प्रेमसागर पौडेल, नेपाल–चीन पारस्परिक सहयोग समाज - - -
एकापसमा गाली गलौजको नाटक गरेर जनतालाई उल्लु बनाउने नाटक मञ्चन हुँदैछ संसदमा । यिनीहरू देश र जनताप्रति उत्तरदायी हुन्थे भने देशको राष्ट्रिय नीति, परराष्ट्रनीति, रक्षानीति लगायत विकास परियोजनाका विषयमा एकढिक्का लक्ष्यित हुने थिए । त्यस्तो केही देखिएन ।
यता पार्टीका बडे नेताहरूले नेपाललाई अमेरिका पु¥याइसके । उता आमजनता मुग्लिङ्गको जाममा अलपत्र छन् । नेपाल रेडजोनमा प्रवेश गरिसकेको छ । अझैपनि दलका पदाधिकारीहरू रत्यौली खेल्नमा मस्त छन् ।
जुन विचार र ब्यवस्थाले नेपाल र नेपालीको हितको रक्षा गर्न सक्दैन । त्यो हामी नेपालीलाई चाहिएको छैन ।
राजनीतिक दलका पदाधिकारीहरू आँफै वितृष्णा फैलाउँदैछन् यो ब्यवस्थाप्रति ।
घाटमा नपुग्दासम्म यिनका ब्यवहारमा परिवर्तन सम्भव देखिएन ।
मिडिया अब स्वतन्त्र रहन चाहेन ? पार्टीको मुखपत्र बन्ने होडबाजीमा छन् ।
सिद्धान्त र नीतिविहीन राजनीति आरोप–प्रत्यारोपमा टिकाउँदैछन् ।
जनता झुक्याउने नयाँ शैली हो यो !
देशमा सुशासन हुन्थ्यो र भ्रष्टाचारीलाई ठाउँको ठाउँ कार्वाही हुन्थ्यो भने अधिकाँश भ्रष्ट जनप्रतिनिधि जेलमा हुन्थे । देशको माया हुँदो हो त, कीर्ना जसरी टाँसिएर देश र जनताको रगत चुस्ने होडबाजी चल्ने थिएन ।