Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

यही हो नेपालको कूटनीति ?

२३ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

प्रेमसागर पौडेल, नेपाल–चीन पारस्परिक सहयोग समाज– -
    नेपाल क्रमशः अमेरिकी केन्द्रको रूपमा विकास हुँदैछ । पछिल्लो समय नेपालमा अमेरिकी गतिविधि बढ्दै गएको छ । सडकमा मात्रै होइन संसदमा पनि अमेरिकीको बढ्दो प्रभावको बहस भइरहेको देखिन्छ ।
    सरकारको नीति तथा कार्यक्रममा सहभागी एमाले सांसद डा भीम रावलले भने, ‘के हामी अमेरिकी रक्षा स्वार्थको दायराभित्र छौँ ? यदि हैन भने, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले दक्षिण र दक्षिणपूर्वी एसियाका लागि रक्षा उपसहायक सचिव लिन्डसे फोर्डसँग किन भेट गरे ?’
रावलको प्रश्नको जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘राजदूत खत्रीले रक्षा उपसहायक सचिव लिन्डसे फोर्डसँग गरेको भेटबारे हामीलाई कुनै जानकारी छैन ।’ राजदूत खत्रीले रक्षा उपसचिव लिन्डसे फोर्डसँग भेट गरेको तस्बिर अमेरिकास्थित नेपाली दूतावासको वेब साइटमा राखिएको थियो । राजदूत खत्रीले रक्षा उपसहायक सचिव लिन्डसेसँग भेट गरेको जानकारी पनि वासिङ्टनस्थित नेपाली दूतावासको ट्वीटमा उल्लेख छ । भेटमा नेपाली सेना र अमेरिकी सेनाबीचको सहकार्यका विषयमा पनि छलफल भएको दूतावासले जनाएको छ । राजदूत खत्रीले पनि यो विषय वेब साइट र सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि प्रधानमन्त्री देउवा किन संसदबाट भागे भन्ने प्रश्न निकै महत्वपूर्ण छ । यसले हाम्रो पछिल्लो विदेश नीतिको झलक दिन्छ ।
सेनामाथिको भरोसा ः
    नेपालमा अमेरिकी प्रभाव निरन्तर बढ्दै गएको देखिन्छ । पछिल्लो नेपाल भ्रमणका क्रममा अमेरिकी उपविदेशमन्त्री उज्रा जेया कूटनीतिका सबै सीमा नाघ्दै अमेरिका फर्किएकी थिइन् । सरकारले उनलाई स्वतन्त्र तिब्बती शिविरमा जाने सबै व्यवस्था गरेको थियो । यद्यपि, परराष्ट्र मन्त्रालयले भन्योः ‘तिब्बती शरणार्थी शिविरहरूमा कुनै पनि भ्रमणको बारेमा हामीलाई थाहा छैन ।’ यसैबीच अमेरिकाका लागि नेपाली राजदूत खत्रीले प्रोटोकल बिर्सेर रक्षा उपसहायक सचिव लिन्डसेसँग भेट गरेका छन् । नेपाल सरकारलाई थाहा भएन ! अर्कोतर्फ, अमेरिकी उपविदेशमन्त्री जेयाले तिब्बती शरणार्थीहरूलाई भेटेको नेपाल सरकारलाई थाहा थिएन । क्रमस..