Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

केको परिवर्तन, मात्र पार्टीको भजन कीर्तन

२१ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - - - 
राजनीतिक परिवर्तनपछि उपलब्धि भयो, परिवर्तन भयो भन्ने हल्लाखल्ला मात्र भ्रम हो । केको परिवर्तन, केको उपलब्धि ? राजनीतिक संस्कार झन स्खलन भएको छ, जनजीवन अस्तव्यस्त बनेको छ । यही हो परिवर्तन ?
परिवर्तनपछिको १५ वर्षमा हासिल उपलब्धि र आएको परिवर्तन भनेको पार्टीको भजन कीर्तन र स्वार्थपूर्तिबाहेक केही पनि देखिदैन ।
मुलुकमा अहिले दलहरू , राजनीतिकर्मी अनि त्यसका भजन गाएर बुद्धिजीवि हुने सौभाग्य पाएका केही लाखलाई फलिफाप भएकोछ । पहिलो स्थानिय निर्वाचनको कुरा संगै यो कुरा संस्थागत हुन शुरू हुने कुरा लगातार सञ्चार माध्यममा छाएका थिए । अहिले त्यस्ता स्थानिय तहमा दलमो दम्भले जनताको आवश्यकता भन्दा पनि पैसा सक्ने कथित विकासले जनतालाई पोलेको छ । अव फेरी त्यही जनतालाई जवरजस्ती विकास भन्न लगाईएको कामको बाँकी पुरा गर्न दोहेरिन पर्ने तर्क आईरहेका छन । अनि यस्तैमा लोकतन्त्रले तालुमा आलु फलाएकहरूले नै भुलेको लोकतन्त्र दिवसको शुभकामनामा कसैले भन्छ ‘रैतीबाट नागरिक हुनपाएकोमा शुभकामना’ । यो कुरा अरवमा ऊँट चराउदै गरेको अधबैसे नेपालीले मालिकसंग लुकेर चलाएको फेसबुकको भित्तोमा देख्छ । अनि सम्झन्छ , पाँच छ बर्ष पहिले अलिअलि भएको सिरिखुरी चक्रवृति व्याजमा बन्दकी राखेर पैसा लिएको । त्यो पैसा म्यानपावर एजेन्सीमा चढाएर अरवको मरूभूमि तिर आएको । 
पहिले रैति थियो वा थिएन भन्दा पनि परिवर्तनले घर परिवार छोडेर तिनैको निमित्त रनक्क रन्केको मरूभूमिमा रगत सुकाउनु परेको अवस्था उसले कसरी बुभ्mला ? पुस्तौदेखिको आफुलाई ओत दिएको घर अचानक सरकारी डोजरले समाप्त पारेको दुखेसो पोख्ने ठाउ समेत नभेट्दा उसले परिवर्तनलाई के बुभ्mला ? भुईचालोले तहसनहस पारेको गृहस्थीलाई सघाउन आएका सामाग्री बाटैमा रोकिएर सडेको, अरू प्रभावशालीले लगेको देखेर के भन्ला ? यस्ता विनाशलिला त परिवर्तन पछि पहिले पनि हुन्थे तर त्यसवेला तंग्रिन मद्दत त पाईन्थ्यो । नक्कली नाकाबन्दीमा आफुले सबै राप र ताप झेलेको तर सरकारी सुविधा र तागतले सिन्कोसम्मको अभाव पनि भोग्न नपरेको नेता चैं नझुकेको कुरा कस्तो लाग्दो होला ?
माध्यमिक तहसम्म निशुल्क शिक्षाको नारामा पाठ्यपुस्तक किन्न समेत नपाउने सरकारी प्रवन्धका विद्यालय भएको नागरिक र कक्षा कोठामा नै हरेक घन्टीको किताव पढन पाएर ‘उ बाबा हेर, लौ ज्यू गर’ पढेका कथित रैतीले उपलब्धी पाएका थिए ? नयाँ मुलुकी ऐन २०२० ले सबै समान नेपाली नागरिक घोषणा गरेको थियो भने ०६३ मा कुन रैतीबाट नागरिक भए नेपालीहरू ? बरू समान नेपालीको साटो मदेशी, पहाडी, दलित, महिला, मुस्लिम, आदिवासी, जनजाती अभैm के के नाममा विभाजित नेपाली भए । नेपाली नागरिक हैन यस्तै साप्रदायिक समुहको सदस्य भएका छन । आआफ्ना ‘कविला’ सरदारको ‘फतवा’को दास बन्ने हैसियत कमाएका छन्, अभैm नसोध्ने कस्तो उपलब्धी, के परिवर्तन ?
