माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङका अनुसार एमसीसी पास गरेकोमा चीन खुशी छैन । ‘चाइना फाउन्डेस फर पिस एन्ड डेभलपमेन्ट’ भन्ने संस्थाको आमन्त्रणमा चीन गइरहने नेता देव गुरूङ एमसिसीको कडा आलोचक थिए ।
अमेरिकाले ‘इन्डो प्यासिफिक’ क्षेत्रमा रणनीतिक अभियान सुरू गरिराखेको छ । त्यसले यस क्षेत्रको शान्ति र विकासमा गम्भीर असर पार्ने देखिन्छ, द्वन्द्व निम्त्याउन सक्ने खतरा छ । परिणामतः अशान्ति निम्तिन सक्ने भन्दै चीनको चिन्ता छ । आईपीएसले युद्ध आतंक खडा गरेर शान्ति र विकासलाई अवरूद्ध पार्न सक्ने खतरा चाहिँ छ भन्ने पनि चीनको बुझाइ रहेको उनले बताएका छन् । उनका अनुसार अमेरिकाले थुप्रै अन्तर्राष्ट्रिय सन्धिलाई उल्लंघन गरिरहेको छ । देव गुरूङ भन्छन्– एमसीसी पास भएकोमा चीन खुसी देखिँदैन ।