Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

परिवर्तन हुदैछ

०२ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

शाश्वत शर्मा - -
प्रधानमन्त्री पत्नी आरजु देउवाको पटक पटकको दिल्ली भ्रमणपछि माओवादी अध्यक्ष प्रचण्डसमेत दिल्ली भ्रमणमा लागे । भन्नलाई भाजपाका अध्यक्षको निम्तो भनिए पनि उनले प्रधानमन्त्री मोदी, परराष्ट्रमन्त्रीलगायतलाई भेट्नुले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण लगत्तै उनलाई निम्त्याइनु, भाजपाका विदेश विभाग प्रमुखले नै स्वागत गर्नु र संस्थापन पक्षले उच्च महत्व दिनुले नेपालमा चीनभन्दा भारत धेरै प्रभावकारी छ भनेर देखाउनु नै हो । प्रचण्डको भारत भ्रमण र भारतमै प्रधानमन्त्री पत्नीलाई समेत सँगै राखेर वार्ता हुनु भनेको अनेकार्थका रूपमा बुझ्न सकिने विश्लेषण विश्लेषकहरूले गरेका छनन् ।
प्रधानमन्त्री देउवाको बढ्दो उमेर र घट्दो साखका कारण प्रचण्ड र आरजुलाई मिलाउने र भारतको स्वार्थका लागि भावी टुल्स तैयारीमा लागेको हुनसक्छ । यद्यपि यतिबेला प्रधानमन्त्री देउवा भए पनि हर्ताकर्ता प्रचण्ड नै हुन् । आगामी चुनावलाई समेत दृष्टिगत गरेर भारतले यी दुबैलाई बोलाउनुको उद्देश्य ‘ब्ल्याकमेल’ नै हुनसक्छ । यिनका अनेक भ्रष्टाचारका प्रकरणका कारण आफ्नो बशमा राखिराख्न भारतले राजसंस्थाको दाउ प्mयाँकेर यिनलाई एकोहो¥याएको हुनुपर्छ । हुन पनि नेपालमा संघीयता, धर्मनिरपेक्षताको खारेजीको माँग राखेर नेपालभित्रै बिद्रोेहको वातावरण बनिरहेको र २०७२ सालको संविधानलाई भारतले अझै मान्यता दिइनसकेको स्थितिमा नेपालमा भारत प्रभावकारी छ र त्यही प्रभावको छहारीमा प्रचण्ड र आरजु देउवा सुस्ताउन खोजेका छन् । भारतलाई पनि यस्तै हुन्छ बहादुर चाहिएको छ । सत्तामा जाने कि जेल जाने ? भन्ने प्रश्नमा यिनीहरू भारतको शरण परेका हुन् । सजिलो र स्वार्थीहरूका लागि भारतको शरण सबैभन्दा सुरक्षित गुँड हो । भारतले चाहेको भारतीय नीति र निर्देशनको पालना गर्ने आज्ञाकारी ।
थाइलेण्ड पुगेका पूर्वराजासँग चीन र भारतका उच्चाधिकारीहरूले भेटिरहेका छन् । केही पश्चिमाहरूसँग पनि पूर्वराजाको भलाकुसारी चलेको बताइन्छ । राजनीतिक बजारमा अनेक घटनाक्रम भएका छन्, अनेक चर्चा परिचर्चा जारी छन् । हुनसक्छ, पूर्वराजा पनि अति भयो भनेर अन्तिम कसरतमा लागेका हुनसक्छन् । पूर्वराजाको पनि ढल्दो उमेर, नयाँ पुस्ताले राजसंस्थालाई भुल्दैजाने भयका कारण पनि पुर्षाको भार एकपल्ट उठाउन चाहन्छन् उनी । राजसंस्थाले निर्माण गरेको यो मुलुक उनकै हातबाट फुस्कियो । यो दाग सायद उनी मेटाउन चाहन्छन् ।
