Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपालले विदेशीस“ग लडेका युद्धहरू

२३ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

प्रेमसिंह बस्न्यात - -
१. परापूर्व कालमा पनि बिदेशीहरूबाट पटक पटक नेपाल माथि हमला भएका थिय।  बिशेष गरी दक्षिणबाट मुसलमान्हरूले । तर आधुनिक काल बि. स. १८०१ बाट सुरू भयकोले यी दिनहरूमा भएका युद्धहरूको जानकारी गराएको छु ।
२. बि.स. १८०१ पछि पहिलो पटक बि.स. १८१९ मा मुघल बादशहको मूसलमान् सेनासँग मकवानपुरमा बिजय युद्ध लढ्यो।  गुरगिन खानको नेतृत्वमा आएका थिए । ( नेपाल एकिकरणको सिलसिलामा ) ।   
३. त्यसपछी बि.स . १८२४ मा ब्रिटिश भारत मा रहेको ब्रिटिश फौज को १ बाहिनी सेना बिरूद्ध सिन्धुलीमा बिजय युद्ध लढ्यो । यो युद्ध सिन्धुली माढीदेखी पौवा गढीसम्मको करीब १० कि.मि. गोरेटोमा ठाउँठाउँमा भएको थियो। अङ्रेजकोतर्फबाट क्याप्टेन जर्ज किनलक ले नेत्रित्व गरेका थिय। (नेपाल एकिकरनको सिलसिलामा ) ।   
४. एकिकरण कै सिलसिलामा बि.स. १८३२–३३ मा हाल संखुवा  सभा को गोला बजार ( पछी चैनपुर ) को सिद्धकाली डाडा ईलाकामा सिक्किम का सेनासँग बिजय युद्ध भयो । उस बखत अरूण नदी पूर्व सिक्किमसम्म सिक्किमको राज्य थियो।  
५. बि.स.१८४२ तिर सिक्किमे सेनाको नेतृत्वमा तिब्बतीसमेत् गोला बजार ( चैनपुर ) मा हमला गर्न  आएका थिए । तर यो पनि नेपालको बिजय युद्ध भयो । 
  ६ . त्यसको ३ बर्ष जती पछी फेरी सिक्किमे सेना नेपाली सेनासँग दार्जलिङ – कालिङ्पोङ ईलाकामा लड्न  आयो । यसमा पनि नेपालको बिजय भयो ।
७.  बि स १८४५ ? मा पहिलो नेपाल– तिब्बत् बिजय युद्ध ग¥यो ।
८. त्यसपछी सन १७९० मा अर्को  नेपाल – तिब्बत बिजय युद्ध लड्यो ।
९. दोस्रो बिजय युद्ध भै नेपाली सेना तिब्बतमा नै रहिरहेको अवस्थामा तिब्बतको  सहयोगको लागि बिशाल चिनिया सेना आयो र अब चिनिया र तिब्बती सेनाले नेपाली सेना बिरूद्ध सन १७९१ मा हमला ग¥यो । यसरी नेपालले चीनसँग रक्षात्मक युद्ध  लढ्नु प¥यो । यो लडाइ नेपालीको पक्षमा भएन । 
१०.  बि. स. १८६६ मा नेपाल – सिख युद्ध भयो । यो युद्ध काङ्डा छेत्रमा पन्जाब का राजा रणजित सिंह र नेपालका कमान्डर काजी अमरसिंह थापा (बडा) को नेतृत्वमा भएको थियो । यो युद्ध पनि नेपालको पक्षमा भएन ।
१०.  बि. स. १८७१ मा नेपालले ब्रिटिश इन्डिया ( अङ्र्ग्रेज ) सँग रक्षात्मक युद्ध लड्नु प¥यो । यो पनि नेपालका लागि हानिकारक नै ठहरियो ।