राजन कार्की - -
कानुन छ, कामै गर्दैन ।
रुसो भन्थे– कानुन जनताको आवाज हो । नेपालका सन्दर्भमा जनताको आवाज सुनिन्न किनकि जनप्रतिनिधिको मुखण्डोलगाएका सिमित बर्ग कानुनलाई खेलौना बनाइरहेका छन् । कानुन देशको नैतिक उन्नतिको ऐना हो र यो ऐनामा नेपालको अवनतिबाहेक केही देखिन्न । किनकि जो शासन सत्तामा छन्, ती सबै अनैतिकताको पोखरीमा आहाल बसिरहेका छन् । गान्धी भन्थे– शासन र सहरको भव्यता गरीबको रगतले बनेको हो ।
जो जनयुद्धमा जनता र सुरक्षाकर्मी मार्थे, ती आजकल सत्तामा पुग्न तिनै जनतालाई नमस्ते गर्छन्, सत्तामा पुगेपछि आफैले गोली ठोकेर मारेकालाई सलाम गर्छन् । यस्तो तमासा वर्तमान नेपालको कर्मकाण्डी राजनीति बनेको छ । हाम्रा राष्ट्रपतिको बुलेटप्रुफ भवन, गाडी र डेढअर्वको हेलिकोप्टर गरीबकै रगतले किनिएको हो । संसदमा पुगेको सांसद र सत्तामा पुगेका मन्त्रीहरु जनताको शोषण गरेर सम्पन्नता र प्रभाव आर्जन गरिरहेछन् । प्रधानमन्त्रीको भव्य रहनसहन पनि गरीबकै रगतको परिणाम हो । शेक्सपियरको एउटा भनाई खुब प्रख्यात छ– पापले होइन दयाले साहसी बनाउछ । हाम्रा शासक बर्ग पापमाथि पाप गर्दैछन्, नैतिक रुपमा टकटकिएर भाङ्ग्रो बन्दैछन् र नक्कली साहस देखाइरहेछन् । हो, यी नक्कली मयुरहरु आर्थिक रुपमा सम्पन्न त भएका छन्, लोक र लोकतन्त्र बलियो बनाउने मनोकाञ्छा यिनमा छैन । जनता यिनलाई घृणा गर्छन्, ३ करोड जनसंख्याको देशमा तिसौं हजार शहीद घोषणा गर्नेहरु नयाँ नेपाल बनाउने सपनाको व्यापार गरिरहेछन् ।
परिवर्तित राजनीतिमा ठूला मानिएका शेरबहादुर देउवा, प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, केपी ओलीजस्ता नेताहरु सबै प्रधानमन्त्री भइसके । यिनीहरु हरेक गलत कुराहरु भारतबाट अनुकरण गर्छन् । भारतका पहिलो राष्ट्रपति बनेका डाक्टर राजेन्द्र प्रसाद राष्ट्रपति भवन पुग्दा सहयोगीहरुले उनलाई सुत्ने कोठा देखाएपछि त्यो भव्य आरामदायी कोठा देख्नासाथ राष्ट्रपति राजेन्द्र प्रसादले पहिलो आदेश दिए– मेरो देश गरीब छ, म यो पलङमा कदापि निदाउन सक्दिन । मलाई सामान्य खटियाको व्यवस्था गरिदिनु । यो २६ जनवरी १९५० को घटना हो । उनी १३ मे १९६२ सम्म राष्ट्रपति पदमा रहे र उनी सामान्य काठको खाटमा सुते, सामान्य जीवनयापन गरे । पदको दुरुपयोग गरेनन् । सरलताले जनताको नजरमा सम्मानको उचाइ बढ्छ भन्ने कुरा नेपाली नेताले कहिल्यै सिकेनन् ।
िसुरा र सुन्दरी, सत्ता र सम्पत्ति ः यही हो नेपालको राजनीति । चिनियाँ इतिहासकार फाह्यानले चाणक्यका बारेमा लेखेका छन्– जुन देशका प्रधानमन्त्री सादा जीवन, उच्च विचार लिएर झोपडीमा बस्छन्, त्यो देशका जनता सुखी र सम्पन्न हुन्छन् । जुन देशका प्रधानमन्त्री राजमहलमा निवास गर्छन्, त्यो देशका जनताको भागमा झोपडी मात्र हुन्छ । नेपालको लोकतन्त्रले न चन्द्रगुप्त मौर्य पायो, न चाणक्य । लोकतन्त्रले लुटतन्त्रमात्र ल्यायो । प्राचीन मगध साम्राज्य जसरी भयावह र हाहाकारमय थियो, नेपालको गति मति त्यही छ । जनआन्दोलनको सफलतालाई बसन्त परिवर्तन भनियो । बसन्त परिवर्तनपछि दुराचार बढ्नु भनेको नैतिकपतनको श्रृंखला हो । यो श्रृंखला रोकिएन, बढ्यो ।
