स्वयम्भुनाथ कार्की - - -
चेतनशिल भनिने नेपालीको चेतना पनि उदेकको छ । दल, त्यसका नेता आदिलाई गाली गरेरै अधिकांश समय वित्ने गर्दछ । त्यही आपैmले गाली गरेको कुनै नेताको सामुन्ने चाकरीमा धनुषटंकार हुँदै पुग्छन । अझ त्यो नेता सांसद कोषले युक्त रहेछ भने त खुट्टाले टेकेकै जमिनमा टाउको पुग्न वेर छैन । यस्तै चेतनशिलहरुको चेतनाको कारणले कुनै समय विश्वमञ्चमा महत्वपूर्ण स्थान राख्ने नेपाल आज सामान्यस्तरको विदेशीले पनि नचाउन सक्ने भएको छ । जनता यस्तै खाले चेतनशिलको निर्देशनमा चल्छन, यी चेतनशिल आपूmले जनताको सामुन्ने गाली गरेको नेताको इशारामा नाच्छन अनि ती नेता कुनै न कुनै विदेशीको औलामा ।
समाजलाई, मुलुकलाई र उस्तै परे विश्वलाई नै दिशानिर्देश गर्न सक्ने ठानिएका नेपाली बुद्धिजीविहरु जव कुनै नेताको दलानमा हाजिरी बजाउँछन भने त्यो समाजको भविष्य सहजै अनुमान गर्न सकिन्छ । कुन विवशताले यस्तो हाजिरी बजाउने काम गरिन्छ ? त्यसमा कति भविष्य सुनिश्चित गर्ने ललक हो कति अन्य विवशता हो त्यो अलग्गै विवेचनको विषय हो । विवशताको हो भन्ने कुरा अनुमान गर्न त्यस्ता बुद्धिजीविले अरुवेला गरेको त्यही नेताको आलोचना प्रयाप्त छ । दुई विपरित कुरा गर्दा एउटामा त पक्कै गलत भनेको हुनु पर्दछ, दुवै साँचो हुन सक्दैन । आङ्खनो बुद्धिविवेकको विपरित, मर्जिको विपरित गरिने काम कसै न कसैको दासत्व हो । यही दासत्वमा चुर्लम्म डुवेर अरुलाई स्वतन्त्रताको उपदेश दिने चेतनशिलहरुलाई चेतनशिल भन्नु सकिन्छ र भन्ने प्रश्न हुनु पर्छ ।
तीस बर्षभन्दा पहिले नै स्थानिय निकायले अभ्यास गरिरहेका अधिकारलाई बहुदलिय प्रजातन्त्रले कुटिलता पूर्वक पाखा लगायो । अनि त्यो अधिकार स्थानिय जनताले प्रयोग गर्न नपाउन भनेर निर्वाचन रोकियो । जननिर्वाचित प्रतिनिधिको स्थानमा भागवण्डामा परेका कार्यकर्ता अनि पत्रम पुष्पम गर्ने कर्मचारीको दयामा जनतालाई छोडियो । बल्लबल्ल बीसौ बर्षपछि त्यही अधिकार मध्ये केहीको पुनर्वहाली गरेर अनि संरचना संख्या भने बीस प्रतिशत भन्दा कम राखेर स्थानिय निर्वाचन गरियो । तर यस्ता स्थानिय निकाय स्थानिय तह भएपछि निर्वाचित प्रतिनिधिहरु कर्मचारी सरह भएको सोच पलाउदैछ । स्थानिय तहमा आफु निर्वाचित भए सित्तैमा काम गर्ने भनेर भन्नेहरु पनि देखिए । प्रचारप्रसारमा लाखौ रुपैया खर्च गरिन्छ , के नेपाल एकाएक कुवेरहरुको वासस्थान भयो ? लट्टीपट्टी सबै खर्च गरेर भत्ता सुविधा पनि नलिई काम गर्छु भन्नेहरु केबाट पालिन्छन ? भ्रष्टाचार, कमिशन वा विदेशी भत्ता ?
दलहरु केवल जित्नको निमित्त ओखर र पाङ्ग्रा सरिका दलसंग चुनावी तालमेल गर्दैछन, गठवन्धनको नाममा दलहरुका गठनका सिद्धान्त तिलञ्जाली दिइएको छ । एक साधारण कुरामा पनि दर्जनौ छलफल र कयौ दिन विताउने दलहरु बीचको चुनावी तालमेलले बनेको स्थानिय तह कस्तो होला ? जनता र त्यो स्थानको भलोको काम गर्लान की आफ्ना मतभेदहरु समाधान गर्न दर्जनौ निष्कर्श विहिन वार्ताहरु ? अन्त्यमा कसको भागमा कति पर्ने भन्ने भागवण्डामा टुंगिने यस्ता वार्ताहरु पछि कति साधनश्रोत स्थानिय विकासको निमित्त बच्ला ? त्यसमाथी दलको शिर्ष नेतृत्वको आवश्यक अनावश्यक हैकम पछि के यस्ता दलिय प्रतिनिधिहरुसंग जनताको निमित्त समय बच्ला ? यसको केही अप्रिय उदाहरणहरु पहिलो कार्यकालमा देखिएका छन् ।
त्यसैले दलको चिन्ह बोकेर आउने उम्मेदवार रोज्नु भनेको अरु दिन आपूmले गाली गरेको दलको आचरणलाई वैधता दिनु हो । ठिक छ भन्न पाईन्छ तर पछि फेरी त्यसैलाई गलत भनेर अर्को निर्वाचनसम्म आँसु बगाउनु भनेको स्वाङ मात्र हुन्छ । त्यसैले ‘स्वतन्त्र खोजौ, स्वतन्त्र रोजौ, दासत्व अस्विकार गरौ’ । नत्रभने आपूmलाई दास हो भन्ने स्विकार गरौ बेकारमा आफ्ना मालिकहरुलाई हर्दम गाली नगरौं । चेतनशील भनाईनेहरुले कि आपूmलाई आआफ्नो दलको दास स्विकार गर्नपर्छ कि स्वतन्त्रता रोज्नु पर्छ ।