शाश्वत शर्मा - -
जेठ १९ गते नेपालगञ्जमा झडप भयो । कारण थियो, दिवंगत राजा वीरेन्द्रको सालिक पुर्नस्थापना । कुनै सेतु विक भन्ने व्यक्तिको सालिक जनआन्दोलनपछि राजा वीरेन्द्रको सालिक उखेलेर त्यहाँ राखिएको थियो । तर गणतान्त्रिक व्यवस्थालाई शनैःशनैः बुझेकाहरूले ती सेतु विकको सालिक उखेलेर दिवं)गत राजा वीरेन्द्रको सालिक पुनः राख्न खोजे । जुठोपिरो खाएकाहरू भिडन्तमा उत्रिाले । प्रहरी, प्रशासन पनि भिडन्तवालाहरूकै पक्षमा लागे । यसपछि वीरेन्द्रको सालिक राख्न सम्भव भएन । अश्रुग्यास, लाठीचार्ज धरपकड गरेर राजा वीरेन्द्रको सालिक राख्न दिइएन । यसबाट के बुझिन्छ भने केही व्यक्तिहरूको आँखा खुलेछ, अझै धेरैको खुल्न बाँकी छ । एकथरिको विचारमा जबसम्म गणतन्त्रे भ्रष्टहरूलाई सजाय दिइदैन, तवसम्म तिनका लठैत कार्यकर्ताहरूको उदण्डता कायमै रहन्छ । नेपाल निर्मातादेखि राजा महेन्द्र, विकासवादी राजा वीरेन्द्रहरको सालिकलाई ध्वंश गर्नैप¥यो । यो सब भइरहन्छ किनभने आयस्रोतको कुरा छ, शक्ति कायम राख्ने सवाल छ । यो सबै पैसा र सत्ताका कमाल हो ।
नेपाल निर्माताका सन्तानका सालिक उखलेर विदेशी माओ, गान्धी, लेनिनहरूको सालिक पुज्ने परम्परा बसेको छ । नेपाललाई भारतमा मिलाउनुपर्छ भन्नेदेखि नेपाल भारतको प्रशासनिक इकाई हो भन्ने नेताहरूको जयजयकार गरिन्छ । जसले नेपाल बनायो, बचायो, तिनलाई मूर्दावाद भनिन्छ । तिनीहरूमाथि थुकिन्छ । सालिक तोडफोड गर्ने सबैलाई थाहा छ, यो गलत हो भनेर तर आम्दानी गर्नेप¥यो । संघीयता भन्ने बोझ कायम राख्दासम्म यस्तो नकाम भइरहन्छ । राजाहरूमाथि नै किन दुर्भावना र निषेधको राजनीति ? राज्य पनि निषेधकारी हुन्छ र ?