अंग्रेजी कथन छ ः राजनीति थ्री डब्लु अर्थात ओमन, वेल्थ, वाइन हो । यसलाई नेपालीमा सुरा, सुन्दरी र सम्पत्ति (सत्ता) भन्दा हुन्छ । सत्ताभित्रै पर्छ यौन । धार्मिक ग्रन्थहरुमा महिलालाई शक्तिकी देवीको रुपमा पूजा गरिन्छ । आधुनिक युगमा महिलालाई यौनसोख, पोसाकका रुपमा ग्रहण गर्ने प्रचलन आयो । नारी माया हो, नारी आकर्षण हो, नारी सिर्जना र जीवनलीला हो । नारी संहारकर्ता पनि हो । यसैकारण नारीलाई आधा आकाश, आधा संसार पनि भनिन्छ । नारीका अनेक रुप छन् । नारी सिर्जना, शक्ति, सेक्स र सम्पत्तिको स्रोत पनि हो । तर नेपाली राजनीतिमा नारीलाई औजारका रुपमा प्रयोग गरिने प्रचलन बढ्यो । नारीको मानभन्दा अपमान बढ्दै गएको छ । नारीमाथि हिंसा, बलात्कार र हत्या सामान्य हुनथालेको छ । नारीको महिमा मर्दन गर्ने व्यक्ति वा मुलुकको बिनास निश्चित छ ।
नेपाली राजनीति अपराध, शक्ति, सम्पत्ति र यौनको समिश्रण झोल भयो । यही घोल झोल राज्यशक्तिको पोल बनेर उभिनपुग्यो । जसले जस्तोसुकै सफा खोल ओढे पनि उसको खोलभित्र फोहरी ओमन, वेल्थ, वाइन र सत्ताको फोहरको दाग प्रष्टै देखिन्छ । दागी नेता र राजनीतिले स्वच्छता, सम्बृद्धि ल्याउँछ भनेर अपेक्षा गर्नु मुर्खता हो । किनकि दागी अगुवाहरु निष्ठा र नीति, नैतिकता र चरित्रलाई स्वार्थका लागि बेचिरहेका छन् । जो नीति र नैतिकता बेच्छ, उसँग के बाँकी रहन्छ र देशले पाउने ?
इटलीमा ग्यारवाल्डीले योङ् इटली संगठन गरे र रेड सर्ट पार्टी खोले । पछि त्यही दलले इटलीलाई ऐतिहासिक गौरव दिलायो । जनयुद्धको सफलता र संघीय लोकतान्त्रिक गणतन्त्र कमान खुस्केको घडीजस्तो भयो । यो न शोभा बन्यो, न ठिक समय थाहा पाउन नै काम लाग्यो । लोकतन्त्र त बाँदरको हातको नरिबल पो बन्यो । शेक्सपियरले लेखेका थिए ‘कायरहरु धेरैपटक मर्छन्’ । माओ, चारु, चाउ, जयप्रकाश नारायणको इतिहास साहसको इतिहास हो, हाम्रा कम्युनिष्ट, समाजवादीहरुको इतिहास जनतामारामात्र भयो ।
सत्ता र शक्तिका लागि जंगबहादुरले यौन र हतियारको यसरी प्रयोग गरे कि उनले कोतपर्व नै मच्चाइदिए । कोतपर्वबाट उदय भएका जंगबहादुरको शासन १०३ वर्ष लामो राणा शासन बन्यो । राणाहरुले सत्ता र शक्तिका लागि के गरेनन् ? जुद्धशमशेरले त सिंहदरवारमा बेलायती बैठक नै बनाए, बेलायती बैठकको भ¥याङदेखि भान्छासम्म, बेडरुमदेखि बाथरुम सम्म नग्न युवतीहरु राखेर आफूलाई कामुक कामदेव नै बनाएको इतिहास छ । वर्तमान कामदेवहरुले सिंहदरवार त बनँएनन्, कालोधनको थुप्रोमा गजधम्म बसेर स्वीस बैंकसम्म धन थुपार्न भ्याएका छन् ।
पृथ्वीनारायण शाहका भाइ सिंहप्रताप शाह र मैचा महारानीको प्रेमलीला र उनले गरेको योनी तन्त्रसाधना, नौवटी केटीसँग राशलीला गरेर तिनीहरुलाई बिर्य खुवाएका अनेक प्रसङ्गहरु पनि राजनीतिकै एउटा पाटो हो । बहादुर शाह र महारानी राजेन्द्र लक्ष्मीवीचको यौन सम्बन्ध पनि नेपाली राजनीति कै एक अध्याय हो । २०५८ सालमा दरवार हत्याकाण्डमा युवराज दीपेन्द्र र पशुपति शमशेर जबरा पुत्री देवयानीको प्रेम कथा पनि रोमाञ्चक छ, जसको पुरा विवरण शायदै कहिल्यै खुलस्त होला । यस्तै रहस्यको संसार हो