले आफ्नो पुस्तकमा भारतले  महाकाली सन्धि गर्दिन भन्दा भन्दै पनि तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्रमन्त्री प्रकाश चन्द्र लोहनी र जलश्रोत मन्त्री पशुपति शमशेरले प्रणम मुखर्जीलाई हात जोडेर  महाकाली सन्धि गराएका हुन भन्ने पढेको थिए । जहाँसम्म मलाई थाह छ, सहि गर्ने बेलासम्ममा सन्धिको लागि तयार गरेको पहिलो मस्यौदामा व्यापक हेरफेर गरि भारतीयहरूको ईच्छा अनुसार सन्धि पत्र  वनिसकेको थियोे । त्यो सरकार नेपाली काङ्ग्रेस र राप्रपा मिलेर वनेको थियोे । राप्रपा का नेताहरूको बहुदल आएपनि आफ्नो पक्षका मन्त्रीहरू बनाउदा राजा विरेन्द्रसँग परामर्श गर्ने चलन रहेछ । राजा विरेन्द्र डा. लोहनीलाई स्थानीय विकास र कमल थापालाई परराष्ट्रमन्त्री दिने पक्षमा थिए । सकेसम्म पशुपति लाई पनि जलश्रोत मन्त्री बनाउन नहुने राजाको जिकिर सुनेको थिए ।राप्रपा को मन्त्रीहरू छान्ने कमिटीमा लोकेन्द्र वहादुर चन्द, राजेश्वर देवकोटा र सुर्यवहादुर थापा थिए ।प्रकाश चन्द्र लोहनीले टनकपुर योजना वारेमा संसदको समितिमा दिएको प्रतिवेदनमा ईमानदारी देखाएको विश्वास गर्ने एकजना प्रभावशाली ब्यक्तिले प्रकाशचन्द्र लोहनीलाई परराष्ट्रमन्त्री बनाए उसले देशको हितमा काम गर्छ भन्ने अल्लारे अडान लिएपछि तिनको कुरा सुन्ने लोकेन्द्र र राजेश्वर देवकोटाले राजालाई विन्ति गरेपछि प्रकाशचन्द्रलाई परराष्ट्र दिन मिल्ने कुरालाई राजाले काटेनन् । सो प्रभावशाली ब्यक्तिले लोहनीलाई तिमी परराष्ट्रमन्त्री होउ भन्दा उनले मलाई चुनाव लडनु पर्छ स्थानीय विकास मन्त्रालय नै ठिक छ भनेपनि धेरै दवाव दिएपछि र प्रधानमन्त्री हुने वाटो खुल्छ भनेपछि लोहनीले खुसी भएर परराष्ट्रमन्त्री हुन स्विकार गरे । पछि आएर थाहा भयो परराष्ट्रमन्त्री लोहनी र जलश्रोत मन्त्री पशुपतिशमशेर दुवैजना भारतलाई खुसी पार्न जे गर्न पनि तयार हुने मान्छे रहेछन । यी दुई जनाले शेरबहादुर लाई च्यापेर भारतले जे चाह्यो  त्यहि अनुसार सन्धिपत्र वनाएर सम्झौता पनि गरे । पछि भारतको खास मान्छे सूर्यबहादुर थापाको मन्त्रीमण्डल मा पनि लोहनी अर्थमन्त्री वनेका थिए । सूर्यबहादुरले पनि पत्याएका मान्छे लोहनी दिल्लीको खास मान्छे रहेको क्रमश खुल्दै गयो । लोहनीलाई परराष्ट्र र पशुपतिलाई जलश्रोत मन्त्री हुँदैन भन्ने राजा वीरेन्द्रको विचार परिपक्व थियोे भन्ने पछि अरूबाट पनि सुनियो । डा. लोहनी ती अवसरवादीहरू मध्येमा पर्छन जो सत्ताबाहिर हुँदा राष्ट्रवादी वन्छन् ।