राजन कार्की - -
त्यो शासक अत्याचारी हो, जो स्वेच्छाको अतिरिक्त कुनै नियम जान्दैन । भोल्टेयरले यसै भनेका थिए ।
२०६३ सालको परिवर्तनपछिका १५ वर्षमा नेपालको शासन स्वेच्छाचारी भयो, स्वेच्छाचारीका रुपमा चलिरहेको छ । यसकारण यो शासन अत्याचारी शासन हो । प्रश्न यत्ति छ, कति सहने ,
राजा गिड्ने जेकोवाइनको रगतको इतिहास छ, राजतन्त्र गिड्ने हाम्रा नेताको भ्रष्टाचारको । देवता भनौं देवत्व छैन, ढुंगा भनौं शासक बनेका छन् ? यी देवता बन्न नसकेका ढुंगा हुन्, जो देशलाई ढुंगेयुगतिर अग्रसर गराइरहेका छन् ।
२०३६ सालमा जनमत संग्रह घोषणा भयो, जनमत संग्रहमा सुधारिएको पञ्चायतले ५४.८ प्रतिशत मत ल्याएर जित्यो, बहुदल हा¥यो । तर वीपी कोइरालाले वक्तव्य नै प्रकाशित गरेर भने– म जनमतको निर्णयको सदर र कदर गर्छु । म जिवित नरहुँला, बहुदलचाहिं आउँछ । नभन्दै २०४६ साल आयो, दलमाथिको प्रतिवन्ध फुकुवा भयो । १९८२ मा ६७ वर्षको उमेरमा वीपीको देहान्त भइसकेको थियो । यी तिनै वीपी हुन् जसले २०३३ सालमा प्रवाशबाट स्वदेश फर्केपछि भनेका थिए– जब जब मनमा द्विविधा हुन्छ, नेपालको माटो हातमा लिनु, माटोले जेभन्छ त्यही गर्नु । राजनेता भनेका त्यस्ता हुन्छन् । आज वीपी छैनन्, वीपीको विचार पनि छैन । हातमा देशको माटो लिएर कसले विवेक प्रयोग गर्ने ? यसकारण नेपाली कांग्रेस धुलोमा छ कि धुवाँमा कतै देखिदैन ।
मदन भण्डारी, मनमोहन अधिकारीजस्ताले हाँकेको पार्टी टुक्रा टुक्राबाट केही टुक्रा जोडेर नेकपा बनेको छ । गणतन्त्रको गंगा तर्नु छ, नेकपासँग बहुमतको डुङ्गा पनि छ तर ख्याउने जनविश्वासको पतैया छैन । चुनावी जनविश्वास जनआकांक्षविरोधी निर्णय गरेर नेकपाले गुमाइसकेको छ । नागरिकहरु मदन भण्डारी सम्झन्छन्, मनमोहन अधिकारीको नाम लिन्छन्, त्यस्तो मर्यादित तरिकाले कुनै कम्युनिष्टको नाम जनताले लिदैनन् ।
त्यसरी आएको बहुदल यतिबेला संघीय गणतन्त्रको आकृतिमा छ, यो आकृति जनआस्थाको प्रकृति बन्न सकेन, बन्न सक्ने आधारहरु चर्कदै, मर्कदै, भत्कदै गएका छन् । सन १७८९ जुलाई १४ को पेरिस आन्दोलन र नेपालको जनआन्दोलनको कार्यान्वयनमा खासै भिन्नता छैन । जेकोवाइनले राजालाई गिलोटिनमा गिडे, पेरिसको इतिहास रगतले लेखे, नेपालमा संविधानसभामै कु गरियो र राजतन्त्र समाप्त पारियो । फरक यत्ति हो– जनआन्दोलनको शक्तिले फ्रान्सलाई विश्वशक्ति बनायो । नेपालको जनआन्दोलनको शक्तिले पार्टी परिवारलाई सम्पन्न बनायो । जनयुद्ध र जनआन्दोलनको बल देशहित र जनहितलाई छल गर्न सफल भयो ।
१९८१ देखि २००३ सम्म प्रधानमन्त्री बनेर, मलेसियालाई विकासको उच्चता हासिल गराएर अवकाशको बुढ्यौली जीवन बिताइरहेका ९५ वर्षका महाथिर मोहम्मद राष्ट्र गलत दिशामा गयो भन्ने लाग्नासाथ पुनः राजनीतिमा प्रवेश गरे, चुनावमात्र जितेनन्, म मरेको छैन देशका लागि म चिहानबाट उठेर आएको छु भन्दै देशको नेतृत्व सम्हालिरहेका छन् । आउनासाथ उनले खर्च कटौति, भत्ता कटौती, अव्यवहारिक विदेशी ऋण खारेज लगायतका थुप्रै सुधारात्मक निर्णय लिए ।
८–८ वर्ष अमेरिकाको राष्ट्रपति भएका जर्ज डब्लु बुस, क्लिन्टन र बाराक ओवामा सामान्य होटलमा खाजा खान्छन्, सामान्य नागरिकसरह जीवन निर्वाह गरिरहेका छन् । तिनका सन्तान होटलमा काम गर्छन् । नेपालको गणतान्त्रिक राष्ट्रपति डा. रामवरण यादवलाई मासिक ८ लाख जनताले तिरेको राजस्वकोषबाट खर्च गर्नुपरिरहेको छ । ७ सय ६१ सरकार कर उठाउने र उडाउने काम गरिरहेका छन् । परिवर्तनपछि बनेका कुनै पनि मन्त्री प्रधानमन्त्री करोडपति, अर्वपति हैसियतका छन् । देखाएको सम्पत्ति पनि श्रीमतीको दाइजो भन्छन् । दाइजोविरोधी मुलुकी संहिता यिनैले लागँ गराएका छन् । नाटक गर्न कति जानेका ?