आफ्नो निमित्त कुन प्रतिनिधि ठिक हुन्छ भनेर छान्न पाउने कथित रैती ज्यादा अधिकार सम्पन्न कि दलको नेताले लौ यसलाई चुन भनेर दिएको प्रतिनिधि चुन्न विवश परिवर्तनले नागरिक बनाएका अधिकार सम्पन्न ? हिजोसम्म अर्को दलमा रहेर आफु र आङ्खनो दललाई गाली गर्ने व्यक्तिलाई निर्वाचनको वेला नेताले भित्र्याउछन । अनि ‘टिकट’ दिई आफुलाई उसको निमित्त खट्न बाध्य बनाउछन् । यो सब चुपचाप सहन विवश समर्पित कार्यकर्ता लोकतन्त्रमा अधिकार सम्पन्न भए कि दास, आपैmलाई उत्तर दिन सक्छन् ? देखाउने सिद्धान्तमा एक अर्काको विपरित ध्रुवमा भएका दलहरूका मेठ गठवन्धनको नाममा ठगवन्धन बनाउँछन् अनि कार्यकर्तालाई हिजोसम्म विरोध गरिएको चुनावचिन्हमा छाप लगाउन आदेश गर्छन् भने कस्तो कस्तो स्वतन्त्रता ?
झण्डा बोकेर डण्डा पाउने, रगत बगाउने आफु तर चुनावमा मौका पाउने कि त बाहिर बसेका कि सुरक्षा घेराभित्र बसेका नेताका परिवारका सदस्य । अनि आफु भने सधै दलको वफादार सिपाही जो अरू जनतालाई पनि वफादार भोटर बनाउन मेहेनत गर्ने । त्यसैले अव यो सुगा रटाई बन्द हुनु पर्दछ । केही लाख छानिएकालाई मात्र भएको उपलब्धी जनताको निमित्त श्राप हुन सक्छ । सकारात्मक परिवर्तनको उपभोक्ता सर्वसाधारण जनता हुनु पर्दछ नत्र त्यो सकारात्मक हैन । तर्कवीरहरूले भन्ने गर्दछन ‘यो प्रसव पिडा हो’ जनताले प्रति प्रश्न गर्नु पर्छ के यो पिडा नेताहरू र तिनका भजनेहरूले भोग्नु पर्दैन ? 
उनीहरूको यो हैकम बन्द गर्ने मौकाको रूपमा निर्वाचनहरूलाई लिन आवश्यक छ । यसमा जनताले उनिहरूका हैन आङ्खना प्रतिनिधि चुन्नु पर्दछ । नारा लाग्दैछ ‘अरूलाई हेर्नु भो एक पटक हामीलाई हेर्नुस ’ । सबै नजानेका हैनन, नचिनेका हैनन । कुनै न कुनै रूपले कुनै न कुनै वेला सत्तास्वाद लिएका नै हुन । गर्ने नै भए त्यो वेला केही फरक गरेर देखाउने थिए । त्यसैले जनताले भन्नु नै पर्दछ ‘सबै दलहरूलाई हेरिसक्यौ अव हामी आपैm छान्छौ, दल छान्दैनौ’ । पुराना जनताले दिएको मतको अपमान गर्ने अनुहारहरू दल बदल्दै, दल खोल्दै नयाँरूपमा आयौं मौका पाँउ भनेको भरमा मौका दिने हो भने त्यस्तै मौका दिंदादिदै आफ्नो जुनी वित्छ । आफुले गर्नसक्ने अवस्थामा हुँदासम्म आफ्नै निमित्त बाहेक अरूलाई केही गर्न नसक्ने अहिले फेरी जनताको सामुन्ने साखुल्ले हुन आउछन् । त्यस्तालाई ¥याख¥याख पार्न नजरसर्मी हुन हुन्न जनता । नत्र अर्को कार्यकाल फेरि रगतको आँसु पिएर बस्नुको विकल्प छैन । जनताले सोध्न पर्छ कि देख्दा र महसुश गर्दा कष्टकर भएको अवस्था कस्तो उपलव्धी हो ? कस्तोे परिवर्तन होे ?