Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

आमा

१९ सोमबार , बैशाख २०७९३ बर्ष अगाडि

 राजन कार्की - - - -
अणु आकारको बीजले आणविक मान्छे अंकुराउ“छ । भूदेवी, पानी, अग्नि, वायु र आकाश बन्छ । यही पञ्चतत्वमा प्रकृति छ,  प्रकृतिको अलौकिक सुन्दरता, सिर्जना र समन्वय छ । समष्टि छ ।
कत्रो आश्चर्य, बीजस“गै व्यापकता बढ्छ । बीजमा सम्पूर्णता अट्छ ।
अचम्म छ, बच्चा जन्मने बेलामा आमा फक्रिन्छिन्, आमाको छाती रसाउन थाल्छ । जब बच्चा जन्मिन्छ, छातीमा टा“स्नासाथ आमाको छातबाट दुधको धारा बर्सिन थाल्छ । बीजस्तारै बच्चाका दा“त पलाउन थाल्छन्, ऊ ठोस खाद्य खान सक्ने हु“दैजान्छ, आमाका दूधका धारा सुक्दै जान्छन् । आमा उमेरले नेटो काट्दै जा“दा सन्तान बालकबाट तन्नेरी हु“दै जान्छ । ऊ प्रौढ भएर वृद्धतिर लस्कि“दा तिनका पनि नया“ सन्तान हु“दै जान्छन् । पुराना पात झर्छन्, नया“ पलाउ“छन् । 
सृृष्टि पनि बीज, दृष्टि पनि बीज, सुरू पनि बीज, अन्त पनि बीज । युधिष्ठिर पनि बीज, दुर्योधन पनि बीज । अर्जुन पनि बीज, कृष्ण पनि बीज । आस्तिक पनि बीज, नास्तिक पनि बीज । बल पनि बीज, निर्बल पनि बीज । मानवीय मर्म मार्गको सुुक्ष्म संवेदना आमा । समयको सुई हुन् आमा ।
आमा छिन् र बीज छ । बीज छ र संसार छ ।
०००
जन्मदाताले जन्म दिन्छिन्, बितेर जान्छिन् । तर आमाको रूपमा जन्मभूमिले हरेक सन््तानलाई जीवनभरि छातीमा टाँसिरहन्छिन् । हरेक पुस्ताले गर्ने कर्म आमा र आमारूपी जन्मभूमिकै सेवा हो । पाउने आमाकै आशीर्वाद हो । जन्म दिने आमाको गर्भदेखि चितासम्म लम्पसार पर्ने छाती आमाकै हो, यही सेरोफेरो हो मान्छेको इहलीला ।
यो जीवनलीलालाई कसरी र कति सुन्दर, शान्त, शुभ्र र सुकिलो बनाउने त्यसको शिरोभारो सन्तानको का“धमा हुन्छ । मान्छे जन्मन्छ र मर्छ, हावामा बिलाउ“छ, माटोमा मिल्छ । मान्छेका असल कर्म अमर हुन्छन्, इतिहासमा बाँच्छन् र सम्झनामा नाच्छन् ।
कति रहरलाग्दो जीवनलीला हुन्छ तिनको जो भूमिपुत्रपुत्री हुनसक्छन् । त्यस्तो रहरलाग्दो जीवन खोज्ने संवेगको खा“चो छ वर्तमानलाई । माझी त्यही हो, जसले जीवनडुङ्गालाई जन्मदातादेखि जन्मभूमिको बहाना खियाएर सकुशल पारि पुग्छ । 
जो आफैप्रति इमानदार छ, ऊ आमाको होनहार सन्तान हो । त्यो अनमोल रत्न सन्तानले आमाले दशधारा दूध चुसाएको र छाती कुल्चाएको उसले ऋण ति¥यो । जो आमाप्रति बेइमानी गर्छ, ऊ हा“सीखुसी देखिए पनि कपुत्र कुपुत्री हो ।
‘मित्राणि धनधान्यानिप्रजानां सम्मतानिव ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।’
यो संस्कृत श्लोक ऋषि भारद्वाजले मर्यादापुरूषोत्तम रामलाई सम्बोधन गर्दै भनेका हुन्–  एक प्रसिद्ध संस्कृत श्लोक हो यो । यो हाम्रो समाजमा आदर्श वाक्यका रूपमा पनि स्थापित छ । यस वाक्यको अर्थ हुन्छ– 
‘मित्र, धन , धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ । तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ ।’
रामले लक्ष्मणलाई भनेका छन्–
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।। ‘लक्ष्मण’ यो लङ्का सुनैसुनले बनेको भए पनि मलाई यसमा कुनै रूचि छैन । किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान छन् ।