Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सरकारस“ग मेरो प्रश्न

२० सोमबार , असार २०७९२ बर्ष अगाडि

– बुद्धिनारायण श्रेष्ठ –
   सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति खोई ?
१९५० को नेपाल–भारत शान्ति मैत्री सन्धिको सक्कल प्रति कहाँ छ ? १८१६ मा ब्रिटिश–इन्डिया र नेपालले गरेको सन्धि र नेपालले वर्तमान भारतसँग गरेको सन्धिको सक्कल १÷१ प्रति नेपालसँग हुनुपर्ने होइन र ?
किन नेपाल सरकारले देखाउन सक्दैन ?
१९५० को सन्धिको सक्कल प्रति london को Kiwi Garden मा रहेको Public Record Office मा मैले सन् १९९८ मा हेरेर आएको छु ।
त्यसमा राजा त्रिभुवनले endorseगरेको पत्र पनि छ ।
सरकारले चाह्यो भने त्यसको Catalogue Number म दिन सक्छु । सक्कल सन्धि कूटनीतिक तहबाट तुरुन्त झिकाउनु पर्यो । हराएका र बेचिएर अमेरिका, बेलायत पुगेका नेपालको मूर्ति धमाधम फिर्ता हुँदैछन् भने, नेपालसँग हुनुपर्ने सन्धिहरुका सक्कलै प्रति फिर्ता ल्याउन सकिदैन र ? सरकार किन गम्भीर हुनसकेको छैन ?