स्वयम्भुनाथ कार्की - -
हिजोका दिनमा कुनै काम गरेर देखाउन सक्ने अवस्थामा प्रतिवन्धको कारण दलहरू थिएनन् । तर विरोध गर्ने ठाउँ पाउँदा विरोध भयो नै । यस्ता विरोधमा महापञ्चहरूले अन्धो प्रशासनिक दमन गराए । राजा महेन्द्रको व्यक्ति विरोध गर्न पाईने र सबै नेपाली वरावर हुने व्यवस्था उनकै छोराको हातबाट तहसनहस गराउन सफल भए । जसले हमेशा राष्ट्रको पक्षमा लागेर राजालाई परंपरा र संस्कृतिमा आधारित व्यवस्था विकास गर्न सघायो, सघाएको मात्र हैन आफ्नो बुताले भेटेसम्म योगदान दिए ती महान योगी नरहरीनाथ माथी पनि दमन गर्न चुकेनन् । यसले व्यवस्थाले अपजस र दलले जस पाउनु थियो ।
राणा शासन ढाल्न संगठित भएर खोलिएका दलहरू निरन्तर रूपमा वर्तमानसम्म अस्तित्वमा छन । पञ्चायतको करिव तीसबर्ष नेपालमा कानुनतः दलहरू प्रतिवन्धित रहे । कुरो अनौठो लाग्न सक्छ तर सत्य हो कि त्यही तीसबर्ष दलहरूको विकासको निमित्त सबैभन्दा उर्वर रहे । अति नै सोझा र सरल स्वभावका राजा वीरेन्द्र र उनलाई प्रभावमा लिएर जे पनि गराउन सक्न रानी ऐश्वर्यालाई रिझाउन सफलहरूले बाबुको किर्तिमा छोराबाटै प्रहार गराउन सफल भए । उनीहरू जनतामा असन्तोष जन्माउदै गए दलहरू शासनसंग भएको सानो भन्दा सानो असंतोषको फाईदा लिदै गए ।
जुन राजा महेन्द्रलाई स्वागत गर्न घन्टौ अमेरिकी राष्ट्रपति विमानस्थलमा पर्खन्थे तिनका छोरा काठमाण्डुका सडकमा हिडिरहेको देख्न थालियो । यसमा विभिन्नका अलग अलग मत हुनसक्छन् तर पञ्चकार्यकर्तालाई महापञ्च बनाउने, सामाजिक अभियानलाई पोलिटब्यूरो बनाउने र इतर र भितरको सोच ल्याउने बाटो राजा वीरेन्द्र कै पालमा आएको हो । राजाले आफ्नो काम कर्तव्य अरूलाई जिम्मा दिएको कसैलाई चित्त बुझेको थिएन । राष्ट्र नै आफ्नो सबै मानेर बसेका योगी नरहरीनाथले जनताको त्यही कुरा महशुस गरेर भने ‘छाता आपैm बोक्नु पर्छ, अरूलाई बोक्न दियो भने उसले नै प्रयोग गर्छ ’ । त्यस वापत योगी दमनको तारो हुँदा भविष्यको धेरैले अडकल काटेका थिए ।
जव बहुदलीय व्यवस्था पुनस्र्थापन भयो धेरै दलका ठूला नेताहरूको देवत्वकरण हुन शुरू भयो । दलको भक्ति भनेको त्यसका नेताहरूको प्रशस्ती गाउने हो भन्ने संस्कार वस्यो । देश भन्दा दल प्रधान हो भन्ने कुरा नेपाली जनताको अवचेतनमा पस्दै गयो । पञ्चायतका तीस बर्षका डोवहरू मेटाउन सबै लागे । कुनै कुरा सही वा गलत के भएको छ भन्दा कसले गरेको छ भन्ने कुराले महत्व पायो । प्रतिवन्धित हुँदा दलहरूले जुन संस्कृति नेपालमा विकशित गरेका थिए अन्तत त्यही नै उनीहरूलाई घाँडो भयो ।
वार्डवार्डमा व्यक्तिगत आधारमा निर्वाचनबाट गठन भएका स्थानिय निकाय दलहरूले थाम्न सकेनन् । जनताले विश्वास र भरोसा भएको व्यक्ति भन्दा आफुले मानेको दलले उठाएको उम्मेद्वारलाई चुन्नै पर्ने अवस्था भयो । पहिले जनताले आफुले चाहेको साधारण व्यक्तिलाई जिताउन र विशिष्टलाई हराउन सक्थ्यो । अर्थात जनताले नेता पैदा गर्दथ्यो । दलको उच्च नेतृत्वले विश्वास नगरेमा ‘टिकट’ नै नपाउने अवस्था भई सकेपछि जनताले नेता बनाउन सक्ने कुरै भएन । जनताको यो प्राकृतिक अधिकार दलको नेतृत्वबाट अपहरणमा प¥यो ।
झलक्क हेर्दा यो चानचुने कुरा जस्तो लागे पनि गम्भिर कुरा हो । यसले प्रतिनिधिहरूको जवावदेही आफुलाई चुन्ने जनताबाट हटाएर ‘टिकट’ दिने नेतृत्व तर्पm फर्कायो । यसले आङ्खनोे अधिकार खोसिएको महशुस हुनु स्वभाविक नै थियो । त्यसैले जनताले छोटो समयमा नै बहुदलिय संसदिय प्रणाली विरूद्ध हतियार उठाएको माओवादी विद्रोहलाई आंशिक समर्थन गर्न पुग्यो । त्यो विद्रोहको सुरक्षित अवतरण भएको भनिए पछि पनि जनताले आफुबाट खोसिएको अधिकार प्राप्त गर्न सकेन । दलीय सोचले नेपाली जनतालाई नेपाली भएर बाँच्न दिएन । विभिन्न दलका समर्थक बनाउदै शुरू गरेको नेपाली नेपाली बीचको यो विभाजन विस्तारै जातियता, क्षेत्रियता आदिमा पनि बढदै गएको छ । आज राष्ट्रिय झण्डा भन्दा दलको झण्डा उठाउन फाईदा देख्नेहरूको जमात बढ्दो छ । देश भन्दा दल सोच्यो भने पद, प्रतिष्ठा र पैसा प्राप्त हुन्छ भन्ने सोच बलवान हुँदै गएको छ । तर यो भनेको हाँगा भाँचेर पानिमा डुवाएर ताजा राख्न खोजिए जस्तै हो ।
दलहरू जनतालाई दिईएको भनिएको अधिकार पनि जनताले प्रयोग गर्ने होईन भन्छन् । जनताले दलहरू मार्पmत आफ्नो अधिकार प्रयोग गर्ने हो भन्ने लाजमर्दोे कुरा गर्न उनीहरूलाई कुनै संकोच छैन । एक राष्ट्रको रूपमा त्यसका विभिन्न अवयवले प्रयोग गर्ने अधिकार एकलौटी बनाएर शक्ति संतुलनको कुरा गर्नु कतिसम्म उचित हो ? राज्यका सवै साधन श्रोतलाई दलिय भागबण्डाको विषय बनाउन लाज लाग्नु पर्ने होईन र ? जवसम्म मुलुकमा राजसंस्थाको उपस्थिति थियो दलहरूले यस्तो मनोमानी लुकाएर गर्नु पर्दथ्यो । अव यस्तो मनोमानी वैधानिक बनाएका छन् । कस्तो दुर्भाग्य ?