Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

फेरियो रुप रेडलाइटजस्तो रत्नपार्क

२६ शनिबार , भाद्र २०७२११ बर्ष अगाडि

 बेश्यावृत्तिको थलो बनेको रत्नपार्क सााच्चै पार्कजस्तो बनेको छ। प्रतिव्यक्ति २५ र विद्यार्थीलाई १५ को प्रवेशशुल्क निर्धारण गरेर वार्षिक ४० लाख आम्दानी गर्ने लक्ष्यका साथ पुननिर्माण गरिएको रत्नपार्कमा यतिखेर सुस्ताउने, ताजकीकरण हुनजानेको भीड देखिन्छ र पहिलाजस्तो रेडलाइट इलाका हो जस्तो लाग्दैन। निश्चय नै रत्नपार्कभित्र भेट गर्ने र बाहिर आएर मोलमोलाई गरेर कोठातिर लाग्नेहरु भेटिन्छन् तर पार्कभित्रै अस्लिल हर्कत गर्ने हिम्मत कसैले गरेको देखिदैन।शायद यही कारणले मान्छेको भीड लागेको हो र वर्षको ४० होइन, दोब्बर आम्दानी हुने अवस्था सिर्जना भयो भन्छन् व्यवस्थापकहरु। असार १५ बाट खुला गरिएको रत्नपार्कको नाम बदलिएको छैन र आम्दानी दुई महिनामै १४ लाखजति भइसकेको छ। यसकारण पनि व्यवस्थापनमा चुस्तीफुर्ती देखिन्छ। रत्नपार्क सहरको शोभा बनेको छ अव। यो पार्कको पुननिर्माणमा ७५ लाख खर्च गरिएको थियो। त्यो खर्च र मनग्गे आम्दानी हुने भएपछि रत्नपार्क पार्कजस्तै हरियाली र बसौं बसौं लाग्ने देखिन्छ। राजनीतिक पूर्वाग्रहीहरुले पूर्व मुमाबडामहारानीको नामलाई फेर्ने चासोचाहिा अहिलेसम्म दिएका छैनन्। हुनसक्छ, रत्नपार्क यही रफ्तारमा चल्न थालेपछि लोकतान्त्रिक नेताहरुले रत्नपार्कको नाम कुनै नेतृ वा नेताको नाममा परिवर्तन गर्न बेर छैन। नामका भोकाहरुको चाल यस्तै न हो।