हाम्रा नेताहरु हरेक नराम्रा कुरा भारतबाट अनुकरण गर्छन् । कुनै पनि भारतीय मेरा भारत महान भन्छन्, नेपाली नेता हाम्रो नेपाल महान भन्न सक्दैनन् । भारतका नेताहरु जनतालँई भगवान मान्छन्, हाम्रा नेताहरु जनतालाई मिठ्ठा बरफ सम्झन्छन्, जुन चुस्यो, फालिदियो ।
राजेन्द्रप्रसाद भारतका पहिलो राष्ट्रपति बने १९५२ मा । यी तिनै राजेन्द्र प्रसाद हुन् जसले अग्रेजविरोधी क्रान्तिमा सकिय भएका बेलामा रेल चढेर पटना आइरहेका थिए । सोनपुर स्टेशनमा रेल रोकिदा भीडको धक्कमधक्का र गर्मीले अत्तालिएका महिला र बालबालिका पानी पानी भनेर चिच्याएको उनले सुने । उनी रेलबाट ओर्लेर लोटाबाट पानी ल्याउँदै आइमाई, बालबालिकालाई पिलाइरहे । रेल हिड्दासमेत उनी पानी पिलाइरहेका थिए । राजनेता भनेको त्यस्ता हुन्छन् । भँकम्पको कहर खेपेर त्रिपालमुनी पुगेका ७ लाखले अझै घर बनाउन सकेनन्, देशको हालत लथालिङ्ग छ, सम्हाल्ने चासो कुन नेताले गरिरहेको छ र ?
बुद्धको देशका हामी, हाम्रा नेता । बुद्धको एउटा उपदेशको मनन गरेमात्र पनि नेतामा सकिएको नैतिकताको उदय हुनसक्छ । बुद्ध जंगलको बाटो जाँदै थिए, डाँकाले डरलाग्दो कर्कश श्वरमा भन्यो– पर्खी । बुद्ध रोकिए । डाँका अगाडि आएपछि बुद्धले भने– म त रोक्किएँ, तिमी कहिले रोकिन्छौं । डाँका झर्कियो– के भनिस् रे । बुद्धले शान्त भएरै सम्झाए– हेर, त्यसै पनि जीवन दुःखको भवसागर हो । जन्मदेखि मरणसम्म दुःखै दुःख छ । तिमी लँट, मारकाट गरिरहेका छौं । यो सब दुःखबाट तिमी कहिले मुक्त हुन्छौ ?