बुद्धिजीवी भनिरहेका छन्– यो घटना सानो होइन । तर तिनले खुला रूपमा यसो भन्न सक्दैनन् । नागरिक समाज र इतिहासकारसमेत चुप छन् । पूर्वराजा ज्ञानेन्द्रले समेत यो घटनामा दुःख प्रकट गरेका छन् । सालिक ढालेर इतिहास मर्दैन भन्ने सबैलाई थाहा छ । पार्टी कार्यकर्ताको बुद्धिप्रति दयाभाव हो यो । राष्ट्रघात, अनियमितता, भ्रष्टाचारीले सजाय नपाउँदा यस्ता घटनाले प्रोत्साहन पाएको हो ।
इतिहासप्रति गौरव र न्यायपूर्ण समाज चाहिन्छ भन्ने हो भने देशभक्त सबैशक्ति एक हुनुपर्छ । राजतन्त्र चाहिन्छ भने कोठे क्रान्तिबाट सडकमा निस्कने हिम्मत देखाउनु पर्छ । वक्तव्यबाजी र अनुरोधले केही लछारपाटो लाग्नेवाला छैन । त्यसपछि बल्ला सुनामीजस्तो आन्दोलनको वातावरण तैयार हुनसक्छ । मुख्य कुरो भरपर्दो र दह्रिलो नेतृत्व अगाडि सर्नुप¥यो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अनि अभिभावकीय राजा भनेर राप्रपाले फलाक्दै हिड्ने पनि नेतृत्वका लागि योग्य देखिएनन् । किनभने राजावादीमाथि दमन भयो, वक्तव्य निकालेर बसेका छन् नेतहरू । यस्तै नेता भएकाले पुरानो राप्रपा खिया लाग्यो, नयाँ राप्रपा खिया लाग्न थाल्यो । केही गर्छन् कि भन्ने आश संसदको निर्वाचन पहिले नै मर्ला भन्ने खतरा देखियो ।
नेपालमा देशभक्ति, हिन्दुराष्ट्र र राजतन्त्र फर्काउने हो भने पूर्वराजा ज्ञानेन्द्रले पनि वक्तव्य दिनेमात्र होइन, अग्रसर नै हुनुपर्छ । उनले जे जस्ता सर्तमा जनताको नासो जनतालाई सुम्पेर गद्दी त्यागेका थिए, ती कुनै सर्त पूरा भएनन् । न राष्ट्र बलियो भयो, न जनता नै सुखी र समृद्ध बने । देश झन झन हरिकंगाल हुँदैछ, विज्ञहरू भन्छन्– ६ महिनाभित्र नेपाल श्रीलंकाकोजस्तो हाहाकारको स्थितिमा पुग्दैछ । यसकारण पनि पूर्वराजा ज्ञानेन्द्र देश र जनताको पक्षमा उभिन जरूरी छ । पूर्वराजाले वक्तव्य फालेर के गरेको ? मोही माँग्ने ढुङ्ग्रो लुकाउने किन ? यदि पुर्षाको भार थाम्ने, राष्ट्र र जनताको जिम्मेवारीवोध छ भने पूर्वराजा खुलस्त भएर अगाडि आउनुपर्छ । पूर्वराजा ज्ञानेन्द्रलाई राजा बन्न मन छ छैन, स्पष्ट छैन ।
जबदेखि एमसीसी पारित भयो, तवदेखि भारत र चीन नगिचिएका छन् । ती दुबै क्षिमेकीले राजतन्त्रको खोजी सुरू गरेको कूटनीतिक बृत्तमा चर्चा छ । अर्थात छिमेकीलाई समेत राजतन्त्र चाहिएको छ, नेपाल त अभिभावकविहीन भइसक्यो । पार्टीका नाममा नेताहरूले मुलुक ध्वस्त पार्ने, राजा र राजावादीहरू टुलु टुलु हेरेर मात्र बस्ने ? प्रतिवाद गर्न, खबरदार भन्न कोही पनि नसक्ने, कस्तो दुर्भाग्य गल्ती परिवर्तनकारीले गरे, लेटेरा बने । कमजोरी पूर्वराजा र राजतन्त्र तथा हिन्दुवादीमा देखियो, उनीहरू कोठे क्रान्ति गरेर आत्मतुष्टि गरिरहेका छन् । आत्मरती गर्नेले लक्ष्यप्राप्ति गर्न सक्दैन । किन अर्को परिवर्तन चाहियो, जनताले खोजेका राहत कसरी परिपूर्ति गर्ने ? कार्यक्रमसहित पूर्वराजा अगाडि आउनुपर्छ । वैद्यले पनि नाडी छामेपछि ओखती दिन्छ । पूर्वराजा ज्ञानेन्द्रले नाडी छामेर बसेको १५ वर्ष भयो । खोई विमार देशलाई, छटपटीएका नागरिकलाई ओखतीमूलो ? प्रजातन्त्र पनि रहने, परिवर्तन पनि हुने, स्थिरता पनि आउने एजेण्डासहित अगाडि सरौं त ?