विश्लेषकहरू त श्रीलंकामा राजापाक्षे खान्दानको जुन तरिकाले बिस्थापन भयो, भागाभाग देखियो, नेपालका नेताहरूको पनि त्यही हालत हुने संशय बढ्न थालेको छ । २०६३ सालपछि बिकृति र बिसंगति बढेको पक्का हो । भ्रष्टाचारले राज्यव्यवस्था थिलथिलो पारिएको पनि निश्चित हो । गभर्नरले नै अर्थव्यवस्था डावाडोल भएको र सुधारिने क्रममा नलागे केही महिनामा नेपाल श्रीलंकाको बाटोमा लाग्नेछ भनिसकेका छन् । अर्थात् भण्डार रित्तिसकेको छ । १७ खर्बको बजेट, १८खर्बको विदेशी ऋण, १६ खर्बको व्यापारघाटा सुन्दा पनि कहाली लाग्छ । गणतन्त्रे सत्ताधारीहरूले छिमेकी र अमेरिकाजस्ता मुलुकलाई बदनाम गरिदिएको पनि साँचो हो । आन्तरिक र बाह्य दुबैतिर वर्तमान नेतृत्वप्रति रूष्ठता बढेको छ । विश्वासको सङ्कट र नैतिक धरातल खस्कदै गएको नेतृत्वपङ्तिका कारण देशको इज्जत कमजोर हुँदैछ । 
यो संविधान, व्यवस्था र नेतृत्व सबै खारेजी हुनैपर्ने देखिन्छ । कसैले पनि देशको चिन्ता गरेनन्, अभिभावकत्व दिन सकेनन् । एमालेका अध्यक्षले २०६३ वैशाख ११ गतेको सन्देश मैले लेखेको हुँ भन्नु र संघीयता खारेजीका कुरा उठाउनुले केही सङ्केतहरू देखिएका छन् । तर अन्य कम्युनिष्ट र कांग्रेस लुट्नमै व्यस्त छन् । गठबन्धन गरेर सिद्धान्तहीन राजनीतिले देशलाई उल्टोबाटो हिंडाएको छ । खासगरी संघीयता सेता हात्ती भयो, यसलाई खारेजी गर्नैपर्छ भनेर हरेक दलभित्र बहस सुरू भइसकेको छ । संघीयता भनेको पार्टीका नेता तथा कार्यकर्तालाई जागीर दिने र जनताले तिरेको करको दुरूपयोग गर्ने अर्थमा मात्र बुझ्न थालिएको छ । नेपालमा भइरहेको लठभद्र स्थितिको अन्त्य नहुने हो भने नेपालबाट सुरू हुने शक्तिराष्ट्रहरूको तानातान र तनावले विश्वयुद्ध हुनसक्ने सम्मको भयग्रस्त चर्चा सुरू भएका छन् ।्
आम नेपाली यस्तो चालले भएन भन्न थालिसकेका छन् । अर्को राजनीतिक परिवर्तन हुनसक्ने परिस्थिति बन्दैछ । लखनौं लूट, नीति र सिद्धान्तहीनताविरूद्ध सबैतिरबाट पहल भइरहेका देखिन्छन् । संविधान र गणतन्त्र देखाएर जे जति मनपरी भइरहेका छन्, ती अब अस्वीकार्य हुन थालेका छन् । बिस्तारै नेपाल पुनः राजतन्त्रकै छहारीमा जाने अवस्था सिर्जना भएको छ । अति गरे खति हुन्छ भनेझैं गणतन्त्रेहरूले अति गरिरहेका छन् । न्याय भन्ने नै रहेन । समानता भन्ने नै छैन । विभेद झन झन बढेर गएको छ । यी शासकहरू यतिबिघ्न असक्षम सावित भए कि नेपालका मित्रहरूको नेपालभित्रै अपमान भइरहेको छ । यसकारण पनि परिवर्तन हुने लक्षण देखिएको छ । यो नेपाल र नेपालीका लागि सुखद परिवर्तन हुनसक्नेछ ।