डाँका एकछिन वाल्ल प¥यो, उसको दिमागमा के फु¥यो कुन्नी, प्वाक्क भनिहाल्यो– आजदेखि मैले डाँका जीवन त्यागिदिएँ । ऊ र उसका सहयोगी डाँकाहरुसमेत बुद्धको अनुयायी बनेर पछि लागे ।
सम्राट अशोक, जो भारतवर्षका चक्रवर्ती राजा थिए । त्यस्ता वीर अशोक लुम्विनी आएर बुद्धको शरणमा परे, हतियार त्यागे, बुद्धको प्रचारमा निस्के । यस्तो देशका नेता ड्याकुल्लाजस्ता, जुकाजस्ता, देश र देशवासीको रगत मात्र चुसिरहने ।
जसले नन्द बंशका शोषक राजा महानन्दको विनास गरे, मगधमा चन्द्रगुप्तजस्ता उपकारी र वीर राजा तैयार गरेर सिकन्दरजस्ता त्यतिबेलाका शक्तिशाली युनानी यवन नरेशलाई हराए र राजाको प्रधानमन्त्री बनेर जंगलको कुटीबाट शासन चलाए, चलाउन सिकाए, ती चाणक्यले भनेका थिए– बुद्धिमानले विहान महाभारत, दिउँसो रामायण र रात्रिकालमा श्रीमद्भागवत अध्ययन श्रवण गरे जीवनका उद्देश्य पँरा हुन्छन्, सार्थकता प्राप्त हुन्छ ।
हाम्रा नेताहरुले राजनीतिक स्वार्थका लागि गरेका संघर्ष सफल त भयो, महाभारतका शकुनी, रामायणका असुर र भागवत्का कंश स्वभावले तिनलाई न युधिष्ठिर बन्ने चेत आयो, न राम, न श्रीकृष्ण बनेर माटोका सन्तानहरुको रक्षा गर्ने सद्बुद्धि नै पलायो । सिंहदरवारदेखि गाउँसम्म हेरौं, मेचीदेखि महाकाली नियालौं, सर्वत्र दुर्योधन नै दुर्योधन आततायी बनेको देखिन्छन् । लोकतन्त्रजस्तो पवित्र नाम बदनाम हुनपुगेको छ ।
भारतीय सैनिक पोष्ट हटाएपछि चीनविरुद्ध हमला गर्न नेपाली भँमिमा खम्पा बिद्रोह गराईयो । २०३० सालमा नेपाली सेनाले खम्बा बिद्रोह सफाया गरेपछिका २२ वर्ष नेपाललाई राजनीतिक अस्थिरतामा धकेलियो । कहिले जनमत संग्रह, कहिले बहुदल, त्यसपछि २०५२ साल फागुन १ गतेपछि १० वर्ष लामो जनयुद्ध । त्यसपछिका दिनहरुमा भ्रष्टाचार बढाइयो, विदेशी हस्तक्षेप चुलिमा पुग्यो र शासनभार राजाको हातमा पु¥याउन कांग्रेसलाई हतियार बनाइयो । राजाको शासन आएपछि माओवादीलाई मिसाएर जनआन्दोलनलाई सघाइयो र राजालाई पनि ठेगान लगाइयो । हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गराएर संघीय गणतन्त्रको अर्को अध्याय सुरु भएको छ । भारत र पश्चिमाको चाल भनेको नेपालमा धार्मिक हिंसा र उत्पात मच्चाइदिने । स्थिर हुनै नदिने हो । भारतको नजर मधेश र चीनलाई कमजोर पार्नु छ भने पश्चिमाको नजर चीनको बढ्दो प्रभावलाई रोक्नुमा देखिन्छ । भारतले के बुझेको छैन भने बागमतीमा बगेको रगत गंगामा गएर मिसिन्छ । नेपाललाई सिध्याउन खोज्दा भारत दर्जनँैं टुक्रा टुक्रा हुनसक्छ । पश्चिमाको दाउ उत्तरतिरमात्र छैन, दक्षिणतिर पनि उसको तीर सोझिएको देखिन्छ । जनप्रतिनिधि संकट बने, संकटमोचक बन्न सकेनन् ।
भारत र चीनको गेम, अमेरिकाको नेपाल प्रवेश, को कतिञ्जेल कसको मेम बन्ने ? घोडा फेर्ने बानी परेकाले जोशिलो घोडा खोजिरहन्छ र फेरिरहन्छ । घोडा बन्नेले होस गर्नु बेश । जातिवाद बोक्दा टिमोरमा ३ लाख मारिएको कुरा कांग्रेस नेकपाले किन बुझ्दैनन् ? पहिचान नेपालवादी हो, नेकपा र कांग्रेस अझै किन नेपालवाद बोक्दैनन् ?
मुसोलिनी माष्टर थिए । उनले जर्मन राष्ट्रवादका लागि हतियार पनि उठाए, जनतालाई जगाए । बृटिस साम्राज्यको जुत्तामुनी कुल्चिएका अमेरिकनहरुले आफुमाथि कर लादिएपछि त्यसको बिरोधमा ‘वार अफ इण्डिपेन्डेन्ट’ सुरु गरेका थिए । यसका नायक थिए ः जर्ज वाशिङ्टन । उनी हुन् जसले अमेरिकालाई स्वतन्त्र पार्न अगुवाई गर्ने नेता । पछि पहिलो राष्ट्रपतिसमेत बने । नेता भनेको देश जुरुक्कै उचाल्ने हुनुपर्छ । तव न राजनेता बन्छ । हाम्रा नेता भ्रष्टाचार बोकेर हिड्छन्, जनताको नाक गनाएर बान्ता आउने स्थितिमा भइसक्दा थाहा पाउँदैनन् । जनआन्दोलनको औचित्य के थियो, तिनले गरेको निर्णयहरुले देशको सुशासन र समृद्धि कति भयो ? ती भ्रष्टका मतियार बने, राजनेता बन्न सकेनन् । ती कसको षडयन्त्रका गोटी बनेका थिए, इतिहास र जनअदालतले कठघरामा उभ्याएर प्रश्न गर्छ, गर्छ । यसकारण अनुहार ऐनामा हेरुन् नेतृत्व बर्गले ।
सम्पा एमसीसीपछि एसपिपी लोकतान्त्रिक कि अलोकतान्त्रिक ?
