Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चीन विशेषज्ञको विश्लेषण

१३ सोमबार , असार २०७९२ बर्ष अगाडि

प्रेमसागर पौडेल, नेपाल–चीन पारस्परिक सहयोग समाज – -
  ...सम्झौता टुंगो नलागेमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणपछि उच्च अमेरिकी अधिकारीको भ्रमण हुनेछ । हाल, संयुक्त राज्य अमेरिका सोफा, एसपीपी र तिब्बती शरणार्थीहरूको समस्या समाधान गर्न प्रयास गरिरहेको देखिन्छ । यी मुद्दाहरू क्ष्एक् को भागको रूपमा अगाडि बढ्ने छन् । यी विषयमा सहमत हुनुको अर्थ नेपाल औपचारिक रूपमा क्ष्एक् को अंग बन्ने हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको ‘समिट फर डेमोक्रेसी’मा सहभागी हुन प्रधानमन्त्री देउवालाई आमन्त्रण गरिएको छ । कार्यक्रमको मिति भने तय भएको छैन । कार्यक्रमको निमन्त्रणा हालै नेपाल भ्रमणमा आएकी तिब्बतका लागि अमेरिकी उपविदेशमन्त्री उज्रा जेयाले दिएकी थिइन् । प्रधानमन्त्री देउवा गत डिसेम्बरमा भर्चुअल मिडियाबाट आयोजित ‘समिट फर डेमोक्रेसी’ मा सहभागी भएका थिए । त्यो सम्मेलनको निरन्तरताका रूपमा अमेरिकाले डिसेम्बरमा अर्को सम्मेलन गर्दैछ ।
प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको एजेण्डा तय गर्न रक्षा सुरक्षा सहायता एजेन्सीका प्रशिक्षक क्यारी क्रिस्टिन ओ’कोनेल अहिले नेपाल आएकी छन् । उनी मे २८, २०२२ को बिहान टर्किस एयरलाइन्सबाट नेपाल आएकी थिइन् । उनले प्रधानमन्त्री देउवाभन्दा पनि प्रधानसेनापति शर्मासँगको सहकार्यमा अमेरिका र नेपालबीच रक्षा कार्यको अवधारणा बनाउन थालेको बताइएको छ । उनको धारणालाई प्रधानमन्त्री देउवाले समर्थन गरेपछि मात्रै भ्रमणको मिति सार्वजनिक हुनेछ ।
अमेरिकी राष्ट्रपति बाइडेनको प्रत्यक्ष निगरानीमा हुने भएकाले यसपटक अमेरिकाले अघि सारेका सबै सम्झौतामा नेपालले हस्ताक्षर गर्ने उनको विश्वास छ । एमसीसी सम्झौताको संसदीय अनुमोदनबाट उत्साहित अमेरिकीहरूका लागि देउवा सरकार उत्तम विकल्पका रूपमा हेरिएको छ । हालै भएको स्थानीय निर्वाचनमा एमसीसीले आम निर्वाचनको एजेण्डा बनाउन नसक्दा नेपाली समाजको तल्लो तहमा अमेरिकी सोचलाई संस्थागत गरेको उनीहरूको निष्कर्ष छ ।
आफुलाई वामपन्थी भन्ने कुन कुन पात्रहरू कसरी प्रस्तुत हुन्छन् र कस्तो भूमिका निर्वाह गर्छन् भनेर जनताले नजिकैबाट नियालिरहेका छन् ।