जनयुद्ध र जनआन्दोलनपछिको राजनीतिक पाप प्रकरण र भ्रष्टाचार महाभारत । इतिहासमा साह्रै दर्दनाक सत्ता र शक्तिको घटना छ– एकीकरणपूर्वको पाटनका ६ प्रधानले मच्चाएको आतंक । बिसं १८०९ देखि १५ सम्म पाटनका राजा थिए विश्वजीत मल्ल । राजालाई मोहबसमा पारेर ६ प्रधानले हालीमुहाली चलाउँदा नियन्त्रण गर्न खोजेका कारण एक प्रधानले राजामाथि आफ्नी श्रीमतीलाई सुताएको आरोप लगाए । त्यही आरोपलाई ६ प्रधानले मिलेर यसरी जनतामाझ झ्याली पिटाए कि राजा विश्वजीत अधर्मी हो, कुकर्मी हो । नभन्दै जनता राजाविरुद्ध बिद्रोह गर्ने मनस्थितिमा पुगे, ६ प्रधानले सशस्त्र विद्रोह गरेर राजा विश्वजीतलाई गद्दीच्यूतमात्र गरेनन्, सही कुरा सार्वजनिक होला, जनताले थाहा पाउलान् भनेर अपदस्त राजा विश्वजीतलाई पाटन दरवारभित्रको तलेजु भवानीको मन्दिरको मूलढोकामा बलीको बोकालाई पर्साएजसरी पर्साएर काटे । जनआन्दोलनमा जनतलो निरंकूशता विरुद्ध आन्दोलन गरे, पार्टीहरुले मिलेर राजतन्त्र र हिन्दुराष्ट्रको बली चढाए । त्यतिबेलाको ६ प्रधान र अहिलेका ६ नेतामा के भिन्नता छ र ? हुन त ल्हासाको कुतीलाई नेपालको अधिकारक्षेत्रभित्र ल्याउने भीम मल्ललाई षडयन्त्रकारीको कुरामा लागेर राजा लक्ष्मीनर्सिङ मल्लले मृत्युदण्ड दिएका थिए । हिष्ट्री अफ नेपाल, ट्रान्सलेटेड फ्रम पर्वतीय भन्ने पुस्तकमा डेनियल राइटले लेखेका छन्– भीम मल्लकी श्रीमती सती जानुअघि दरवारमा कहिले विवेक नहोस् भनेर श्राप दिएकी थिइन् । अहिलेको दरवार ठूला पार्टी हुन्, तिनमा विवेक पटक्कै देखिदैन । यस्तै घटना हो– २०६५ साल जेठ १५ को गणतन्त्र कार्यान्वयन । मौर्यवंशी चक्रवर्ती महाराज अशोकले विश्व बिजय हासिल गरे, कलिंगाको युद्धपछि यौनतीर्खा मेटाउने इच्छा पूरा नहँुदा उनले लुम्बिनी आएर बुद्धको मूर्तिका सामु तरवार बिसाएर बुद्धमार्गमा लागे । लडाकु अलाउद्दीन खिल्जीको कथा पनि खुकुरी र यौनकै हो ।
इतिहासमा सुन्दरी क्लियोपेट्राको प्रसङ्ग पनि आश्चर्यपूर्ण लाग्छ । उनी आफ्नो सुन्दरता निखार्न, तिखार्न र उजिल्याउन हरेक दिन गधाको दूधले नुहाउँथिन् । उनले नुहाएको दूध पिउन प्रेमीहरु तँछाडमछाड गर्थे । मानौं अमृत हो क्लियोपेट्राले नुहाएको गधाको दूध । क्लियोपेट्रासँग सुत्न, नजिकिन राजामहाराजा, सामन्तहरु सर्वस्व लुटाउन तैयार भएका बृतान्तहरु इतिहासका पानाभरि पढ्न पाइन्छ ।
हिटलर यौन भनेपछि भुतुक्कै हुन्थे । हिटलरकै सिको गरेर यौनान्द लिने पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको मोनिका लेवेन्सीको यौन काण्डले विश्वलाई नै यौनमय समाचारले छपक्कै छोपिदिएको थियो एक जमाना । त्यति बेला आफ्ना पति तथा देशका राष्ट्रपति बिल क्लिन्टनलाई उनकी श्रीमती हिलारीले माफी दिएको प्रसङ्ग कम रोचक थिएन । तिनै हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिको बलबती उमेदवार बनिन् तर अमेरिकी जनताले डोनाल्ड जे. ट्रम्पलाई जिताइदिए । ०५० को दशकमा गान्धीले यौनलाई मजाले खेलाए, चलाए । अविकसित, विकासशीलमात्र होइन, विकसित मुून, चिनी, पानीको सम्बन्ध देखिन्छ । जुन औषधि भन्दा बढी विषालु बन्यो नेपालको राजनीतिमा ।