एमसिसी निकै विवादित बन्यो । जब संसदमा पारित गरे, एमसिसीको विवाद कता हरायो, हरायो । एमसिसीका नाङ्गा विरोधहरुसमेत मौन बसे । समर्थकहरु चूप लागे । एमसिसी कार्यान्वयनमा गयो ।
एसपछि आयो एसपिपी । एमसिसीमा जस्तै अनेक आशंका उठेका छन् । एमसिसीमा जस्तै सडकदेखि संसदसम्म यो विवाद चर्किएको अवस्था छ । यो विवाद के हो ? सत्य र मिथ्या के हो ? यसबारेमा स्पष्ट पार्ने सरकारले हो, सरकार पटक्कै मुख खोल्दैन । अदालतले बनाएको सरकार भएर हो कि संसदप्रति, सार्वभौम जनताप्रति जिम्मेवारी सरकारले बहन गरेन ।
राष्ट्रियताका सवालमा एकदोस्रा नेताको गालीगलौज श्रृङ्खला जारी छ । यो स्थिति भनेको राजनीतिक अस्थिरता बढाउने मेसो हो ।
परराष्ट्रमन्त्री एउटा कुरा गर्छन्, अमेरिकी दूतावासका कुरा अर्कै छन्, नेपाली सेनाको विज्ञप्ति र प्रधानसेनापतिले संसदीय समितिलाई दिएको जानकारी अर्कैछ, प्रत्येक नेता आआफ्ना स्वार्थअनुसार बोलिरहेका छन् । अब सरकारको दायित्व बन्छ– नेपाली नेपाली बजाउने, जुधाउने काम छाडेर स्वेतपत्र जारी गर्नुपर्छ, नेपालको स्थिति स्पष्ट पार्नुपर्छ । भ्रम हटाउनुपर्छ ।
अमेरिकी दूतावासले गत बुधबार पत्रकारहरूलाई बोलाएरै भन्यो– एसपिपी सम्झौताको कुनै पनि मस्यौदा नेपाल सरकारलाई बुझाएको छैन । नेपालले एसपिपीमा सहभागी हुन सन् २०१५ र २०१७ मा निवेदन दिएको र अमेरिकाले सन् २०१९ मा निवेदन स्वीकृत गरेको हो । सोही दिन नेपाली सेनाले एसपिपी सम्बन्धी कुनै सम्झौता वा समझदारी नगरेको बताएको हो । प्रधानसेनापतिले आइतवार संसदीय समितिमा भनेका छन्– एसपिपीअनर्गत चारवटा हवाई साधन लियौं, हिन्द प्रशान्त रणनीतिबारे जनरल फ्लिनले यो कार्यक्रम कुनै पनि हालतमा लागूगर्नुपर्छ भन्नुभएको छैन । मैले सैनिक गठबन्धन हो भने यस्ता कार्यक्रम लागू गर्दैनौं भनेर स्पष्ट भनेको छु । हाम्रो भूराजनीतिक अवस्था, भौगोलिक अवस्थिति, दुई छिमेकी मित्रराष्ट्र र जनताको चाहनाविरुद्ध हामी जान सक्दैनौ भनेको छु । एसपिपी नेपालका लागि मान्य छैन । यो सरकारी रुपमा आएको पनि छैन । यो यहीँबाट होइन भन्ने प्रमाणित गर्न चाहन्छु । प्रधानसेनापतिले यति भनेपछि स्थिति स्पष्ट भएको हुनुपर्छ । तर प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले यही कुरा बताउन सकेको स्थिति देखिदैन । यसकारण पनि भ्रम र संशय बढेको छ । एमसिसीजस्तै केही दिनपछि राजनीतिक दलहरुको अडान के हो भनेर विवादको अन्त्य गर्न होला ।
नेपालको आवश्यकता भनेको आर्थिक व्यवहारमा सबैसँग घुलमिल हुनैपर्छ, सरसहयोग लिनैपर्छ । तर सामरिक रुपमा नेपालको परम्परागत नीतिमा पहाडझैं अटल बस्न सक्नुपर्छ । यसबाट नेपालको परिपक्वता झल्किनेछ, परिवर्तन सार्थक हुनेछ, सार्वभौमिकता बच्नेछ । यसका लागि राजनीतिक दलहरु एक हुन जरुरी छ । झगडा गर्न छाडेर एक हुन नेतृत्व बर्ग तैयार छन् ?