Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

लिउको नेपाल भ्रमण किन भयो ?

०९ सोमबार , श्रावण २०७९४ बर्ष अगाडि

सीपीसीका प्रमुखको नेपाल भ्रमणले ल्याएको तरङ्ग कम भएको छैन । चीन अध्ययन केन्द्र स्थापना गरेर चीनका निकट रहेर काम गरिरहनु भएका मदन रेग्मीले सीपीसीका विदेश विभागका प्रमुख लिउ जियाङ्चाओको नेपाल भ्रमणका किन भएको होला भन्ने सन्दर्भमा आफ्नो प्रतिक्रिया यसरी लख्नुभएको छ–
नेपाल कम्युनिस्ट पार्टी माओवादीका परराष्ट्र हेर्ने राम कार्कीले अध्यक्ष प्रचण्ड दिल्ली जाने आफुलाई थाह थिएन भनेका छन् । त्यो पार्टीको लागि यो कुनै नौलो कुरा होईन । जाने र वोलाउने कति हतारिएका होलान् । आखिर सवै कुरा त य दिल्लीमा पुगि हाल्छ । चिनियाँहरू अब बाम एकता भन्ने हावादारी कुरामा के लाग्लान ?
त्यसैले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ ज्याडच्याओ ले नेपालमा बढदो खतरा देखेको हुनाले आफ्नो पहिलो विदेश भ्रमण नेपालवाट शुरू  गरे । उनले सवै पार्टीहरूसँग समान सम्बन्ध राख्ने र देशको हितमा सबै पार्टी मिल्नु पर्छ भन्ने कुरामा जोड दिए । नेपाली काङ्ग्रेस सँगको सम्वन्धलाई नजिक बनाउने प्रयास गरेको देखियो । उनले सुन्दरीजल स्थित बीपी संग्रहालयमा पुगेर विशेष कार्यक्रममा सरिक हुनु पनि चिनियाँ कम्युनिस्ट पार्टीले नेपाली काङ्ग्रेसलाई धेरै नजिक ठानेको देखिन्छ । लिउले राष्टपतिसँगको भेटघाटमा ‘नविर्सनुहोस हामी पनि छौ’ भनेर  गम्भीर सन्देश दिए । चीन छिमेकी मात्र होइन महाशक्ति राष्ट्र हो । उसको कुनै पनि भनाइलाई हामीले गम्भीरताका साथ लिनैपर्छ । तटस्थ नेपाल यस क्षेत्रकै हितमा छ । कुनै पनि मित्रराष्टको विरूद्ध खेलिने खेल मैदान नेपाल वन्नु हुँदैन । तिब्बतीहरू नेपालमा सुविधायुक्त जीवन बिताईरहेका छन् । यिनीहरूले नेपालको नियम र कानुन मानेर बस्नुपर्छ । गठबन्धन सरकारले पनि एक चीन नीतिलाई स्विकार्दै आएको र कुनै पनि मित्रराष्ट विरूद्ध नेपाल को भूमि प्रयोग हुन नदिनेमा बचनबद्व छ । भोलि के हुने हो त्यो त भविष्यले भन्ने छ । यद्यपि, हाम्रो देश शक्ति राष्ट्रहरूको द्वन्द्वबाट टाढै बस्न सक्नुपर्छ ।