Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चीन विशेषज्ञको विश्लेषण

०६ सोमबार , असार २०७९२ बर्ष अगाडि

नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलका अनुसार–– 
    इन्डो–प्यासिफिक स्ट्राटेजी (आईपीएस) अमेरिकाले चीनलाई घेरेर अघि बढाएको रणनीतिक योजना हो । ... नेपालमा काम गर्दा अमेरिकाले नेपाली दलमाथि त्यति विश्वास गरेको देखिँदैन । उनीहरुको प्रधानमन्त्री देउवासँग घनिष्ट सम्बन्ध रहेको देखिन्छ । पछिल्लो समय प्रधानमन्त्री देउवाको अदालतबाट आरजुको अदालतसम्म पनि पुगेको देखिन्छ । ... नेपालमा एक मात्र भरपर्दो संस्था नेपाली सेना हो ।
त्यसैले प्रधानसेनापति प्रभुराम शर्मा विशेष निमन्त्रणामा असार १२ देखि १८ गतेसम्म अमेरिका भ्रमण गर्ने निर्णय भएको छ । उनको भ्रमणका क्रममा अमेरिकी सरकारले उनलाई पेन्टागनमा स्वागत गर्नेछ । असार १३ गते प्रधानसेनापति शर्मालाई दक्षिण र दक्षिणपूर्वी एसियाका लागि रक्षा उपसहायक सचिव डा एमी सिराइटले स्वागत गर्ने कार्यक्रम छ । क्भबचष्नजत ले अफगानिस्तान र पाकिस्तान बाहेक भारत सहित दक्षिण एसियाका सबै देशहरूसँग द्विपक्षीय सुरक्षा सम्बन्धलाई हेर्छन् । शर्माले अमेरिकी संयुक्त चिफ अफ स्टाफ र चिफ अफ स्टाफसँग छुट्टाछुट्टै भेट गर्नेछन् । शर्माले केही अमेरिकी सैन्य तालिम केन्द्र र सांस्कृतिक सम्पदा स्थलको पनि भ्रमण गर्नेछन् । भ्रमण टोलीमा प्रधानसेनापति शर्मा, उनकी पत्नी र अन्य चार जना सैनिक अधिकृत रहनेछन् ।
जनरल शर्माको भ्रमणपछि अमेरिकाले यस क्षेत्रमा आफ्नो रक्षा नीति सार्वजनिक गर्नेछ । पेन्टागनले आइपिएसमा नेपाली सेनाले खेल्न सक्ने भूमिका स्पष्ट गर्न प्रधानसेनापति शर्मालाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको छ । साथै, संयुक्त राज्य अमेरिकाले नेपालमा स्वतन्त्र तिब्बतीहरूबारे जनरल शर्माको धारणा बुझ्ने प्रयास गर्नेछ । खम्पा विद्रोह दमन गर्ने विरासत रहेको नेपाली सेनाको सहयोगबिना नेपालमा कुनै पनि कार्यक्रम गर्न नसक्ने अमेरिकीहरूले बुझेका छन् ।
अहिले पनि नेपाली सेनाले मुस्ताङको जोमसोम र केसाङमा सञ्चालित हाई अल्टिच्युड एण्ड माउन्टेन वारफेयर स्कुलमा अमेरिकी सेनाले तालिम दिइरहेको छ । विद्यालय खम्पाको सदरमुकाममा सञ्चालित छ । खम्पालाई सहयोग गर्न सीआईएले मुख्यालय बनाएको थियो । अमेरिकी सेनाले सन् १९९० देखि विद्यालयमा तालिम दिइरहेको छ ।